PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • गैँडाको खागसहित एक जना पक्राउ

    गैँडाको खागसहित एक जना पक्राउ

    कैलाली : कैलालीमा खैरो रङको गैँडाको खागसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। बर्दगोरिया गाउँपालिका-४ स्थित छतिवना सामुदायिक बन नजिक पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका-५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। कठरियालाई ना ३ स ५७१८ नम्बरको अटोरिक्सा जाँचका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • अवैध सालको काठसहित दुई जना पक्राउ

    अवैध सालको काठसहित दुई जना पक्राउ

    देउखुरी : दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान (३१.४९ क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा राप्ती-९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन बन कार्यालय देउखुरी दाङका सूचना अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीमा ३७ हजारको स्वाब परीक्षण गरेकी डाक्टर नितु अहिले आफैं संक्रमित

    कोरोना महामारीमा ३७ हजारको स्वाब परीक्षण गरेकी डाक्टर नितु अहिले आफैं संक्रमित

    चितवन: सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैं सङ्क्रमित भएकी छन्। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन्। उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसिरहेकी छन्। उनीसँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन्। अधिकारीले भनिन्, ‘निकै गाह्रो हुँदो रहेछ।’ उनले टाउको,…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर, किसान भने खुशी

    हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर, किसान भने खुशी

    सिमकोट : हुम्लामा आज अपराह्न साढे १ बजेदेखि निरन्तर हिमपात भइरहेको छ। शनिवार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ। यो वर्ष जिल्लामा पहिलो पटक मंसिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ। जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ। हिमपातपछि तापक्रम माइनसममा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

    कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो। संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल संख्या (२० देशमा) ३१५ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार…

    विस्तृतमा पढ्नुस्

  • वागमतीमा लाइसेन्सको परीक्षा खुला, गुर्जुधाराको भेहिकल एकेडेमीले स्वास्थ्य प्रोटोकलसहित लियो ट्रायल

    वागमतीमा लाइसेन्सको परीक्षा खुला, गुर्जुधाराको भेहिकल एकेडेमीले स्वास्थ्य प्रोटोकलसहित लियो ट्रायल

    काठमाडौं: वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ। चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको हो। यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ। एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना

    काठमाडौं: पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ। हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही…

    विस्तृतमा पढ्नुस्

  • स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

    स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी : बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका-३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो २ बजेतिर सो…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

    बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

    गाईघाट : उदयपुरको बेलका नगरपालिका-३ मा छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन्। इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ पर्नेमा बेलका-३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन्। बालिका बलात्कार गरेको जाहेरी शुक्रवार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए। पीडित बालिकाको शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • १८ किलो अफिमसहित तीन जना पक्राउ

    १८ किलो अफिमसहित तीन जना पक्राउ

    रुकुमपूर्व : १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। १८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा भूमे गाउँपालिका-३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका-४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे-३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन…

    विस्तृतमा पढ्नुस्

  • सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा शुरु

    सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा शुरु

    मकवानपुर : वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ। वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरेको हो। काठमाडौं उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • पाइपलाइनबाट इन्धन ढुवानी गर्दा नेपाल आयल निगमको साढे एक अर्ब बचत

    पाइपलाइनबाट इन्धन ढुवानी गर्दा नेपाल आयल निगमको साढे एक अर्ब बचत

    काठमाडौं : नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब रुपैयाँ बचत गरेको छ। निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो। उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख रुपैयाँ बचत हुँदै…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमा कोभिड १९ संक्रमणबाट नेपाली युवकको मृत्यु

    पोर्चुगलमा कोभिड १९ संक्रमणबाट नेपाली युवकको मृत्यु

    पोर्चुगल: कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए। तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ। कोभिडको कारण ज्यान गुमाउने उनी छैठौं व्यक्ति भएको…

    विस्तृतमा पढ्नुस्

  • चोरी र लागुऔषध मुद्दामा फरार दुई प्रतिवादी पक्राउ, अवैध काठ बोक्ने अटोरिक्सा चालक पनि समातिए

    चोरी र लागुऔषध मुद्दामा फरार दुई प्रतिवादी पक्राउ, अवैध काठ बोक्ने अटोरिक्सा चालक पनि समातिए

    कञ्चनपुर : अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला, खाग र खुर सुरक्षित

    चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला, खाग र खुर सुरक्षित

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ। निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ। गैँडाको खाग र खुर सुरक्षित रहेको छ। मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी…

    विस्तृतमा पढ्नुस्

  • ब्राउन सुगरको कारोबारमा सासु-बुहारी नै समातिए

    ब्राउन सुगरको कारोबारमा सासु-बुहारी नै समातिए

    कर्णालीः जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो। मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। “विशेष सूचनाका आधारमा बुहारी शान्तिको…

    विस्तृतमा पढ्नुस्

  • आमालाई जबर्जस्ती करणी गर्ने छोरालाई जन्मकैद

    आमालाई जबर्जस्ती करणी गर्ने छोरालाई जन्मकैद

    दमौली : आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो। ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कोशी गाउँपालिकामा हात्तीको आक्रमणबाट पुनः एक जनाको मृत्यु

    कोशी गाउँपालिकामा हात्तीको आक्रमणबाट पुनः एक जनाको मृत्यु

    इनरुवा : सुनसरीको कोशी गाउँपालिका-४ मा पुनः हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोमवार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी-५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए। दैनिकरुपमा आरक्षबाट निस्किने जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयवासीले कटानमा चक्काजामसमेत गरेका छन्। केही दिन अगाडि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका-६ का प्रमोदकुमार यादवलाई…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ र सैन्य प्रशिक्षण दस्तावेज बरामद

    विप्लवका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ र सैन्य प्रशिक्षण दस्तावेज बरामद

    किमाथाङ्का: सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ। प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो। चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो। प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४…

    विस्तृतमा पढ्नुस्

  • पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको ‘अम्रेला स्ट्रिट’, छाता मुनि तस्बिर लिने र टिकटक बनाउनेको भिड

    पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको ‘अम्रेला स्ट्रिट’, छाता मुनि तस्बिर लिने र टिकटक बनाउनेको भिड

    चितवन : जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ। सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा गत वर्ष एक करोड ८६ लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell