PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

गार्मेन्ट व्यवसायी मोहम्मद हत्या प्रकरण : ज्यान मुद्दा र जाली नोट कारोवारमा बसेका थिए ९ वर्ष जेल, अपराधी समूहसँग उनको के छ कनेक्सन?



सविन ढकाल

गार्मेन्ट व्यवसायी मोहम्मद हत्या प्रकरण : ज्यान मुद्दा र जाली नोट कारोवारमा बसेका थिए ९ वर्ष जेल, अपराधी समूहसँग उनको के छ कनेक्सन?

काठमाडौं : सोमवार साँझ करिब पौने सात बजेतिर सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लिँदै थिए। मोहम्मद कारबाट झर्नेबित्तिकै उनको पछाडिबाट रातो रंगको लुगा लगाएको मान्छेले गोली प्रहार गर्‍यो।

गोली प्रहार भएपछि उनी आफू बच्नका लागि गाडी वरपर भागेर छल्ने प्रयास गरे। तर अज्ञात सुटरले फेरि अर्को फायर खोले। गोली लागी घाइते भएका मोहम्मदको उपचारको क्रममा मृत्यु भयो।

मोहम्मदमाथि साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनी माथि चार राउन्ड गोली प्रहार भएको खुलेको छ।

गोली लागी घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा उपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको थियो। मोहम्मद दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।

गाडी रोकेर ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको गौतमले बताए।

'उहाँसँगै गाडीमा हुनुहुन्थ्यो ओर्लिनेबित्तिकै गोली प्रहार गरे। म गाडीको सिसा लगाउँदै थिए,' गौतमले भने।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोलीले अनुसन्धान थालेको छ। गोली कसले चलायो भन्ने अझै खुलेको छैन। पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। प्रहरीले घटनास्थलबाट पेस्तोलसमेत फेला पारेको छ।

को हुन् मोहम्मद?

गोठाटारमा गोली प्रहारबाट मारिएका मोहम्मद यसअघि जाली नोट र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरेर छुटेको खुलेको छ। छ वर्ष अघिमात्र उनी जेलबाट छुटेका हुन्। उनी ८ वर्ष ७ महिना जेल बसेका थिए। जाली नोट कारोवारमा संलग्न भएकाले अन्तराष्ट्रिय समूहले नै हत्या गराएको हुन सक्ने प्रहरीको आशंका छ।

उनी गार्मेन्ट व्यवसायीसमेत हुन्। मोहम्मद २०७३ जेठमा जेलबाट छुटेको खुलेको छ। विभिन्न कुरा आएको छ। हामी अनुसान्धान गर्छौ,' उपत्यका प्रहरी कार्यलयका एआइजी रविन्द्र धानुकले भने।

२०६४ असार २० गते काठमाडौंको अनामनगरमा बाराका बलराम पटुवाको गोली हानेर हत्या भएको थियो। जसमा मोहम्म समेत पक्राउ परेका थिए।

गोठाटार गोली प्रकरणः घाइते गार्मेन्ट व्यवसायी मोहम्मदको उपचारको क्रममा मृत्यु, गोली प्रहार गर्ने खोजीमा प्रहरी

गाडीबाट ओर्लिनेबित्तिकै मोहम्मदमाथि गोली प्रहार, त्यसपछि पल्सर बाइकमा चढेर फरार…

यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

व्यस्त चोकमा गाडीमा वरिपरि घुमाइ-घुमाइ यसरी हानियो मोहम्मदलाई गोली…(भिडिओ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell