PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • कोभिड–१९ संक्रमणबाट विदेशमा निधन हुने नेपालीको संख्या शून्यमा झर्‍यो

    कोभिड–१९ संक्रमणबाट विदेशमा निधन हुने नेपालीको संख्या शून्यमा झर्‍यो

    काठमाडौं: कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ। पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता…

    विस्तृतमा पढ्नुस्

  • साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं: आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन्। प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट…

    विस्तृतमा पढ्नुस्

  • मुलुकमा राजनीतिक फुटबल खेल शुरु भयो, हामी शक्तिशाली खेलाडी हौं, अन्तिममा जित्छौं: शिक्षामन्त्री श्रेष्ठ

    मुलुकमा राजनीतिक फुटबल खेल शुरु भयो, हामी शक्तिशाली खेलाडी हौं, अन्तिममा जित्छौं: शिक्षामन्त्री श्रेष्ठ

    बनेपा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताए। सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटकी चमेलीको नयाँ दिल्लीमा कोठी, नेपालमै बसेर चल्थ्यो धन्दा!

    नुवाकोटकी चमेलीको नयाँ दिल्लीमा कोठी, नेपालमै बसेर चल्थ्यो धन्दा!

    काठमाडौं : नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ। ती महिलाले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ। उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको…

    विस्तृतमा पढ्नुस्

  • साउन यता बाघले मार्‍यो आठ जना

    साउन यता बाघले मार्‍यो आठ जना

    बाँके : चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। घटना बुधबार दिउँसो १:५० बजे भएको…

    विस्तृतमा पढ्नुस्

  • भागरथीको हत्याका अभियुक्त दिनेशलाई ल्याइयो डोटी बाल सुधार गृहमा

    भागरथीको हत्याका अभियुक्त दिनेशलाई ल्याइयो डोटी बाल सुधार गृहमा

    डोटी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीवार बालसुधार गृहमा ल्याइएको हो। जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ। बैतडीको दोगडाकेदार…

    विस्तृतमा पढ्नुस्

  • चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

    चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

    काठमाडौं: ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन्। चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ। नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि…

    विस्तृतमा पढ्नुस्

  • अब संसद् चल्न नसक्ने भएकाले निर्वाचनको विकल्प छैन, कांग्रेसले केही महत्वपूर्ण निर्णय लिन्छ: शेखर कोइराला

    अब संसद् चल्न नसक्ने भएकाले निर्वाचनको विकल्प छैन, कांग्रेसले केही महत्वपूर्ण निर्णय लिन्छ: शेखर कोइराला

    झापा : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प अब नभएको बताएका छन्। बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे। ‘नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन,’ उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लफडा : निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लफडा : निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    कर्णाली : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यहीँ फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही…

    विस्तृतमा पढ्नुस्

  • जग्गासम्बन्धी मुद्दामा साक्षी बसेको दम्पती १५ दिनदेखि बेपत्ता, हत्या गरी शव बेपत्ता पारिएको आशंका

    जग्गासम्बन्धी मुद्दामा साक्षी बसेको दम्पती १५ दिनदेखि बेपत्ता, हत्या गरी शव बेपत्ता पारिएको आशंका

    जलेश्वर: ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका महोत्तरी पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उहाँहरुको कुनै अत्तोपत्तो लागेको छैन। घरमा दुई…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

    काठमाडौं: पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ। साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ। विभागका मौसमविद् शान्ति कँडेलले…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट    

    सभामुखको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट    

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइबार साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको आजको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए। प्रतिनिधिसमाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक…

    विस्तृतमा पढ्नुस्

  • भोलि भित्रिँदै तीन लाख ४८ हजार खोप

    भोलि भित्रिँदै तीन लाख ४८ हजार खोप

    काठमाडौं : कूल जनसंख्याको ७० प्रतिशतभन्दा धेरैलाई कोभिड १९ विरुद्धको खोप लगाउने तयारी गरेको सरकारले भोलि थप तीन लाख ४८ हजार खोप भित्र्याउँदै छ। भोलिदेखि नेपालमा कोभिड १९ विरुद्धको खोपको दोस्रो चरण सुरु हुँदैछ। स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप भोलि नेपाल आउन थालेको जानकारी दिए। सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख…

    विस्तृतमा पढ्नुस्

  • भोलि बिहान प्रम ओलीले लगाउँदै कोभिड १९ विरुद्धको खोप

    भोलि बिहान प्रम ओलीले लगाउँदै कोभिड १९ विरुद्धको खोप

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतवार कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए। सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ। सो अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सरकारमा जान हतारो गर्नु हुँदैन : नेता सिंह

    कांग्रेसले सरकारमा जान हतारो गर्नु हुँदैन : नेता सिंह

    कलैया : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्। सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि काँग्रेसले प्रतिपक्षको…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न कानुनी अड्चन, काभ्रेबाट बाँस्तोला छुटे, कति छन् कारागारमा?

    विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न कानुनी अड्चन, काभ्रेबाट बाँस्तोला छुटे, कति छन् कारागारमा?

    काठमाडौं: सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर उनीहरुलाई छाड्न थालिएको हो। यद्यपि अदालतमा मुद्दा चलिरहेकाको हकमा भने अहिले नै रिहा गर्न कानुनी अड्चन देखिएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए। ‘अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • डोटीको बुडर बजार नजिकै एक शिक्षक मृत फेला

    डोटीको बुडर बजार नजिकै एक शिक्षक मृत फेला

    डोटी : डोटीको जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृतावस्थामा फेला परेका छन्। उनका अनुसार घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • पौडेलका तीन कुरा : देउवा प्रधानमन्त्री बन्न सजिलो छैन, मलाई राष्ट्रपति हुनु छैन, कांग्रेसले दाहाल-नेपाललाई सहयोग गर्नसक्छ

    पौडेलका तीन कुरा : देउवा प्रधानमन्त्री बन्न सजिलो छैन, मलाई राष्ट्रपति हुनु छैन, कांग्रेसले दाहाल-नेपाललाई सहयोग गर्नसक्छ

    चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले विहीवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताए। पौडेलले भने, ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ। यसबारेमा…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताए। उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ। हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी…

    विस्तृतमा पढ्नुस्

  • नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ: शशांक कोइराला

    नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ: शशांक कोइराला

    चितवन : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। चितवनमा बुधवार पत्रकारसँग कुरा गर्दै शशांकले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्नुपर्ने बताए। उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने पनि बताए। महामन्त्री डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell