काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन्। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको थियो। तर, यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन्। एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने…
म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो। मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत…
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्यो। बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए। नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जीपीए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन। नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने,…
भक्तपुर : भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनोटमा विवाद भएपछि शुक्रवार साँझ दुई पक्षबीच झडप भएको छ। झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएपछि यस वर्षको जात्रा संचालन हुने नहुने अन्योल उत्पन्न भएको छ। घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रवार नवदुर्गा द्योछेंमा जम्मा भएका देवगण र नवदुर्गा नाचका सरोकारवालाबीच नकीं छनोटमा विवाद हुँदा…
दार्चुला : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो। व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन्। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट…
दार्चुला : जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गरेका गौतमले…
काठमाडौं : जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयको भनाइ छ। गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको हो। मंगललवार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित…
सिन्धुपाल्चोक : गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ। बेलैमा सूचना आएकाले मानवीय क्षति हुन…
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन्। क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए। 'पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि…
काठमाडौं : असार १७ गतेदेखिको निरन्तरको बाढीले मेलम्ची र हेलम्बुका करिब एकसय घर र टहरा बगाएको छ। यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका थिए। सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो। फेरि लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ। खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आएकी सुप्रभा गिरीले भने, 'खेत…
काठमाडौं : हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ। यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ। नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज…
काठमाडौं : संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए। वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले…
काठमाडौं : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको…
सुर्खेत : कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ। आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगतिको समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइएको हो। एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव दुई किलोमिटर नयाँ सडक बनाइएको छ। त्यस्तै प्रदेश सरकारले कर्णालीमा ११ झोलुङ्गे पुल र सातवटा सडक पुल निर्माण गरिएको मुख्यमन्त्री…
काठमाडौं : नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो। क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलवार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३…
काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेकी काठमाडौं बुढानिलकण्ठकी ४५ वर्षीय निता भण्डारीलाई आज पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ बैशाख ६ गतेको फैसलाले चार दिन कैद र बिगो…
नारायण अधिकारी- चितवन : कोरोना संक्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ। कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन्। गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ। बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका…
खेमराज गौतम- बागलुङ : धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ। साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब पाँच करोड रुपैयाँ राजस्व छली गरेको फेला पारेको हो। कर बुझाउने १७…
बनियानी : स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापा गाउँपालिका-२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका ४० लाख ३७ हजार ६७० रुपैयाँसहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनलाई शनिवार दिउँसो पक्राउ…
कृष्ण न्यौपाने- दमौली : चार वेद अठार पुराणका रचयिता व्यासको जन्मभूमि दमौलीलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिइएको छ। व्यास अवतरण दिवस एवं गुरुपूर्णिमाको अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरुले हिन्दुहरुको आस्थाको थलो व्यासभूमिको थप प्रचारप्रसार आवश्यक रहेको बताए। सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले व्यास ऋषिकै कारण व्यासभूमि परिचित भए पनि यसको अझै…