राजकुमार पराजुली - काभ्रेपलाञ्चोक : ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ। आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ। नगरले सरकारी एवं गैरसरकारी सस्थालाई प्रस्तावसमेत आव्हन गरेको छ। नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ,…
बैतडी : बैतडीको पाटन-६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी आज मृत फेला परेका छन्। पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। बजार जान्छु भनी सोमवार घरबाट निस्केको र साँझ घर नफर्केपछि पहरीको शव आज बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो। बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिएका छन्। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको अवसर पारेर यहाँस्थित इजरायली राजदूतावासको सहयोगमा इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लब नेपालले आज…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्। नेपालगञ्जमा आज आयोजित एक कार्यक्रममा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए। 'प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो। हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ', उनले भने, 'कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको…
खोटाङ : जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन्। उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ। वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ। धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर…
बैतडी : बाढी पहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ। अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो। बाढी, पहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी…
काठमाडौं : नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरोका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज भएको जानकारी दिए। ‘करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ’, उनले भने, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ।’ वडा कमिटीमा…
पाँचथर : पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो। यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो संख्यामा स्थानीयवासीको ज्यान गएको हो।…
महेन्द्रनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्। कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिरोका पीडितलाई सहानुभूति व्यक्त गरे। उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए। उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ। क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक…
मोरङः परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नम्बर १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए। मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज'मा निर्णय गरिने बताए।…
गलेश्वर : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ। गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान…
काठमाडौँ : नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछ। वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ। एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक…
दुर्गा देवकोटा- टीकापुर : यही कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पुर्याएको छ। कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया र कैलाली सीमामा…
रामपुर : पाल्पाको रामपुर नगरपालिका-८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन्। भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन्। भुजातमा अन्दाजी ४०/४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन। नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला…
काठमाडौं : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी प्रदेश-१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो। प्रहरीले दिएको विवरणअनुसार प्रदेश-१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते…
पाँचथर : पाँचथरमा बाढी पहिरोका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो। यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन। पाँचथरमा बाढी पहिरोमा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन्। पाँचथरमा पहिरोले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता…
काठमाडौं : विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगन कुमार थापा निर्वाचित भएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन्। बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन्। उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिरोले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ। सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी, सांसद शेरबहादुर कुँवर, पूर्व सांसद हर्कबहादुर सिंह, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी तथा नागरिक समाजका प्रतिनिधि सूर्य…
मकवानपुर : जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक…