PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • खुल्यो झुलाघाट नाका, १० महिनापछि वारपार सहज

    खुल्यो झुलाघाट नाका, १० महिनापछि वारपार सहज

    बैतडी : भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो। नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए। सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३३ जनामा देखियो सामान्य ‘साइड-इफेक्ट’

    डोटीमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३३ जनामा देखियो सामान्य ‘साइड-इफेक्ट’

    डोटी : डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८७७ मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ-आफ्नो नियमित काममा…

    विस्तृतमा पढ्नुस्

  • बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

    बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

    धनुषा : ढल्केवर-जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ। ढल्केवर-जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

    अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

    सर्लाही : सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले बुधवार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको जानकारी दिए। उनका अनुसार सर्लाही प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • सीमानाका बन्द हुँदा चोरबाटोको प्रयोग गर्न बाध्य तराईका स्थानीय

    सीमानाका बन्द हुँदा चोरबाटोको प्रयोग गर्न बाध्य तराईका स्थानीय

    सर्लाही : भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन्। कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सीमानाका बन्द गरिएको थियो। सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • टिपरले दियो ठक्कर, मोटरसाइकलमा रहेका दुवैको गयो ज्यान

    टिपरले दियो ठक्कर, मोटरसाइकलमा रहेका दुवैको गयो ज्यान

    जलेश्वर : महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बलात्कार गरी रामेछाप पुगेका व्यक्ति पक्राउ

    भक्तपुरमा बलात्कार गरी रामेछाप पुगेका व्यक्ति पक्राउ

    भक्तपुर : एक महिलाको कोठामा गएर बलात्कार गरी फरार रहेका रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा डेरा गरी बस्ने बोहोरालाई प्रहरीले अदालतको आदेश लिई रामेछाप प्रहरीसँगको समन्वयमा मन्थलीस्थित घरबाटै पक्राउ गरी भक्तपुर ल्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। भरतले यही माघ २ गते ३३…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

    बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

    गलकोट : बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ। विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका-१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका-१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्डमा राख्ने प्रक्रिया थालिएको हो। पुल यही माघ ३…

    विस्तृतमा पढ्नुस्

  • बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

    बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

    लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आइरहेको ज ८ प ८४६४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५२४८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका-१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम : मन्त्री ज्ञवाली

    गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम : मन्त्री ज्ञवाली

    गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन्। उनले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताए। नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले…

    विस्तृतमा पढ्नुस्

  • लमहीको अजम्मरी सामुदायिक बनमा मृतावस्थामा भेटियो चितुवा

    लमहीको अजम्मरी सामुदायिक बनमा मृतावस्थामा भेटियो चितुवा

    तुलसीपुर : दाङको लमहीस्थित अजम्मरी सामुदायिक बनमा मृतावस्थामा चितुवा फेला परेको छ। चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरण चौधरीले आज जानकारी दिए। उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि बन कार्यालयलाई खबर गरेका थिए। चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ। जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ। चितुवालाई…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्ता : १० मेट्रिकटन फोहर व्यवस्थापन

    वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्ता : १० मेट्रिकटन फोहर व्यवस्थापन

    काठमाडौं : माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन्। मा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो। सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए। सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सप्तरी : सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी मोटरसाइकलको बीचमा सवार थिए। मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका-८…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : राजेन्द्र महतो

    लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : राजेन्द्र महतो

    राजविराज : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन्। सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे। उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेसको हित…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

    कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ। मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

    प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

    काठमाडौं : काठमाडौंमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय बस्तीमा पसेर हात्तीले भत्कायो दुई दर्जन घर

    स्थानीय बस्तीमा पसेर हात्तीले भत्कायो दुई दर्जन घर

    सिरहा : सिरहाको गर्जना नगरपालिका-२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन्। विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिए। सो क्षेत्रमा दिनहुँ तीन/चार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन्। हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १० घर भत्काएको र घरभित्रका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सप्तरी : सप्तरीको खडक नगरपालिका-११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइकल आज दुर्घटना हुँदा खडक-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए। दुवै शव परीक्षणका…

    विस्तृतमा पढ्नुस्

  • बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना

    बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना

    सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन्। सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको हो। सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन्। बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ। यस्तै होटल विजयबाट सोमवार बिहान जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका…

    विस्तृतमा पढ्नुस्

  • नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता

    नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका-४ तामाघाटमा रहेको मसला बाली विकास केन्द्रको स्वामित्वको सात रोपनी जमीनमा नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको पाइएको छ। कृषि बजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell