PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउन ग्रेडर मेसिन हाँक्ने अनिता

    सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउन ग्रेडर मेसिन हाँक्ने अनिता

    सुशीला ओली- घोराही : दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुन्छिन्, अनिता थारु। साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन्। तर, अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आएकी छन्। उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन्। अनिता…

    विस्तृतमा पढ्नुस्

  • आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

    आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। जसलाई सत्य धर्म मुचुल्का भनिन्छ। यो १९८८ साल बैशाख २४ गते जारी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वी राजमार्गमा सडक विस्तारको काम तीव्र, ४६६ वटा रुख काटिने

    पृथ्वी राजमार्गमा सडक विस्तारको काम तीव्र, ४६६ वटा रुख काटिने

    तनहुँ : पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्। यसअघि मुग्लिन-पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ  रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ। आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड

    ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड

    गोरखा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम-लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन्। गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताए। ‘यो…

    विस्तृतमा पढ्नुस्

  • जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : ओली

    जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : ओली

    झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताएका छन्। एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए। उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरका मतदाताको एकै स्वर : ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

    कञ्चनपुरका मतदाताको एकै स्वर : ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

    दोधारा चाँदनी : कञ्चनपुरको बेदकोट नगरपालिका-७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो। रोजगारीको सिलसिलामा भारतमा रहेका उनी यसपटक मतदान गरेर फर्किने तयारीमा छन्। ‘गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ’, उनले भने, ‘भारतमा काम गर्ने बेला नेपालका नेताको…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ छ। त्यस्तै, आज चाँदीको मूल्य बुधवारका तुलनामा प्रतितोला १० रुपैयाँले ओरालो लागेको महासङ्घले जनाएको छ। अघिल्लो दिन प्रतितोला एक हजार…

    विस्तृतमा पढ्नुस्

  • डोटी भूकम्प : मृतकका परिवारलाई २५ हजार रुपैयाँ राहत दिने प्रेम आलेको घोषणा

    डोटी भूकम्प : मृतकका परिवारलाई २५ हजार रुपैयाँ राहत दिने प्रेम आलेको घोषणा

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरुका परिवारलाई जनही २५ हजारका दरले एक लाख ५०…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्री देउवाले व्यक्त गरे श्रद्धाञ्जली

    भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्री देउवाले व्यक्त गरे श्रद्धाञ्जली

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पका घाइतेको सेनासहित सुरक्षाकर्मीको टोलीद्वारा उद्धार, डोटीमा उपचार हुँदै

    भूकम्पका घाइतेको सेनासहित सुरक्षाकर्मीको टोलीद्वारा उद्धार, डोटीमा उपचार हुँदै

    काठमाडौं : गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक पूर्णिमाको अवसरमा आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

    कात्तिक पूर्णिमाको अवसरमा आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

    धनुषा : जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ। कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो। कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतका तीर्थालु आउने गरेका छन्। ‘जतिबेला यात्रु…

    विस्तृतमा पढ्नुस्

  • कसराको प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट लगियो

    कसराको प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट लगियो

    मध्यविन्दु : गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो। प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासी पूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा मात्रै नेता पुग्ने दाङको ‘कर्णाली’का रूपमा चिनिने गङ्गटे उपत्यका

    चुनावमा मात्रै नेता पुग्ने दाङको ‘कर्णाली’का रूपमा चिनिने गङ्गटे उपत्यका

    तुलसीपुर : दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिवार दाङको विकट क्षेत्र गङ्गटे पुगे। बबई गाउँपालिका-१ मा पर्ने सो स्थानमा नेकपा (एमाले)का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुगेकी थिइन्। बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गङ्गटेको दूरी २४ किलोमिटरमात्रै हो। तर, त्यहाँ पुग्न यी दुवै उम्मेदवारलाई करिब साढे दुई घण्टा लाग्यो। किनकि त्यहाँको…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको निसेलढोर, जहाँ उम्मेदवार अझै पुगेका छैनन् भोट माग्न

    बागलुङको निसेलढोर, जहाँ उम्मेदवार अझै पुगेका छैनन् भोट माग्न

    ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ। गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर, बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन। यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ। अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई  निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ। अहिलेसम्म यस…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारका लागि बाढी प्रभावितले तयार पारे आठ बुँदे कबुलियतनामा, ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

    उम्मेदवारका लागि बाढी प्रभावितले तयार पारे आठ बुँदे कबुलियतनामा, ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-१२ का वनहरा-दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन्। बाढी प्रभावित परिवारले वनहरा-दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन्। कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमानस्थलमा एरो थाईको जहाजबाट यान्त्रिक उडान, मंसिर १४ को मिति तय

    पोखरा विमानस्थलमा एरो थाईको जहाजबाट यान्त्रिक उडान, मंसिर १४ को मिति तय

    काठमाडौंः देशकै तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने भएको छ। नोभेम्बर ३० अर्थात् मङ्सिर १४ गतेका दिनमा यान्त्रिक उडान गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। उक्त यान्त्रिक उडानका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार उक्त जहाजले यान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

    सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

    सुर्खेत : सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन्। समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन्। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

    सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

    केदार मगर- खोटाङ : सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ। दिक्तेल-खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु-बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो। नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५…

    विस्तृतमा पढ्नुस्

  • वैदिक सनातन धर्म र संस्कृतिको प्रचार गर्न देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने

    वैदिक सनातन धर्म र संस्कृतिको प्रचार गर्न देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने

    भरतपुर : देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ। वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो। देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए। सो कार्यक्रममा एक हजार बढीको सहभागिता रहने उनले बताए। गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

    तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

    जनकपुरधाम : जयनगर-कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ। कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell