PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व सङ्कलन

    कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व सङ्कलन

    गलकोट : बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए। कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभाव : देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभाव : देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नम्बर १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति प्रदेश नम्बर…

    विस्तृतमा पढ्नुस्

  • छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

    छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

    कैलाली : सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ। पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा…

    विस्तृतमा पढ्नुस्

  • छठ पूजाको तयारीसँगै बढ्यो माटोका भाँडाको माग

    छठ पूजाको तयारीसँगै बढ्यो माटोका भाँडाको माग

    खजुरा : छठ पर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन्। छठ पर्वमा माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ। सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • तिहारको मौका पारी चार लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    तिहारको मौका पारी चार लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    भक्तपुर : तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ। काभ्रेपलाञ्चोक पनौती नगरपालिका-७ घर भई सूर्यविनायक नगरपालिका-४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी चार लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ। चोरीबारे थप अनुसन्धान र चोरी…

    विस्तृतमा पढ्नुस्

  • दुई मोटरसाइकल आपसमा ठोक्किँदा इटहरीमा तीन जनाको मृत्यु

    दुई मोटरसाइकल आपसमा ठोक्किँदा इटहरीमा तीन जनाको मृत्यु

    इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा शुक्रवार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए।  विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • वर्षा सकिएपछि नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

    वर्षा सकिएपछि नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

    भरतपुर : वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ। बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन्। असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ। पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ। यसबर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा…

    विस्तृतमा पढ्नुस्

  • निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६…

    विस्तृतमा पढ्नुस्

  • भोसो लोकप्रिय बन्दै तर चिन्ता पुस्तान्तरणको

    भोसो लोकप्रिय बन्दै तर चिन्ता पुस्तान्तरणको

    दैलेख : भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो। दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ। सदरमुकाम नजिकैको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसो अहिले पनि खेल्ने गरिन्छ। दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • नजिकियो छठ, माटाका भाँडाको माग बढ्दै

    नजिकियो छठ, माटाका भाँडाको माग बढ्दै

    धनुषा : छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको हो। सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो। धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभा उम्मेदवारको दैनिकी : दिउँसो व्यापार, बिहान बेलका प्रचार

    प्रदेश सभा उम्मेदवारको दैनिकी : दिउँसो व्यापार, बिहान बेलका प्रचार

    कञ्चनपुर : कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ। राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ। हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहाँ दिउँसो भने व्यापार सम्हाल्छन्। रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन्। आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

    मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

    कुश्मा : आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ। त्यसैले  उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा फूल र माला अभाव, स्थानीय भन्छन् : वरिपरि जग्गा भएर पनि फूल किन्ने नेपालीको बानी अनौठो

    तिहारमा फूल र माला अभाव, स्थानीय भन्छन् : वरिपरि जग्गा भएर पनि फूल किन्ने नेपालीको बानी अनौठो

    टीकापुर : कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिक रूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ। टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए। 'घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो', चौधरीले भने, 'डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना…

    विस्तृतमा पढ्नुस्

  • रोजाइमा पाल्पाली ढाका

    रोजाइमा पाल्पाली ढाका

    तानसेन : उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ। पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन्। विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो। 'पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका…

    विस्तृतमा पढ्नुस्

  • भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे : लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने

    भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे : लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने

    काठमाडौं : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका…

    विस्तृतमा पढ्नुस्

  • आज हली तिहार : गोवर्द्धन, बलि र गोरुको पनि पूजा गरिँदै

    आज हली तिहार : गोवर्द्धन, बलि र गोरुको पनि पूजा गरिँदै

    काठमाडौं : तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरि गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी आज पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व…

    विस्तृतमा पढ्नुस्

  • स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

    स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

    रमेश लम्साल- काठमाडौं : ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे। तिहार उज्यालोको पर्व। यसको आफ्नै गरिमा र महत्व छ। तर, तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो। बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो। समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो। तत्कालीन नेपाली…

    विस्तृतमा पढ्नुस्

  • हिउँदमा धुलाम्य, वर्षायाममा हिलाम्य : रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

    हिउँदमा धुलाम्य, वर्षायाममा हिलाम्य : रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

    सुशीला रेग्मी- रामपुर : हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ। बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ। रामपुरमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्लिँदै छ। नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त बनेको यहाँको…

    विस्तृतमा पढ्नुस्

  • दाङका तीन फर्निचर उद्योगमा आगलागी, १० करोडको क्षति भएको प्रारम्भिक अनुमान

    दाङका तीन फर्निचर उद्योगमा आगलागी, १० करोडको क्षति भएको प्रारम्भिक अनुमान

    देउखुरी : घोराही-१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गएराति विद्युत् चुहावट हुँदा आगलागी भएको छ। न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ। तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ। बिहान करिब १ बजे लागेको आगो बिहान…

    विस्तृतमा पढ्नुस्

  • एक्काइस दिनपछि खुल्यो पहिरोले अवरुद्ध पाल्पाको सडक

    एक्काइस दिनपछि खुल्यो पहिरोले अवरुद्ध पाल्पाको सडक

    रामपुर : पाल्पाको निस्दी गाउँपालिका-१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालनमा आएको छ। गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमवारदेखि खुलेको हो। यस क्षेत्रमा चार/पाँच ठाउँमा ठूला-ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो। अहिले सडक खुलेपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell