डोल्पा : छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका-४ इल गाउँ बस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युतको नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ। मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन्। मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताएका हुन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव…
मध्यपुरथिमि : खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका-४ चाँगुस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट स्थानीय दीपक मिजार र सानचरीको नगद ३५ हजार रुपैयाँसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद पाँच…
रमेश लम्साल - काठमाडौँ : बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ। असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो। आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ। यस्तै, हाल दोस्रो युनिटको पनि परीक्षणको…
कञ्चनपुर : यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो। 'नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ,' प्रजिअ महतोले भने, 'पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन सट गरेर मलाई पठाएका…
काठमाडौं : नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको शुक्रवार कोरोनाबाट निधन भएको छ। मेचीनगर नगरपालिका ३ बडाखाल निवासी थापामा गत आइतबार कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश…
रामेछाप : खाँडादेवी गाउँपालिका-३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३-०२-०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गएराति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा…
दमक : भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए। सङ्क्रमण पुष्टि भएका…
मनाङ : मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुल (साँघु) निर्माण गरेको छ। खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो। चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ। असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा…
स्याङ्जा : स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। पुतलीबजार नगपालिका-४, राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा आज दिउँसो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पीसीआर परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डबसहितको टोलीले आज विभिन्न केन्द्रमा परीक्षणको अनुगमन तथा निरीक्षण…
राजेन्द्र प्रसाद पनेरु- कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका-१२ का १५ घर डुवानमा परेका छन्। सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो। सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीय सुरेन्द्र मल्लले जानकारी दिए। ‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ। त्यतिबेला कसैले सुनेनन्’, उनले…
सप्तरी : सप्तरीमा नौ वर्षीया बालिकाको आज वीभत्स हत्या भएको छ। डाक्नेश्वरी नगरपालिका-३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए। परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन्। सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी…
काठमाडौं : डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ। युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पुर्याउन उक्त सामग्री उपलब्ध गराएका हुन्। डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार…
काठमाडौँ : लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ। मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ। कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट…
कास्की : कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन्। कास्कीको रुपा गाउँपालिका-७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।…
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पीसीआर परीक्षण गर्ने भएको छ। नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पीसीआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। जिल्लामा सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले…
झापा : मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटी बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए। स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको…
प्रकाश मिश्र- धनगढी : कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय बनको बीचमा त्रिपालले बेरेर बनाइएको छाप्रोमा बसाइ छ। पालमा बसेर चार वर्षीय छोरीलाई जाउलो खुवाइरहेकी रुपा बुढामा भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्ने चिन्ता रहेको सहजै बुझ्न सकिन्थ्यो। उक्त क्षेत्रका करीब तीन सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन्। चुरे गाउँपालिकाका विभिन्न वडाहरुबाट पहिरो पीडित भएर…
सिन्धुली : सिन्धुली जिल्ला अन्तर्गत सुनकोशी नदीमा तीन शव भेटिएका छन्। आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मूलकोट, सुनकोसी-६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका-६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन्। कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको…