चितवन : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन्। उनले भने, ‘आआफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ।’ अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको…
धनुषा : प्रदेश २ मा करीब ६ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ। प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ। प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो। संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न…
झापा : पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ। पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा उनी घाइते…
दमैलीः तनहुँको भानु नगरपालिका ४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल २३ नम्बर मनकामना गणबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो। प्रहरीले स्थानीयवासीसँग सहकार्य गरेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएको हो। डढेलो नियन्त्रणका लागि गणका प्रहरी निरीक्षक तुलसीराम केसीको नेतृत्वमा ३७ जना प्रहरी खटिएको प्रहरी उपरीक्षक सञ्जय भट्टराईले जानकारी दिए।…
चितवनः नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन् । उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा…
मुग्लिन : मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म केबुलकार बन्द गरिने भएको हो। केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। चैत ३१ गतेदेखि…
कञ्चनपुरः भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ। शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ। शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी…
काठमाडौँ : देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भू–भागमा वर्षाको सम्भावना…
काठमाडौँ : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले चितवनको गैंडा गणनामा ध्रुवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन्। मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि…
गलकोट : जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न ८ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ। होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले सार्वजनिक…
काठमाडौं : सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो। वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्। जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार…
काठमाडौं : कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ। विश्वव्यापी भोकमरी सूचांक (जीएचआइ)ले संयुक्त राष्ट्रसङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औँल्याएको हो। यो प्रतिवेदन १३२ देशका तथ्याङ्कहरू मूल्याङ्कन गरी तयार गरिएको…
बर्दिवास : प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन्। मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई बुधवार बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट गरे। प्रधानसेनापति थापाले भने, ‘हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा…
बैतडीः गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो। काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले…
इनरुवाः सुनसरी इटहरी उपमहानगरपालिका २ मा सोमबार एक पुरुषको हत्या भएको छ। स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रहरीले जनाकारी दिएको छ। हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो। पुरानो रिसइबी साँध्नका…
काठमाडौँः पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ। एक महिनादेखि पाटन अस्पतालमा उपचार नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८:२० मा निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए। राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए। जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले…
बझाङ : आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंह रहेका छन्। सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेका थिए। पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको…
पाँचथर : भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन्। उनले भने, ‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ। स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रहेको छ।’ आयोगको जिल्ला समितिले शनिबार फिदिममा आयोजना गरेको स्थानीय तहसँगको अन्तक्रियामा उनले भूमिहीनभन्दा…
काठमाडौं : कोभिड-१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ। प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्ति…
धादिङ : नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा)को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए। आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। शुक्रवार भएको…