PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

झापा कांग्रेसको १५ पालिकामा नेतृत्व चयन, कमलमा बराबर मत खसेपछि आधाआधा कार्यकाल



झापा कांग्रेसको १५ पालिकामा नेतृत्व चयन, कमलमा बराबर मत खसेपछि आधाआधा कार्यकाल

झापा : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ। चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो।    
    
मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए।    
    
उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन्। कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५/६५ मत ल्याएर बराबरी भएका छन्। दुईमध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए।    
    
यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका थिए। रासस  

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन

डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?

नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?

झापा कांग्रेसको १५ पालिकामा नेतृत्व चयन, कमलमा बराबर मत खसेपछि आधाआधा कार्यकाल

कांग्रेस गाउँ/नगर अधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

भक्तपुर कांग्रेसको चारवटै नगरमा देउवा क्याम्पको वर्चश्व

ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell