दाङ : दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रवार राति भएको सो घटनामा वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए। घटनास्थल पुग्न तीन/चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत…
सिमकोट : हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ। रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो। गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, ‘गाउँपालिकाका लागि केरुङ…
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का वडाध्यक्ष मदन चन्दको शुक्रवार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रवार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो। ‘घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,…
काठमाडौं : पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा हुँदा काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ। जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ। स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म…
सप्तरी : शिशुलाई जँचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुक्रवार प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार सोही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा…
सिमकोट : हुम्लामा ६ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट आजदेखि सञ्चालनमा आएको छ। कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा ६ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि आजबाट पुनः सञ्चालन भएको छ। इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्कामा परेका सेवाग्राहीलाई सहज भएको छ। महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको…
गोरखा : आरुघाट गाउँपालिका-७ स्थित सातदोबाटो सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ। सामुदायिक बनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युतको फ्युज बक्समा आगलागी भएर आगो लागेपछि…
काठमाडौं : नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच उनको कार्यकक्षमा भएको भेटघाटमा सहकार्यको सुरूवात कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ। अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप…
चितवन : चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ। कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ। एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेका थिइन्। राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण…
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा सङ्क्रमण देखिएको छ। गौरीफन्टा…
सोलुखुम्बु : रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन्। सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्र्षीय जगत्बहादुर राई, ३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनीहरुलाई आज आयोजित पत्रकार…
मार्तडी : जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ। गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ। छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए। बेपत्ता ल्वारको विभिन्न ठाउँमा…
काठमाडौं : पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका १३६ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। अध्यागमन विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो। पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए। उनका अनुसार कारबाहीस्वरुप निष्कासित हुनेमा…
काठमाडौँः त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ। नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो। त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ। त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा…
प्रकाश सिलवाल- ढाकाः नेपाल र बङ्गलादेशबीच आज दुबै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक…
दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५ सिर्दीमा आज साँझ ७:३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते छन्। पोखराबाट दमौली आउँदै गरेको ग ८ प ६६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा घाइते भएका चालक व्यास नगरपालिका-५ बस्ने ५१ वर्षीय टीकाराम क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…
ढाका : राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुगेकी छिन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगिन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति…
भक्तपुर : एमाले नेता एवं सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको 'समृद्ध नेपाल, सुखी नेपाली'को अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा निर्माण हुन लागेका विभिन्न सडकको आइतवार उद्घाटन गर्दै बस्नेतले यस्तो बताएका हुन्। बस्नेतले ५० लाख रुपैयाँको लागतमा मध्यपुरथिमि नगरपालिका–९, राधेराधेको आस्था मार्गमा आठ मिटर चौडा बाटो विस्तार र शहरी विकास तथा भवन निर्माण विभागबाटै…
हेटौँडा : वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापनाको तीन वर्ष पूरा भएको छ। कार्यालय स्थापनाको ३ वर्ष पूरा भएको अवसरमा आइतवार कार्यालयले हालसम्म गरेको कामको बारेमा समीक्षा गर्दै वार्षिक उत्सव मनाएको छ। आइतवार आयोजित कार्यक्रममा बताइएअनुसार हालसम्म कार्यालयमा एक सय ५६ वटा मुद्दा परेको छ। कार्यालय स्थापना भएको ३ वर्ष पूरा भई चार वर्ष लाग्दासम्म एकसय ५६ वटा मुद्दा परेको…
काठमाडौं : अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासा २०२१’ कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। कार्यक्रम यही चैत २८ गतदेखि (आगामी अप्रिल १० देखि मे १५) सम्म सञ्चालन हुनेछ। पाँच हप्ते विशेष…