PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • कांग्रेस शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुंग्याउने सहमति

    कांग्रेस शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुंग्याउने सहमति

    काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४ औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • विश्वकर्मा पूजा एवं वास्तु दिवस, धातुजन्य वस्तुको पूजा गरेर मनाइँदै

    विश्वकर्मा पूजा एवं वास्तु दिवस, धातुजन्य वस्तुको पूजा गरेर मनाइँदै

    काठमाडौं : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।          कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ। आज…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशसभामा पेस भएको आमसञ्चार विधेयक फिर्ता लिन प्रेस काउन्सिलको आग्रह

    गण्डकी प्रदेशसभामा पेस भएको आमसञ्चार विधेयक फिर्ता लिन प्रेस काउन्सिलको आग्रह

    काठमाडौं : प्रेस काउन्सिल नेपालले गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता लिन आग्रह गरेको छ। नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले धावा बोलेको भन्दै काउन्सिलले फिर्ता लिन आग्रह गरेको हो। काउन्सिलले आज विज्ञप्ति जारी गरी विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा हस्तक्षेप गरेको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुङ्गामा ड्युटीको समयमा प्रहरीलाई टिकटक चलाउन बन्देज

    ओखलढुङ्गामा ड्युटीको समयमा प्रहरीलाई टिकटक चलाउन बन्देज

    ओखलढुङ्गा : ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पुग्यो फोर-जी सेवा

    गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पुग्यो फोर-जी सेवा

    पोखरा : नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोर-जी सेवा पुर्‍याएको छ। आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोर-जी सेवा पुर्‍याएको नेपाल टेलिकमले जनाएको छ। नेपाल टेलिकमका सह-प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोर-जीका टावर राखिएको जानकारी दिए। उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क…

    विस्तृतमा पढ्नुस्

  • हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिइएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले विद्यालय खोल्ने वा नखोल्ने त्यहाँ रहेको स्थानीय तहले निर्धारण गर्ने बताए। उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • असोज १ देखि खुल्दै पाथीभरा मन्दिर

    असोज १ देखि खुल्दै पाथीभरा मन्दिर

    ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले आज प्रेस…

    विस्तृतमा पढ्नुस्

  • दिनहुँ देखिन थाल्यो राजमार्गमा बाघ, मानिस मार्न थालेपछि सेना परिचालन

    दिनहुँ देखिन थाल्यो राजमार्गमा बाघ, मानिस मार्न थालेपछि सेना परिचालन

    राँझा : पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन्। बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए। उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन्। स्थानीय बासिन्दाले दिउँसै बाघ…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सको ठक्करबाट बटुवाको मृत्यु

    एम्बुलेन्सको ठक्करबाट बटुवाको मृत्यु

    कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ।  पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो। एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • टिकटक बनाउने क्रममा सेती नदीमा खसेर १९ वर्षीया युवती बेपत्ता

    टिकटक बनाउने क्रममा सेती नदीमा खसेर १९ वर्षीया युवती बेपत्ता

    तनहुँ : टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन्। शुक्लागण्डकी नगरपालिका-८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ। शुक्लागण्डकी नगरपालिका-८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन्। आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ महामारीले नेपाल आउने विदेशी पर्यटक घटेपनि बढ्यो औसत बसाई

    कोभिड-१९ महामारीले नेपाल आउने विदेशी पर्यटक घटेपनि बढ्यो औसत बसाई

    काठमाडौं : कोभिड-१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको संख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ। अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो। सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८…

    विस्तृतमा पढ्नुस्

  • अपर मुस्ताङमा ‘टू जी’ बाट ‘थ्री जी’सेवा

    अपर मुस्ताङमा ‘टू जी’ बाट ‘थ्री जी’सेवा

    बलेवा : मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ। नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति गरेकाले सेवा सहज भएको हो। उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए। उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रको पत्रपछि एनआरएनएको निर्वाचन स्थगित, संघले भन्यो : राजनीतिकरण गर्नु दु:खद्

    परराष्ट्रको पत्रपछि एनआरएनएको निर्वाचन स्थगित, संघले भन्यो : राजनीतिकरण गर्नु दु:खद्

    काठमाडौं : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित भएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। मन्त्रालयको सो निर्देशनपछि संघको आगामी अक्टोबर २३-२५ मा हुने १० औँ महाधिवेशन अनिश्चित बनेको छ। विभिन्न देशबाट महाधिवेशनमा भाग…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुंगामा टाटा सुमो दुर्घटना : एकको मृत्यु, नौजना घाइते

    ओखलढुंगामा टाटा सुमो दुर्घटना : एकको मृत्यु, नौजना घाइते

    काठमाडौं : ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतवार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका- ६ मितेरी भञ्ज्याङमा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए। बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा ९ जना घाइते भएको काफ्लेले जानकारी दिए। घाइते हुनेमा दुई महिला, चार…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनको असर : एक सिङ्गे गैँडा संरक्षणमा थपियो चुनौती

    जलवायु परिवर्तनको असर : एक सिङ्गे गैँडा संरक्षणमा थपियो चुनौती

    काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ। जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ। गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन्। बर्दियामा पाँगो माटोको समस्या छ।…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया गएका सर्वजीत १६ वर्षदेखि बेपत्ता, आमाको आग्रह : छोरा खोजिदिनुस्

    मलेसिया गएका सर्वजीत १६ वर्षदेखि बेपत्ता, आमाको आग्रह : छोरा खोजिदिनुस्

    काठमाडौं : विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता छन्। पर्वतको महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन्। साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत सम्पर्कविहीन भएका हुन्। वि सं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी…

    विस्तृतमा पढ्नुस्

  • डोटीको बडिकेदार गाउँपालिकामा कक्षा १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

    डोटीको बडिकेदार गाउँपालिकामा कक्षा १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

    डोटी : कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ। गाउँपालिकाले बडिकेदार गाउँपालिका-२ मा रहेको बर्छैन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको सुरुवात गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत सम्भु…

    विस्तृतमा पढ्नुस्

  • बजारसम्म दूध ल्याएर बेच्न भोजपुरका किसानलाई सडकको समस्या

    बजारसम्म दूध ल्याएर बेच्न भोजपुरका किसानलाई सडकको समस्या

    भोजपुर : भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ। बन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ। भोजपुरमा दूध तथा दुग्धजन्य वस्तुको भने अभाव नै रहन्छ। कारण हो, बजारीकरण, प्रोत्साहन तथा व्यावसायिक धारणाको अभाव। व्यावसायिक रुपमा केही किसानले दूध उत्पादनको लक्ष्य लिएर पशुपालन गरिरहेका छन् तर ती कृषक पनि लगानी तथा मिहिनेतअनुसारको…

    विस्तृतमा पढ्नुस्

  • सम्झौताको तीन महिना बित्न लाग्दा पनि बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

    सम्झौताको तीन महिना बित्न लाग्दा पनि बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

    बैतडी : गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना बित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ। सम्झौता गरिएको कम्पनीको लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो। असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो। प्लान्ट स्थापनाको काम शुरु हुन नसकेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा…

    विस्तृतमा पढ्नुस्

  • फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु

    फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु

    वीरगंज : वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ। यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि बिहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell