काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन्। आज लुम्बिनी भ्रमणमा पुगेकी भण्डारीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्,'गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो। यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ। जनताको खुसी नै हाम्रो खुसी हो।' लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गरेकी थिइन्।…
लण्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको बताएका छन्। नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिको योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको…
काठमाडौं : विभिन्न ६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रवार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्। निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्। दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम…
कञ्चनपुर : बेलौरी नगरपालिका-४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका २० वर्षीय विवेक बम, १८ वर्षीय किरन नाथ, सोही नगरपालिकाको वडा नम्बर १२ कालागौंडीका १९ वर्षीय ठग्गी रानालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ…
काभ्रेपलाञ्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताएका छन्। उनले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका हुन्। ‘जनतासँग यो सरकारप्रतिको आशा निकै जागेको देखिन्थ्यो, तर सरकार आफैँले गति लिन सकिरहेको छैन’, उनले भने। सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको…
बागलुङ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन्। नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२:४० बजे ढोरपाटन आइपुगेकी राष्ट्रपति भण्डारीले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन्। निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गरेका थिए। राष्ट्रपति भण्डारीले…
फुङ्लिङ : नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ। लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका-४ साँवाका पेम्बा शेर्पासँग २० हजार रुपैयाँ लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। पक्राउ परेका लिम्बूलाई…
काठमाडौंः काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ। काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो…
विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए। नेपालले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए। प्रदेश नं १ का नेकपा एकीकृत…
काठमाडौं : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर पुगेका छन्। खाँणले आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन्। उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन्। सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरे। पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको दर्शनसमेत गरे। दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ…
काठमाडौं : काठमाडौं उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्। काठमाडौंको दक्षिणकाली नगरपालिका-४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका-२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ। उक्त घटनाका सम्बन्धमा…
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल-भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रवारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए। त्यस्तै, उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानीबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ। ‘सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी बस…
डोटी : जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो। यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई सात हजार रुपैयाँ नगद तथा खाद्यान्न, लत्ताकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त…
कास्कीः सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समय अगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए। अध्यक्ष…
दमकः झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे ९ प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।…
चितवन : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नहुने बताएकी छिन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठबन्धनका विषयमा कुरा उठेको छैन। कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ।’ कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ। फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन्। उनले भनिन्, ‘सभापतिले…
काठमाडौं : वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनकी सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका छन्। प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन्। भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको…
सोलुखुम्बु : नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिएका हुन्। सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै उनले शान्तिसुरक्षा सबैको साझा…
काठमाडौं : हिमाली जिल्ला डोल्पास्थित शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छिन्। दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे-फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर२६ वर्षीया युवती बेपत्ता भएकी हुन्। ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। बुढा हिँड्ने…