PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • थप तीन घर बग्यो मेलम्चीको बाढीमा, जोखिम अझै जारी

    थप तीन घर बग्यो मेलम्चीको बाढीमा, जोखिम अझै जारी

    मेलम्ची : अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए। उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए। थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ। यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना…

    विस्तृतमा पढ्नुस्

  • मास्क नलगाई पाटन दरबार क्षेत्रमा नो इन्ट्री

    मास्क नलगाई पाटन दरबार क्षेत्रमा नो इन्ट्री

    ललितपुर : विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, 'हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौं।' मास्क नलगाएका व्यक्तिलाई बोलाएर…

    विस्तृतमा पढ्नुस्

  • सिस्नेखोलामा पहिरो खस्दा नौबिसे - नगढुङ्गा सडकमा सकस

    सिस्नेखोलामा पहिरो खस्दा नौबिसे - नगढुङ्गा सडकमा सकस

    धादिङ : त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बिचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए। सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा स्थापना भयो न्यायिक संग्रहालय

    सर्वोच्चमा स्थापना भयो न्यायिक संग्रहालय

    काठमाडौँः नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ। नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरे। उनले  सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए। प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण दर 'कन्ट्रोल' नहुँदै झापामा निषेधाज्ञा खुकुलो बनाइयो

    संक्रमण दर 'कन्ट्रोल' नहुँदै झापामा निषेधाज्ञा खुकुलो बनाइयो

    झापाः झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

    खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

    नारायण अधिकारी चितवनः चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ। निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए। दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै…

    विस्तृतमा पढ्नुस्

  • धानबारीमा पुरुषको शव भेटियो

    धानबारीमा पुरुषको शव भेटियो

    दमकः झापाको कमल गाउँपालिका  २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा राजु लिम्बूको शव फेला परेको छ। स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। शव खेतका बिचमा भएका कारणले…

    विस्तृतमा पढ्नुस्

  • स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

    स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

    टीकापुरः कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १० बजे दुर्घटना भएको हो। दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • लामो दूरीका सार्वजनिक सवारी भक्तपुरको सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

    लामो दूरीका सार्वजनिक सवारी भक्तपुरको सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

    काठमाडौंः काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ। कामपाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई शुक्रबार तीनबुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण  गर्दै उक्त सुझाव दिएको हो ।  ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको मनोहरा करिडोर वा सल्लाघारीबाट लामो दूरीका सार्वजनिक सवारी संचालनमा ल्याउन सुझाव

    भक्तपुरको मनोहरा करिडोर वा सल्लाघारीबाट लामो दूरीका सार्वजनिक सवारी संचालनमा ल्याउन सुझाव

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात संचालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट संचालनमा ल्याउन सुझाव दिएको छ। महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई तीन बुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो। ठूला सार्वजनिक सवारी साधनको ‘पिक…

    विस्तृतमा पढ्नुस्

  • मनसुन अझै एक साता सक्रिय हुने

    मनसुन अझै एक साता सक्रिय हुने

    काठमाडौं : देशभर अझै एक साता मनसुन सक्रिय हुने भएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ। 'वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ। वर्षा निरन्तर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धको खोप लगाएर ढुक्क छन् राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिक

    कोरोनाविरुद्धको खोप लगाएर ढुक्क छन् राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिक

    गण्डकी : पोखरा महानगरपालिका-३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोपको दुई वटै मात्रा लगाइसकेका छन्। शुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला भन्ने निकै डर थियो। डरकै कारण अधिकांशले खोप लगाउन मानेका थिएनन्। खोप लगाउन नमानेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको प्रयासमा विश्वस्त पारी पहिलो मात्रा खोप लगाइएको थियो। पहिलो मात्रा लगाइएका…

    विस्तृतमा पढ्नुस्

  • गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पीसीआर परीक्षण बन्द

    गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पीसीआर परीक्षण बन्द

    काठमाडौं : एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा संचालित पीसीआर परीक्षण केन्द्र बन्द रहेको पाइएको छ। सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन्। अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पीसीआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको…

    विस्तृतमा पढ्नुस्

  • अन्योलमा जनगणना २०७८ : जिल्ला जिल्लामा कार्यालय, काम भने ठप्प

    अन्योलमा जनगणना २०७८ : जिल्ला जिल्लामा कार्यालय, काम भने ठप्प

    काठमाडौं : असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ। गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो। राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारीस्वरूप आठ हजार ५०० सुपरिवेक्षकलाई तालिमसमेत…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमा राष्ट्रिय सहमतिका आधारमा निर्णय हुनुपर्छः सापकोटा

    एमसीसीमा राष्ट्रिय सहमतिका आधारमा निर्णय हुनुपर्छः सापकोटा

    काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सँगको सम्झौताबारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने धारणा व्यक्त गरे। उनले भने, “दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ, कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय सहमति हुनुपर्छ, यस विषयमा…

    विस्तृतमा पढ्नुस्

  • एमालेले अब कार्यकर्तालाई नियमित पढाउने, ओली सरकारका उपलब्धि पनि पाठ्यक्रममा

    एमालेले अब कार्यकर्तालाई नियमित पढाउने, ओली सरकारका उपलब्धि पनि पाठ्यक्रममा

    काठमाडौंः नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ। पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिए। बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ : नेपाली ट्रक यात्राको कथामा आधारित वृत्तचित्र

    ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ : नेपाली ट्रक यात्राको कथामा आधारित वृत्तचित्र

    मधुकर अधिकारी- वासिङ्टन डिसी : नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुडाउने ट्रकको कथालाई एक अमेरिकीले बृत्तचित्र (डकुमेन्ट्री)मा समेटेका छन्। ‘ट्याटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज’ नाम दिइएको उक्त बृत्तचित्रमा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ। साथै नेपालमा भन्ने गरिएको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण हुने कम

    चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण हुने कम

    चितवन : चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ। चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन्।          विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन्। विभिन्न विश्वविद्यालका आङ्गिक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन्। आयोगले हालै सार्वजानिक गरेको नतिजा…

    विस्तृतमा पढ्नुस्

  • जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

    जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

    काठमाडौंः जनता समाजवादी पार्टी (जसपा), नेपालका लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ भने अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • दैलेखको 'देउकेटा' प्रथा, सात वर्षीय सुवास शिव मन्दिरका पुजारी

    दैलेखको 'देउकेटा' प्रथा, सात वर्षीय सुवास शिव मन्दिरका पुजारी

    काठमाडौं : कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ। हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) छन्। सुवास गतवर्ष मंसिरमा पुजारी नियुक्त भएका थिए। त्यसअघि उनका साहिला दाजु जीवनदेव पुजारीको जिम्मेवारीमा थिए। जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश गरेका हुन्। सुवासले मन्दिरमा दैनिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell