भीष्मराज ओझा- काठमाडौं : नेपालमा गत पुस १८ देखि यही माघ ५ गते (जनवरी २ देखि १८) सम्म गरिएको जलपक्षी गणनाको प्रारम्भिक तथ्यांकअनुसार यस वर्ष जल पक्षीहरुको संख्या कम देखिएको छ। सिमसार क्षेत्रका सूचकका रुपमा हेरिने जलपक्षीहरुका प्रजाति र संख्यामा गिरावट आउनु चिन्ताको विषय भएकाले बेलैमा संरक्षणका कदम चाल्नुपर्ने विज्ञहरुको सुझाव छ। सन् २०२१ को गणनामा कोशी नदीमा ६२…
चितवन : भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ। अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गरे। सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको…
काठमाडौं : नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमवार राति निधन भएको छ। दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमवार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो। पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गरेकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ। त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित…
महोत्तरी : महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ। पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो। गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन। जताततै हुस्सुले डम्म ढाकेको छ। बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका…
मुग्लिन : गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण ९ महिना बन्द भई गत मंसिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थीको संख्या बढ्दै गएको हो। हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए। उनका…
कास्की : पोखरा-बाग्लङ राजमार्गमा शनिवार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए। प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा…
काठमाडौं : भन्सार छली ल्याइएका अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ। भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो। बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।…
पोखरा : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो। ‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतिसँगै यस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्नका साथै हाइकिङ ट्रेलको प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना…
काठमाडौं : प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई आज बिहान पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको लागुऔषधसहित गहतराजलाई पक्राउ गरिएको जानकारी दिए।…
खोटाङ : जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन्। मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए। बेलुकी खाना खाएर सञ्चै सुतेका…
जलेश्वर : नेपाल भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-१७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। मण्डल आज बिहान करिब ११ बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी…
खोटाङ : भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ। निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधवारदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए। गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन्। विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनीक कार्य सञ्चालन गराउन…
गोरखा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ। काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकोप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो। ‘कैलाश एयरको हेलिकोप्टर मध्याह्न करीब १२:४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने, ‘कांग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ।’ आकस्मिक अवतरण गरिएको हेलिकोप्टर…
काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–१० भैंसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ। यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ। बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए। ‘भैंसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका…
लहान : स्रोत नखुलेको नौ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका-१ कचनारीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सी निवासी ४० वर्षीय मोहमद सगीर मियाँ र २४ वर्षीय मेहदी मन्सुर रहेको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली नौ लाख ३९ हजार…
बलेवा : बागलुङको ढोरपाटन नगरपालिका-४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पुनलाई आज अपराह्न ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए। विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत…
सल्यान : सल्यानमा आज बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ। ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका-६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको…
सुरुङ्गा : पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले आज राष्ट्रिय भक्का दिवस मनाएका छन्। जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा झापाको बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइएको हो। कोचिला गाभुर फ्रन्टको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो। फ्रन्टले कोच लोक सांस्कृतिकसहित हरेक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस मनाउने गरेको कोचिला गाभुर…
काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा बहस गर्ने विषयमा आज इजलासमा छलफल भएको थियो।सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डा चन्द्रकान्त ज्ञवाली,…
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन्। संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताए। मन्त्री ढकालले भने, ‘निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य…