पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ। कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र…
कावासोती : पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ। वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका-४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमवार पल्टिएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए। उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहिआएको बताए। राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्दै…
काठमाडौं : काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ। बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतवार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए। घटनाको…
बलेवा : बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन। पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा पनि यो अवस्था देखिएको छ। मानव विकासका सूचाङ्क राम्रो देखिए पनि गण्डकी प्रदेशमै यो समस्या छ। आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रियरुपमा एक सय ३७ आमाको मृत्यु भएकोमा सोही वर्ष गण्डकी प्रदेशमा नौ जनाको मात्र…
पर्वत : चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन्। वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताइन्। यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो,…
टीकापुर : कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो। दशैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो। उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन। किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दशैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुपर्यो। कैलालीका बजारमा…
काठमाडौं : भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतवार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। गृह मन्त्रालयले शनिवार उक्त घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा…
झापा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको दाबी गरेका छन्। आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्षमात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले तर्क गरे। आइतवार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न…
खजुरा : बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो। उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए। प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी…
खलङ्गा : सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ। गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच उक्त रकम उपलब्ध गराउने सहमति भएको हो। भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज…
पोखरा : कास्की निर्वाचन क्षेत्र नं २ को नतिजा कस्तो आउँला? अहिले चर्चाको विषय बनेको छ। एमालेका रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा रवीन्द्रको निधनपछि उपनिर्वाचन भयो। उपनिर्वाचनमा रवीन्द्रपत्नी विद्या भट्टराई विजयी भइन्। त्यस अघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्रले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ। आसन्न निर्वाचनमा एमाले उक्त बिरासत…
तानसेन : तानसेन नगरपालिका-१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन्। उनीहरूले दैनिक एक लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्दै आएका छन्। तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो। सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन्। पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन्। तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन…
मान्म : कालीकोटमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ-गाउँमा पसेका छन्। चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन्। जिल्लामा सत्ता गठबन्धन दल, नेकपा (एमाले), विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा…
मध्यविन्दु : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन्। सो बस आइतवार बिहान ४ बजे दुर्घटना भएको थियो। दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ। घटनाका सम्बन्धमा…
कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका-१ चौमालामा शनिवार साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ। चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्। छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले सन्देशमा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेशलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा साँस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन्। छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो।…
ध्रुवसागर शर्मा- गलेश्वर : म्याग्दीको बेनी नगरपालिकास्थित मिलनचोकका नरबहादुर थापा बगरफाँटमा रहेको लटरम्मै धान फल्ने खेतको बिचमा पक्की घर बनाएर बस्न थालेका छन्। उनका जेठाबुबा खड्गबहादुर थापाले पनि पाखोमा रहेको घर भत्काएर खेतको फाँटमै घर बनाएका छन्। थापाद्वयका जस्तै म्याग्दीका धेरै ठाउँमा खेतीयोग्य जमिन मासेर घर निर्माण गर्ने क्रम तीव्र बनेको छ। उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै…
बर्दिया : बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएको धान भित्र्याउन राजापुर नगरपालिका-२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो। यस्तै, गेरुवा गाउँपालिका-५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दशैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन्। फेरि पानी परेर धान नष्ट नहोस् भन्दै…