PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • डोटीको चाँसी गाउँका अधिकांश व्यक्तिमा देखियो कोरोना संक्रमण

    डोटीको चाँसी गाउँका अधिकांश व्यक्तिमा देखियो कोरोना संक्रमण

    काठमाडौं : डोटी जिल्लाको आदर्श गाउँपालिका १ चाँसी गाउँमा कोभिड १९ संक्रमितको संख्या बढ्दै गएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना परीक्षओ नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ। सिङ्गो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिबाट 'घाट' हटाउन विकास कोषको प्रस्ताव, सदस्य सचिव भन्छन् 'मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न हुँदैन'

    पशुपतिबाट 'घाट' हटाउन विकास कोषको प्रस्ताव, सदस्य सचिव भन्छन् 'मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न हुँदैन'

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न भन्दै नजिक घाट नराखी अन्यत्र सार्ने गरि गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ। मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। 'विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा पाँच संक्रमितको मृत्यु

    पर्सामा पाँच संक्रमितको मृत्यु

    पर्सा : बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए। उनले वीरगञ्ज–१६…

    विस्तृतमा पढ्नुस्

  • झापामा मात्रै २४ घण्टामा तीन जनाको मृत्यु

    झापामा मात्रै २४ घण्टामा तीन जनाको मृत्यु

    दमक : पछिल्लो २४ घण्टा भित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ। गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो। अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। यसअघि बिहीवार दिउँसो साढे ४ बजे पथरी शनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे…

    विस्तृतमा पढ्नुस्

  • धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा संक्रमणको जोखिम, त्यागेमा २० मिनेटमै मुटुको धड्कनमा सुधार आउने दावी

    धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा संक्रमणको जोखिम, त्यागेमा २० मिनेटमै मुटुको धड्कनमा सुधार आउने दावी

    काठमाडौं : सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन्। सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो। सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पुर्याएको छ। अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ। स्वास्थ्य तथा…

    विस्तृतमा पढ्नुस्

  • थाइ राजपरिवारले दिएको एक जहाज स्वास्थ्य सामग्री भोलि नेपाल आउँदै, राष्ट्रपतिबाट भएको थियो पत्राचार

    थाइ राजपरिवारले दिएको एक जहाज स्वास्थ्य सामग्री भोलि नेपाल आउँदै, राष्ट्रपतिबाट भएको थियो पत्राचार

    सिद्धार्थनगर : थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ। थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन लागेका हुन्। थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक…

    विस्तृतमा पढ्नुस्

  • कोरियामै अस्ताए रामेछापका विष्णु श्रेष्ठ

    कोरियामै अस्ताए रामेछापका विष्णु श्रेष्ठ

    सउल : रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन्। उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन्। मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए। आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा…

    विस्तृतमा पढ्नुस्

  • बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु, ७४ जनामा संक्रमण

    बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु, ७४ जनामा संक्रमण

    तम्घास: गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ। कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए। स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराइदिए। दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह…

    विस्तृतमा पढ्नुस्

  • चक्रावतको असर के हुन्छ नेपालमा?

    चक्रावतको असर के हुन्छ नेपालमा?

    काठमाडौँ : हाल पूर्वी मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे ता पनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ। बुधवार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोरोनाका कारण ११ जनाको मृत्यु

    चितवनमा कोरोनाका कारण ११ जनाको मृत्यु

    चितवन : जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन्। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९…

    विस्तृतमा पढ्नुस्

  • जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण, विपक्षी गठबन्धन धरापमा

    जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण, विपक्षी गठबन्धन धरापमा

    गण्डकी : राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ। पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए। यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र…

    विस्तृतमा पढ्नुस्

  • चकलेट फ्याक्ट्रीमा काम गर्ने प्रलोभनमा लाखौ तिरेर भिजिट भिसामा दुबई पुगेका ४ युवा अलपत्र

    चकलेट फ्याक्ट्रीमा काम गर्ने प्रलोभनमा लाखौ तिरेर भिजिट भिसामा दुबई पुगेका ४ युवा अलपत्र

    दमक : एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन्। स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन्। काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ।…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयले भन्यो : सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री नगर्नु होला

    स्वास्थ्य मन्त्रालयले भन्यो : सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री नगर्नु होला

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो। मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु, अस्पताल खोज्दाखोज्दै गयो ज्यान

    अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु, अस्पताल खोज्दाखोज्दै गयो ज्यान

    भक्तपुर : अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए। भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ छ। उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान…

    विस्तृतमा पढ्नुस्

  • कोभिड महामारीमा नेपाललाई सहयोग गर्न अमेरिकी सरकारी अंगहरुलाई पत्राचार

    कोभिड महामारीमा नेपाललाई सहयोग गर्न अमेरिकी सरकारी अंगहरुलाई पत्राचार

    टेक्सास : गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन्। एनआरएनए अमेरिकासहित एसोसिएशन अफ नेपलिज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल नेटवर्क (एनडब्लुजिएन), अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल राइजिङले संस्थागत रुपमा अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खुल्ला पत्रसहित…

    विस्तृतमा पढ्नुस्

  • चार जना संक्रमितको एकै रात मृत्यु, हुँदै थियो उपचार

    चार जना संक्रमितको एकै रात मृत्यु, हुँदै थियो उपचार

    राँझा : बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२ बर्दिया निवासी २७ वर्षीय युवाको…

    विस्तृतमा पढ्नुस्

  • उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

    उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

    गलकोट : कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ। धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ। प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन। पाइपलाइनबाट…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टाभित्र बाँकेमा ६ जना कोभिड संक्रमितको मृत्यु

    २४ घण्टाभित्र बाँकेमा ६ जना कोभिड संक्रमितको मृत्यु

    बाँके ट्ठ बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख १६ गते भर्ना गरिएका उनको शुक्रवार गते साँझ ७ बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद विदुर पौडेलको निधन

    पूर्व सांसद विदुर पौडेलको निधन

    काठमाडौं : राष्ट्रियसभाका पूर्व सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ। यही वैशाख ११ गते कोभिड १९ विरुद्धको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्कघात भएको थियो।  उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उनको उपचार भएको थियो। शुक्रबार बेलुका चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो।     …

    विस्तृतमा पढ्नुस्

  • रुसी राजदूतसँग प्रधानमन्त्रीको आग्रह : 'स्पुतनिक भी' छिटो उपलब्ध गराउन पर्‍यो

    रुसी राजदूतसँग प्रधानमन्त्रीको आग्रह : 'स्पुतनिक भी' छिटो उपलब्ध गराउन पर्‍यो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन्। नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन्।      राजदूत नेभिकोभ सहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए। औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell