A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab2f3cfb06365.93648962): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab2f3cfb06365.93648962,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab2f3cfb43657.19508140): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab2f3cfb43657.19508140,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab2f3cfb9dab1.90828017): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab2f3cfb9dab1.90828017,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मेलम्ची खानेपानीमा केपी ओलीले निकृष्ट व्यवहार गरे : खानेपानीमन्त्री चौधरी, 'अब नयाँ वर्षमा खुवाउन मिल्छ कि!'
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

मेलम्ची खानेपानीमा केपी ओलीले निकृष्ट व्यवहार गरे : खानेपानीमन्त्री चौधरी, 'अब नयाँ वर्षमा खुवाउन मिल्छ कि!'



नेत्र तामाङ

मेलम्ची खानेपानीमा केपी ओलीले निकृष्ट व्यवहार गरे : खानेपानीमन्त्री चौधरी, 'अब नयाँ वर्षमा खुवाउन मिल्छ कि!'
सोमवार मेलम्चीको मुहान पुगेर स्थानीयसँग परापर्श गर्दै खानेपानीमन्त्री चौधरी।

काठमाडौं : बहुप्रतिक्षीत मेलम्ची खानेपानी विभिन्न कारणले चर्चामा छ। केपी ओली सरकारको समयमा कहिले परीक्षणबिनै पानी ल्याएर त कहिले गेट फुस्किएर चर्चामा रह्यो मेलम्ची। अघिल्लो असारको ३० गते पानी परीक्षणको क्रममा गेट फुस्किँदा दुई जनाको मृत्यु भएको थियो

दुर्घटनापछि पानी आउँछ कि आउँदैन? यसबारे अनेकन चर्चा भयो। तर, धरापमा परेको सरकारको नेतृत्व गरिरहेको ओलीले १० फागुन २०७७ मा मेलम्चीको सुरुङमा पानी हाले। १२ दिनपछि फागनु २२ गते सुन्दरीजलमा मेलम्चीको पानी आइपुग्यो

काठमाडौं रमायो। त्यसको एक महिनापछि चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरिन्

त्यसपछि त काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी पिउन थालियो। ओलीले आफ्नो सरकारको सफलताको सूचीमा मेलम्चीको पानीलाई पनि राख्यो। मेलम्चीको जस लिने होड नै चल्यो। टोल-टोलमा ब्यानर टाँगिए।

तर धेरै ठाउँमा पुरानो वितरण प्रणालीले चाप नधान्दा पाइप फुटेर पानी खेर जानुका साथै सडक बिग्रिने समस्या बढ्यो

असार १ गते मेलम्चीले सुरुङमा पानी पठाउन बन्द गर्‍यो। त्यही दिन मेलम्चीमा अकल्पनीय बाढी आयो। जसले मेलम्ची बजारसम्मै क्षति पुग्यो। मानवीय क्षति भयो। क्षतिको यकिन मूल्याङ्कन मेलम्ची खानेपानीको मुहान रहेको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले गरिसकेका छैनन्। आँकलन गरेभन्दा ठूलो क्षति पुगेकाले परियोजना अनिश्चित बन्यो

ओलीले आफ्नो प्रधानमन्त्रीकालमा तीन जना खानेपानी मन्त्री परिवर्तन गरे। विना थापा मगर, मणि थापा र वसन्त नेम्वाङले मन्त्रालय सम्हाले। मेलम्चीमा बाढीले अधिक क्षति गरेको खबर दिनानुदिन सुने-पढेका ओली झन्डै एक महिनापछि असार २६ गते मेलम्ची पुगे। त्यतिबेला उनले मेलम्चीको पानीबारे केही बोलेनन्। किनभने सायद लगभग उनको सरकारको आयु सकिएको उनलाई थाहा थियो।

असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दियो। त्यसपछि दुई पटक प्रतिनिधि सभा विघटन गरेका ओली पदच्युत भए। अनि देउवा प्रधानमन्त्री।

खानेपानी जस्तो महत्वपूर्ण मन्त्रालयलाई देउवाले पनि उपेक्षा गरे। देउवाले आफू प्रधानमन्त्री भएको झन्डै तीन महिनापछि ८८औं दिनमा बल्ल असोज २२ गते मन्त्रिपरिषद्लाई पूर्णता दिए। खानेपानी मन्त्रीमा उमाकान्त चौधरी नियुक्त भए।

उनै देउवा सरकारले पनि मेलम्चीको पानी काठमाडौंमा झार्नुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। के देउवा सरकारले चाहेझैं मेलम्ची काठमाडौंमा चाँडै झर्छ?

