PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छ : मन्त्री आले

    नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छ : मन्त्री आले

    चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवर्द्धन गर्नका लागि पहल भइरहेको बताएका हुन्। उनले भने, ‘बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै…

    विस्तृतमा पढ्नुस्

  • जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

    जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

    हेटौँडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। मन्त्री खतिवडाले मकवानपुर जिल्लाअन्तर्गतका अधिकांश कार्यालयको…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध ब्राउनसुगरको कारोबारमा आमा छोरा समातिए

    लागुऔषध ब्राउनसुगरको कारोबारमा आमा छोरा समातिए

    तुलसीपुरः दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया  ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशन : काभ्रेको चार प्रदेशमा नेतृत्व चयन

    कांग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशन : काभ्रेको चार प्रदेशमा नेतृत्व चयन

    काभ्रेपलाञ्चोक : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ। तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो।          शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशन : मतदान गर्न एकजना प्रतिनिधिलाई आधा घण्टा लाग्ने, परिणाम मतदानकै दिन

    एमाले महाधिवेशन : मतदान गर्न एकजना प्रतिनिधिलाई आधा घण्टा लाग्ने, परिणाम मतदानकै दिन

    काठमाडौं : नेकपा (एमाले)को दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ। नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि मंसिर ११ गते उम्मेदवार दर्ता गरिनेछ। 'हामीले मतदान स्थल पनि हेरिसकेको छौं' उनले भने,'बन्दसत्र हुने होटेलका हलमा मतदान…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

    उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

    उदयपुर : उदयपुरगढी गाउँपालिका-६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन्। दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका-९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक त्रियुगा नगरपालिका-१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रले तोकेभन्दा पाँच गुणा बढी शुल्क असुल्दै पर्वत कांग्रेस : जिल्ला सभापतिको उम्मेदवार बन्न ५० हजार, महाधिवेशन प्रतिनिधि बन्न २५ हजार

    केन्द्रले तोकेभन्दा पाँच गुणा बढी शुल्क असुल्दै पर्वत कांग्रेस : जिल्ला सभापतिको उम्मेदवार बन्न ५० हजार, महाधिवेशन प्रतिनिधि बन्न २५ हजार

    पर्वत : नेपाली कांग्रेस पर्वतले जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको छ।          बुधबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो। केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार दर्ता शुल्क निर्धारण गरेको छ। जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार…

    विस्तृतमा पढ्नुस्

  • एघार जिल्लाको विवरण आउन बाँकी, एमाले महाधिवेशन तयारी तीब्र

    एघार जिल्लाको विवरण आउन बाँकी, एमाले महाधिवेशन तयारी तीब्र

    काठमाडौँ : नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ। ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो। 'महाधिवेशनका लागि…

    विस्तृतमा पढ्नुस्

  • आज कत्तिको चिसो महसुस गर्नुभयो? दैनिक बढ्दो जाडो

    आज कत्तिको चिसो महसुस गर्नुभयो? दैनिक बढ्दो जाडो

    काठमाडौं : उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो। मङ्गलवार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो। चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिमको मेलामा माधवकुमार नेपाल

    सुदूर पश्चिमको मेलामा माधवकुमार नेपाल

    डोटी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुगेका छन्। धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उनीहरु यहाँ पुगेका हुन्। उनीहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। उनका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा…

    विस्तृतमा पढ्नुस्

  • प्यान नम्बर लिनेको संख्या ४० लाख कट्यो

    प्यान नम्बर लिनेको संख्या ४० लाख कट्यो

    काठमाडौँ : सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ। व्यक्तिगत करदाता २४…

    विस्तृतमा पढ्नुस्

  • तनहुँको बुल्दी खोला नजिक एक महिला मृत फेला

    तनहुँको बुल्दी खोला नजिक एक महिला मृत फेला

    दमौली : तनहुँको व्यास नगरपालिका-२ स्थित बुल्दी खोला नजिक आज एक महिला मृतावस्थामा फेला परेकी छन्। व्यास नगरपालिका-१ भादगाउँ निवासी ३३ वर्षीय स्यानु गुरुङ दरै मृतावस्थामा फेला परेकी हुन्। बुल्दीखोला नजिक रहेको पर्खालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका सम्बन्धमा थप…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली सरकारसँग नेपालको आग्रह : इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र लग्नुस्

    कोरियाली सरकारसँग नेपालको आग्रह : इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र लग्नुस्

    काठमाडौं : सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथैसरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन आग्रह पनि गरेको छ। बैठकमा दुई पक्षबिच कोभिड-१९…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छ : गृहमन्त्री खाँण   

    देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छ : गृहमन्त्री खाँण   

    धनुषा : गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने बताएका छन्।          नेपाली कांग्रेस धनुषाले सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए। प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा शुरु

    त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा शुरु

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार)बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो। हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा शुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुर मुद्दामा फरार रहेका भारतीय नागरिक पक्राउ

    बैंकिङ कसुर मुद्दामा फरार रहेका भारतीय नागरिक पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख ५० हजार रुपैयाँ जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई आज दिउँसो पक्राउ गरेको हो। ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलाअनुसार सात दिन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापति शर्मा मंगलवार भारत भ्रमणमा जाँदै

    प्रधानसेनापति शर्मा मंगलवार भारत भ्रमणमा जाँदै

    काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलवार नयाँ दिल्ली जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन्। महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • चैतसम्म सदस्यता लिएका मात्र एमालेको महाधिवेशनमा प्रतिनिधि बन्न पाउने

    चैतसम्म सदस्यता लिएका मात्र एमालेको महाधिवेशनमा प्रतिनिधि बन्न पाउने

    काठमाडौं : नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रुपमा २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुन पाउने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको हो। ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन्।  एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका…

    विस्तृतमा पढ्नुस्

  • दुई सातादेखि बेपत्ता फ्रान्सेली खोज्न तालिम प्राप्त टोली परिचालन

    दुई सातादेखि बेपत्ता फ्रान्सेली खोज्न तालिम प्राप्त टोली परिचालन

    सोलुखुम्बु : सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ। कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिक सहितको टोली आइतवार…

    विस्तृतमा पढ्नुस्

  • सल्यान बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु, १० को सनाखत

    सल्यान बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु, १० को सनाखत

    सल्यानः सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो। मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell