PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

    मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

    सुर्खेत : मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

    एकीकृत समाजवादीका अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बुर्बाओबीच आज साँझ भेटवार्ता भएको छ। कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : सहरी विकासमन्त्री झाँक्री

    सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : सहरी विकासमन्त्री झाँक्री

    दमौली : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताइन्। मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

    भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

    बनेपा : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्। एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भएपनि कारबाहीको दायरामा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने, सम्झौतापत्रमा गरियो हस्ताक्षर

    लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने, सम्झौतापत्रमा गरियो हस्ताक्षर

    सिद्धार्थनगर : बुद्ध जन्मस्थल लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने भएको छ। नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपाल र बंगलादेशबीच साँस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी बंगलादेश सरकारका तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको सम्झौतापछि…

    विस्तृतमा पढ्नुस्

  • जीपको ठक्करबाट सप्तरीमा एक बालकको मृत्यु

    जीपको ठक्करबाट सप्तरीमा एक बालकको मृत्यु

    राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नम्बरको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनसम्म पाँच दलीय गठबन्धनः मन्त्री खतिवडा

    निर्वाचनसम्म पाँच दलीय गठबन्धनः मन्त्री खतिवडा

    कास्की : स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएका हुन्। एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका नेता खतिवडाले नेकपा (एमाले) र सो पार्टीका अध्यक्ष केपी…

    विस्तृतमा पढ्नुस्

  • गजेन्द्र हमाल कांग्रेसको आफ्नै मान्छे हो : प्रचण्ड, 'यता हो र त्यता हो भन्नुको कुनै तुक छैन'

    गजेन्द्र हमाल कांग्रेसको आफ्नै मान्छे हो : प्रचण्ड, 'यता हो र त्यता हो भन्नुको कुनै तुक छैन'

    चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्।          शनिवार बिहान भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए। अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्न आवश्यक नरहेको स्पष्ट पारे। 'कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै…

    विस्तृतमा पढ्नुस्

  • शुरु भयो दसैं : घटस्थापनाको साइत ११:४६ बजे, हनुमानढोकाको दसैं घरमा विशेष पूजा

    शुरु भयो दसैं : घटस्थापनाको साइत ११:४६ बजे, हनुमानढोकाको दसैं घरमा विशेष पूजा

    काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ।          बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।          आज बिहानै नित्यकर्म समाप्त गरी…

    विस्तृतमा पढ्नुस्

  • ५२ वर्षपछि आफन्तको सम्पर्कमा आए जंगबहादुर, यकिन गर्न आफन्तले सोधे ६० प्रश्न!

    ५२ वर्षपछि आफन्तको सम्पर्कमा आए जंगबहादुर, यकिन गर्न आफन्तले सोधे ६० प्रश्न!

    बेनी : सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो। विसं २००३ मा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए। त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएएन्। हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : अहिले यी स्थानमा भइरहेको छ वर्षा

    आजको मौसम : अहिले यी स्थानमा भइरहेको छ वर्षा

    काठमाडौं : अहिले भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ। सोही मौसमी प्रणालीका कारण नेपालमा बदली र वर्षा गराएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कांग्रेसको वडा अधिवेशन नै अनिश्चित

    कैलालीमा कांग्रेसको वडा अधिवेशन नै अनिश्चित

    धनगढी : नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन।  क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ। प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ। कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दशैंपछि मात्र…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

    सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

    काठमाडौं : सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७:५८ बजे पाङफुङ केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • ऊन प्रशोधन उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने योजनामा चुनौती

    ऊन प्रशोधन उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने योजनामा चुनौती

    म्याग्दी : नेपालमा ऊन प्रशोधन गर्ने उपकरण र प्रविधि नहुँदा समस्या भएको छ। उपकरण र प्रविधि अभावले पस्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्ने नेपाली उद्योगीको योजनामा चुनौती थपिएको छ। स्वदेशी कच्चापदार्थ (ऊन) प्रशोधन गरेर पस्मिना बनाउने धागो उत्पादन गर्ने तयारीमा जुटेका उद्योगीलाई प्रविधि र उपकरण अभाव भएको हो। नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले हिमाली क्षेत्रमा च्याङ्ग्राको ऊन (भुवा) संकलन गर्न…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा कांग्रेस गाउँ/नगर अधिवेशन : २३ वर्ष शिक्षिका रहेकी आचार्य बनिन् कांग्रेस पूर्वखोलाकी सभापति

    पाल्पामा कांग्रेस गाउँ/नगर अधिवेशन : २३ वर्ष शिक्षिका रहेकी आचार्य बनिन् कांग्रेस पूर्वखोलाकी सभापति

    पाल्पा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएसँगै पार्टीभित्र र बाहिर निकै चर्चा चलेको छ। जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्य निर्वाचित भएसँगै महिलामा उत्साह थपिएको छ।          यहाँको १० पालिकामध्ये नौ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको छ। नौ पालिकामध्ये आठ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन्। यही असोज ९ गते भएको पालिका अधिवेशनले…

    विस्तृतमा पढ्नुस्

  • जनताको विश्वास लिएर मात्रै एमसीसीको विषय अघि बढाउनुपर्छ : अर्जुन नरसिंह केसी

    जनताको विश्वास लिएर मात्रै एमसीसीको विषय अघि बढाउनुपर्छ : अर्जुन नरसिंह केसी

    चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ।’ राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘देशको विकासका लागि आउने बजेट हो। जनताको…

    विस्तृतमा पढ्नुस्

  • दलित समुदायलाई दूध बेच्ने रहर : तर छोइन्छ भन्छन्, नबिक्ने डर छ  

    दलित समुदायलाई दूध बेच्ने रहर : तर छोइन्छ भन्छन्, नबिक्ने डर छ  

    बागलुङ : पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन्। लैनोमा तिनले पुगेसरी दूध दिन्छन्। दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने पवित्राले पाउँदिनन्। “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन्।          उनको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती हो। विश्वकर्माझैँ त्यहाँका दलित समुदायका सयौँ किसान दूध बेच्नबाट बञ्चित छन्।…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री जयशंकरबीच न्युयोर्कमा भेटवार्ता

    परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्री जयशंकरबीच न्युयोर्कमा भेटवार्ता

    काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ।          भेटका अवसरमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ।          'दुवै देशका…

    विस्तृतमा पढ्नुस्

  • सहरका विद्यार्थी रोज्दै गाउँका विद्यालय

    सहरका विद्यार्थी रोज्दै गाउँका विद्यालय

    म्याग्दी : कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आएका छन्। उनी हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दैछन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।          “आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न यहाँ आएको हुँ”, बरुवाल भन्छन्, “गाउँमा भएर के भो र? सहरको विद्यालयकै जस्तो सेवा सुविधा…

    विस्तृतमा पढ्नुस्

  • दशैंको साइत सार्वजनिक : बिहान १० बजेर २ मिनेटमा टीकाको शुभसाइत

    दशैंको साइत सार्वजनिक : बिहान १० बजेर २ मिनेटमा टीकाको शुभसाइत

    काठमाडौंः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीवार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ। असोज २२ गते शुक्रवार झण्डा फेर्ने साइत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell