PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रायमाझी निर्धक्क 'फरार' रहँदा कसरी सम्भव भयो पूर्व गृहमन्त्री खाणको गिरफ्तारी



सविन ढकाल

रायमाझी निर्धक्क 'फरार' रहँदा कसरी सम्भव भयो पूर्व गृहमन्त्री खाणको गिरफ्तारी

काठमाडौंः 'पक्राउ पुर्जीको हल्लाले नै हामीलाई धेरै गाह्रो पार्‍यो,' एक उच्च प्रहरी अधिकृतले अनुसन्धान प्रकृयाको त्रुटिबारे स्वीकारेको अभिव्यक्ति हो यो। सन्दर्भ, नेकपा एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी फरारको विषयमा। वैशाख २० गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको सुचना बाहिरिएपछि टोपबहादुर रायमाझी प्रहरीको आँखैसामु फरार भए। सात दिन बितिसक्दा पनि उनी कहाँ छन् पत्तो छैन।

तर, त्यही गल्ती भने प्रहरीले कांग्रेस नेता बालकृष्ण खाड पक्राउमा भने दोहोर्‍याएन। बुधवार बिहानै खाणलाई उनको निवास चुच्चेपाटीबाट नियन्त्रणमा लियो प्रहरीले। जिल्ला प्रहरी परिसर काठमाडौंको सादा पोशासकको टोलीले खाणलाई नियन्त्रणमा लिएको हो। अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर उनीसँग सोधपुछ भइरहेको छ।

खाण नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीको नियन्त्रणमा परेका हुन्। तर, यस पटक प्रहरीले हल्लाखल्ला नगरी अनुसन्धान गर्‍यो। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्दा आरोपी लुक्न वा लुकाउन सकिने देखेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेन। तर, पक्राउका लागि प्रहरीले जरुरी पुर्जी लिएकै थियो।

प्रहरी जरुरी पक्राउ पुर्जी लिएर उनको घरमा पुगेको थियो। कुनै पनि व्यक्तिलाई आकस्मिक पक्राउ गर्नुपरे त्यस्तो पुर्जी लिएर प्रहरी परिचालन हुने गर्छ।

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ मा जरुरी पक्राउ पुर्जीको व्यवस्था गरिएको छ। यसको परिच्छे २ को ५ मा जरुरी पक्राउ पुर्जीको स्वीकृत लिने व्यवस्था छ। पक्राउ गरेपछि प्रहरीले पक्राउको विवरण, कसुरको नाम लगायतको विवरण भरेर लिनुपर्ने हुन्छ।

'राजनितिक दलका व्यक्तिलाई पक्राउ पुर्जी जारी गरेपछि दबाब पर्ने रहेछ। रायमाझीको विषयमा यस्तै भएको थियो। त्यो गल्ती भयो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने

खाण पक्राउ पर्नुमा राजनीतिक दलको दवाव कम हुन पनि एउटा कारण हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा कसैले बचाउन नलाग्‍न अभिव्यक्ति दिएका थिए। दलको दवाव नआउने देखेपछि प्रहरीले खाणलाई नियनत्रणमा सजिलैसँग लिएको हो। उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसमाथि आपत्ती प्रकट गरेका थिए। 

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell