PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अपडेट : बालकृष्ण खाणमाथि सोधपुछ जारी रहँदा जिल्ला प्रहरी परिसर क्षेत्रमा कडाई



सविन ढकाल

अपडेट : बालकृष्ण खाणमाथि सोधपुछ जारी रहँदा जिल्ला प्रहरी परिसर क्षेत्रमा कडाई

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सोधपुछको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। उनलाई आज बिहान प्रहरीले चुच्चेपाटीको निवासबाट नै गिरफ्तार गरेको थियो। खाण मास्क लगाएर परिसरमा देखिएका छन्। सादा पोशाकमा पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीसँग सोधपुछ गर्दैछ।

गृहमन्त्री रहिसकेका खाणले गृह सचिव बनाएका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईलगायत १२ जना प्रहरी हिरासतमा छन्।

गृह मन्त्री भएपछि पाण्डेलाई खाणले गृह मन्त्रालयको सचिव बनाएका थिए। गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ। प्रहरीले परिसर क्षेत्रमा सुरक्षा कडा बनाएको छ। अत्यआवश्यक काम बाहेक प्रहरीले अन्यलाई परिसर क्षेत्रमा प्रवेश गर्न दिएको छैन। त्यस्तै सञ्चारकर्मीलाई पनि गेटमा नै रोकिएको छ।

सम्बन्धित समाचार

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell