PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • तनहुँमा श्रीमतीले श्रीमान बोकेर दौडिने प्रतियोगिता हुँदै

    तनहुँमा श्रीमतीले श्रीमान बोकेर दौडिने प्रतियोगिता हुँदै

    तनहुँ: नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ। एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो। देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ। उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए। गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना…

    विस्तृतमा पढ्नुस्

  • वनमन्त्रीकै अगाडि ओलीले भने, 'सालका रूख सोत्तर गर्ने काम ठीक होइन'

    वनमन्त्रीकै अगाडि ओलीले भने, 'सालका रूख सोत्तर गर्ने काम ठीक होइन'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताए। परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सौर्य प्लान्टबाट केन्द्रीय प्रसारणमा जोडियो १० मेगावाट विद्युत्

    सौर्य प्लान्टबाट केन्द्रीय प्रसारणमा जोडियो १० मेगावाट विद्युत्

    त्रिशूली : नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ। परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए। आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • नीलगाईको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु

    नीलगाईको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु

    चितवन : माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा माडी-६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक बनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २:४० बजे नीलगाईले आक्रमण गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • वि.सं २०७८ सालमा तीन वटा दशैं : असोज २९ मा बडादशैं, भाइटीका कात्तिक २० गते

    वि.सं २०७८ सालमा तीन वटा दशैं : असोज २९ मा बडादशैं, भाइटीका कात्तिक २० गते

    काठमाडौं: विसं २०७८ मा तीन दशैं परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ। वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • जाडोयाम सकिएसँगै शुरु भयो प्रि–मनसुन, चट्याङ र हावाहुरीको सम्भावना

    जाडोयाम सकिएसँगै शुरु भयो प्रि–मनसुन, चट्याङ र हावाहुरीको सम्भावना

    काठमाडौं: आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ। यो समयमा अपराह्न तथा साँझतिर मेघ गर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • एक डोज लगाए पुग्ने जोन्सनको खोपलाई अनुमति, कोरोनाको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी

    एक डोज लगाए पुग्ने जोन्सनको खोपलाई अनुमति, कोरोनाको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी

    वासिङ्टन : कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताए। अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ। राष्ट्रपति बाइडेनले जारी गरेको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन, मर्नेको संख्या ३३९ पुग्यो

    कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन, मर्नेको संख्या ३३९ पुग्यो

    काठमाडौं: कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो। योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • फेवातालको तोकियो चार किल्ला: नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    फेवातालको तोकियो चार किल्ला: नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    कास्की : पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ। सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो। समितिले तालको क्षेत्रफल यकीन गरी सङ्घीय सरकारलाई सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले आफ्नो चुनावी क्षेत्रमा गरे चार पुलको उद्घाटन

    प्रम ओलीले आफ्नो चुनावी क्षेत्रमा गरे चार पुलको उद्घाटन

    दमक : झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ। ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे। उनले आज नै कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुलको उद्घाटन गरे। त्यसपछि उनले आफ्नो गृहनगर दमक –१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन गरे।…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्ता पक्राउ

    विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्ता पक्राउ

    सप्तरी : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले शनिवार पक्राउ गरेको छ। आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका-३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • सिद्धकाली माध्यमिक विद्यालयमा आगलागी हुँदा एक करोड बढीको क्षति

    सिद्धकाली माध्यमिक विद्यालयमा आगलागी हुँदा एक करोड बढीको क्षति

    तेह्रथुम : फेदाप गाउँपालिका-२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ। आगलागीबाट एक करोड रुपैयाँ बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ। विद्यालयको प्रशासनिक भवनमा बिहान करिब ३ बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ…

    विस्तृतमा पढ्नुस्

  • किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ, पितालाई समेत मुद्दा

    किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ, पितालाई समेत मुद्दा

    पर्सा : किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उमेरभन्दा कम…

    विस्तृतमा पढ्नुस्

  • नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब प्राप्त गर्ने

    नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब प्राप्त गर्ने

    काठमाडौं : नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (९४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ। वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्नेछ। सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन…

    विस्तृतमा पढ्नुस्

  • नशालु फ्रुटी खान दिएर बेहोस बनाई बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

    नशालु फ्रुटी खान दिएर बेहोस बनाई बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

    सप्तरी : तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले आज आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला सामान्य चिनजानका…

    विस्तृतमा पढ्नुस्

  • चार लाख २९ हजारले लगाए कोभिड-१९ विरुद्धको खोप

    चार लाख २९ हजारले लगाए कोभिड-१९ विरुद्धको खोप

    काठमाडौं : सरकारले सञ्चालन गरेको पहिलो चरणको कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत करिब चार लाख ३० हजार जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए। सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छालासहित तीन जना पक्राउ

    चितुवाको छालासहित तीन जना पक्राउ

    नेपालगञ्ज : बाँकेको कसुमबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका-३ का जीतबहादुर डिसी, कुमाख गाउँपालिका-७ का कमल डिसी र हिमेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अवैधरुपमा ओसारपोसार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेको…

    विस्तृतमा पढ्नुस्

  • विदेशी पर्यटकलाई क्वारेन्टाइनको प्रावधान हटाउन सरकारसमक्ष व्यवसायीको माग

    विदेशी पर्यटकलाई क्वारेन्टाइनको प्रावधान हटाउन सरकारसमक्ष व्यवसायीको माग

    काठमाडौं : कोभिड-१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका छन्। पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यवसायलाई उठाउन विभिन्न १० बुँदे…

    विस्तृतमा पढ्नुस्

  • गलकोटका तीन सामुदायिक बनमा आगलागी, आगो बस्तीतिर आउने खतराले स्थानीयवासी चिन्तित

    गलकोटका तीन सामुदायिक बनमा आगलागी, आगो बस्तीतिर आउने खतराले स्थानीयवासी चिन्तित

    बलेवा : बागलुङको गलकोटका तीन सामुदायिक बनमा आगलागी भएको छ। आज दिउँसोदेखि तीनवटै सामुदायिक बनमा आगलागी भएको हो। आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन्। गलकोट नगरपालिका-५ र ७ का तीन सामुदायिक बनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताए। भैंसे दान्सिङडाँडा सामुदायिक बन गलकोट नगरपालिका-५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक बनसम्म फैलिएको छ। आगलागीका कारण…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद रानाभाटको निधन, भोलि देवघाटमा अन्त्यष्टि    

    पूर्व सांसद रानाभाटको निधन, भोलि देवघाटमा अन्त्यष्टि    

    चितवन : पूर्व सांसद एकनाथ रानाभाटको आज निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो। उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो। रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। कांग्रेस रत्ननगरका सभापति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell