PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि समातिए, आज मात्रै पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो



पहिलोपोस्ट

पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि समातिए, आज मात्रै पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो
File Photo

काठमाडौं :  ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह*लाई पक्राउ गरेको छ। ललिता निवास प्रकरणमा उनकी श्रीमतीको नाममा समेत जग्गा भएको पाएपछि प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो।

 यस प्रकरणमा प्रहरीले आजै अन्य ६ जनालाई पक्राउ गरिसेको छ।

मंगलवार बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरु समेत समातिएका थिए।

प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै पूर्व नाशु गोपाल कार्कीलाई समेत पक्राउ गरेको हो। त्यस्तै अन्य पनि प्रहरीको पक्राउ गर्ने सुचीमा रहेका छन्।

सम्बन्धित समाचार :  एउटै 'केस'मा दोस्रो पटक भाटभटेनीका साहु मीनबहादुर गुरुङको फाइल 'खुल्यो' कसरी?

मीनबहादुरसँगै अन्य चार जना पनि समातिए

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ समातिए

ललिता निवास प्रकरणमा 'बिग फिस'हरु समात्‍न प्रहरीको टोली परिचालित, लिस्टमा भाटभटेनीका मीनबहादुर गुरुङ सहित आधा दर्जनको नाम

*शाह हुनुपर्नेमा गल्ती भएकोले सच्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell