पर्वत : यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्। पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको…
काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने विषयमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादको सुनुवाइ तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले आज रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म संवैधानिक इजलासमा भएको अध्यादेशसम्बन्धी विवादको सुनुवाइ नगर्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘संवैधानिक परिषद् सदस्य रहने प्रधानन्यायाधीशसमेत…
तारानाथ आचार्य - बलेवा : केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन्। खोलाको बहाव आफ्नै गतिमा थियो। अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ। बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए।…
मनाङः देशैभर विभिन्न तहको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी चलिरहेको छ। भदौ १८ गते कांग्रेसको वडा तहको निर्वाचन हुँदैछ। यससँगै नगर र गाउँ समितिको नेतृत्व चयन गरिनेछ। जिल्ला तहको निर्वाचन आउने अझै समय बाँकी नै छ तर, विकट हिमाली जिल्ला मनाङमा भने वडा तहको महाधिवेशन अगावै नेतृत्व टुङ्गो लागिसकेको छ। मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको छ। देशका…
भीष्मराज ओझा- काठमाडौंः नेपाल सरकारले उत्तरी सीमा क्षेत्रका सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो। समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव र सदस्यमा नापी विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी बलका…
काठमाडौं : निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ। बाढीका कारण आइतवार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए। तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ। रामनगरका…
काठमाडौं : विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन कमजोर हुँदै भएको छ। पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुवात भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम…
काठमाडौँ : चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ। यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ। मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ। आज बिहान ६:२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा…
काठमाडौं : अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ। काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले…
काठमाडौं : डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ। वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले जानकारी दिइन्। करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर…
उदयपुर : उदयपुरको कटारी नगरपालिका-२ मिलन चौक बस्ने सात वर्षीय बालकको आज पहिरोमा परेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका-२ मिलन चौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन्। दिउँसो २ बजेतिर स्थानीय खहरे खोला नजिकै जङ्गल छेउमा खेलिरहेको बालकमाथि झरेको पहिरोले गम्भीर घाइते बनाएको थियो। घाइते बालकको अस्पताल…
नारायण ढुङ्गाना- काठमाडौं : नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्ला झैँ भएर बसेको छ। माथिबाट सर्किदै सडकतिर आइरहेको छ। चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लाष्टिकले ठाउँठाउँमा टालिएको छ। तल्लो तहबाट फलामे बारमार्फत पहिरो रोक्ने असफल प्रयास भएको देखिन्छ। नौबिसेबाट राजधानी आउने क्रममा उकालो चढ्दै गर्दा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकामा…
काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्यधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्नेविरुद्ध कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनः मिति राखी बिक्री गर्नेलगायत गैरकानुनी कार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको…
अच्युत रेग्मी काठमाडौंः देशको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ। विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिए। नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उनको भनाइ छ। तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्।…
वीरेन्द्रनगर : विभिन्न मुद्दाको कसुरमा सजाय तोकिएका फरार चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने फरार प्रतिवादीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत निवासी प्रकाश शाही र चोरी मुद्दाका कसुरदार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका प्रदीप थापालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। सार्वजनिक अपराध मुद्दामा दोषी ठहर वीरेन्द्रनगर नगरपालिका-७…
काठमाडौं : अफगानिस्तानबाट मंगलवार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन्। तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ। योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन्। आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षणलगायतका प्रक्रिया…
भक्तपुर : चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय संघ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन संघ/संगठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन्। आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी नपाएको भन्दै आज सानोठिमीस्थित आयोगमा पुगेर साँचो बुझाएका हुन्। संघका अध्यक्ष यामप्रसाद अधिकारी, कलेज संघ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जीवनप्रकाश शर्मा र ओपन (पोखरा…
काठमाडौं : इन्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा संचालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन्। परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल-भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन्। भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष…
काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका जनाएको छ। इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन्। इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ। त्यसमध्ये प्रदेश नम्बर १ मा २५, प्रदेश नम्बर २…