मेलम्ची मेरो पहिलो प्राथमिकता : चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। प्रधानमन्त्री देउवाको पनि विशेष चासो मेलम्चीको पानीमा रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

'मेलम्ची मेरो पहिलो प्राथमिकता हो,' अनौपचारिक छलफलका क्रममा मन्त्री चौधरीले भने, 'चाँडोभन्दा चाँडो पानी कसरी खुवाउने त्यो तयारी हुँदैछ। प्रधानमन्त्रीज्यूले पनि यसमा विशेष चासो राख्नुभएको छ।'

विज्ञहरुबाट तीनदेखि साढे तीन महिनामा पानी खुवाउन सकिने प्रतिवेदन आएपछि यसको सत्यता बुझ्न चौधरी सोमबार मेलम्ची पुगेका थिए। आयोजनास्थलको वास्ताविकता नहेरी आफूले प्रतिवेदनको विश्वास नगर्ने भन्दै मन्त्री चौधरीले कर गरेपछि मेलम्ची आयोजनाले हेलिकप्टरको व्यवस्था गरेको थियो। आयोजनास्थलमा करिब ५ घन्टा बिताएपछि काठमाडौंमा फर्किएका मन्त्री चौधरी स्थानीयलाई भेटेपछि हौसिएका छन्।

'विज्ञहरूले तीनदेखि साढे तीन महिनामा पानी खुवाउन सकिने प्रतिवेदन दिएका छन्, स्थानीय सरकारले पनि साथ दिने वचन दिएकोले नयाँ वर्षमा काठमाडौँवासीलाई पानी खुवाउने योजना छ,' छलफलमा मन्त्री चौधरीले भने, 'नयाँ वर्षमा पानी खुवाउन मिल्छ कि?'

यो खानेपानी अस्थायी रुपमा खुवाउने योजना हो। स्थायी रुपमा ल्याउन भने अझै केही समय लाग्ने बताइन्छ। अस्थायी रुपमा भए पनि पानी खुवाउन सक्नु सरकारको सफलताको मापन मान्ने परम्परा छ। 'फास्ट ट्र्याकबाट पानी खुवाउने योजना हो। यसका लागि नीतिमा केही हेरफेरसमेत गर्नुपर्ने हुनसक्छ,' मन्त्री चौधरीले सुनाए।

स्वच्छ पानी मौलिक हक भएको उल्लेख गर्दै मन्त्री चौधरीले जलस्रोतको धनी देशमा बसेर हामीले खानेपानीको अभाव भोगिरहेको बताए।

'७० प्रतिशत रोग अस्वस्थ पानीकै कारण लाग्ने रहेछ। पहाडमा पानीको मुहान सुक्दै छन्। तराईमा पानीको स्रोत असुरक्षित हुँदै छ,' मन्त्री चौधरीले भने, 'चुरे विनासले पानी रिजार्ज भइरहेको छैन। हाम्रो ध्यान इलेक्ट्रोसिटीतिरमात्र छ, जलस्रोतको धनी देश भएर पनि। तर यही देशमा खानेपानीको समस्या विकराल देखिन थालेको छ।'

ओलीले निकृष्ट व्यवहार गरे

प्रधानमन्त्री रहँदा केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनामा निकृष्ट व्यवहार गरेको मन्त्री चौधरीको ठहर छ। उनले उद्घाटनमा हतार गर्नेदेखि लिएर मेलम्चीको परियोजनाका परिकल्पनाकार कृष्णप्रसाद भट्टराईको नाम नलिएर गल्ती गरेको आरोप लगाए।

'केपी ओलीले निकृष्ट व्यवहार गर्नुभयो। किसुनजीको पालामा शुरु भएको हो। अनि काठमाडौंमा पानी आउँदा उहाँको नामै लिनुभएन,' उनले भने, 'अर्को कुरा, ओलीले हतारमा उद्घाटन गर्नुभयो।'

खानेपानी मन्त्री चौधरीले आगामी दिनमा आउने बाढी तथा पहिरो रोकथामका लागि जलाधार संरक्षण गर्नुपर्ने देखिएको बताए। अहिले मेलम्चीमा पहिरोलाई नै कारण देखाउँदै तत्काल परियोजना बढाउन नहुने चेतावनी दिइँदै आएको छ। यसका लागि हिमाली क्षेत्रदेखि मधेससम्मै रहेको जलाधारलाई संरक्षण गर्नुपर्ने उनको भनाई थियो।

यसका लागि विकास समिति नै बनाउनुपर्ने मन्त्री चौधरीको भनाई थियो।

'जलधार संरक्षण पहिलो प्राथमितामा राख्नेछु,' मन्त्री चौधरीले भने, 'यसका लागि जलधार संरक्षण समिति बनाउनुपर्छ भनेर प्रधानमन्त्रीलाई पनि भनेको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell