PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

    सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

    बनियानी : नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। उनीहरुले साविक जुरोपानी–८, हाल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

    राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना

    काठमाडौं : नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ। सो दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वीनारायण शाह’सम्बन्धी भावमा कविता लेख्न सक्नेछन्। त्यस्ता कविता…

    विस्तृतमा पढ्नुस्

  • बोक्सीको आरोपमा आफ्नै सासू आमालाई कुटपिट गरी हत्या गर्ने बुहारी पक्राउ

    बोक्सीको आरोपमा आफ्नै सासू आमालाई कुटपिट गरी हत्या गर्ने बुहारी पक्राउ

    लहान : बोक्सीको आरोपमा आफ्नै सासू आमालाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका-३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक कूटनीतिलाई बढावा दिन्छु : डा खतिवडा

    आर्थिक कूटनीतिलाई बढावा दिन्छु : डा खतिवडा

    काठमाडौं : नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्दै निजी तथा बहुपक्षीय लगानी जुटाउने विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताएका छन्। अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसङ्घसँगले आइतवार आयोजना गरेको अन्तरक्रियामा पूर्व अर्थमन्त्रीसमेत रहेका डा खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए। अमेरिकाले केही…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता वितरणमा त्रुटि : झापामा इलाका प्रशासन प्रमुख नियन्त्रणमा

    नागरिकता वितरणमा त्रुटि : झापामा इलाका प्रशासन प्रमुख नियन्त्रणमा

    झापा : नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उ नलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो। ‘हामीले जिप्रकाको आदेशलाई मानेका हौं,’ प्रहरी प्रवक्ता राकेश थापाले भg], ‘खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ। उहाँहरुको आन्तरिक मामिला हो, छानबिन…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनदेखि पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी,नियन्त्रणको लागि आज सुरक्षाकर्मी पठाइयो

    तीन दिनदेखि पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी,नियन्त्रणको लागि आज सुरक्षाकर्मी पठाइयो

    ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा आगलागी भएको छ। तीनदिन देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको हो। आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए। यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो…

    विस्तृतमा पढ्नुस्

  • ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चितवन : पूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ विद्युत् चोकमा ट्रिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन्। नारायणगढबाट लोथरतर्फ गइरहेको ना ६ ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा ४१ प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भ्रष्टाचारका उजुरी बढ्दो : २७ स्ट्रिङ अपरेसन, साढे ४० लाख नगदसहित ४४ जना थलोमै पक्राउ

    सुदूरपश्चिममा भ्रष्टाचारका उजुरी बढ्दो : २७ स्ट्रिङ अपरेसन, साढे ४० लाख नगदसहित ४४ जना थलोमै पक्राउ

    महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजुरी बढिरहेका छन्। पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन्। आयोगको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले दर्ता गर्न आउने अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जानकारी दिए। जनप्रतिनिधि तहमा आफू अनुकूल हुने…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् विदेशमा, श्रीमती परपुरुषसँग गएपछि...

    श्रीमान् विदेशमा, श्रीमती परपुरुषसँग गएपछि...

    तनहुँ: जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन्। पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार, दुई जना पक्राउ

    भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार, दुई जना पक्राउ

    कञ्चनपुर: भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ। बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो। उद्धार गरिएका दुवै जनालाई आवश्यक अनुसन्धानका…

    विस्तृतमा पढ्नुस्

  • कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

    कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

    काठमाडौं: दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो। कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्। सन् २०२१ मा तोकिएको ५२…

    विस्तृतमा पढ्नुस्

  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    पाँचथर: हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो। टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। गएको मध्यरात करिब १ बजे घटना…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी-बैंकक सिधा हवाई सम्पर्कमा नेपाल चेम्बर अफ कमर्सको जोड

    पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी-बैंकक सिधा हवाई सम्पर्कमा नेपाल चेम्बर अफ कमर्सको जोड

    काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यमा जोड दिएको छ। थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ। नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा चेम्बरले आज आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लुम्बिनी-बैंकक सिधा…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी करिडोरमा पर्ने सेती भिरबाट ट्रक खस्दा तीन जनाको मृत्यु

    कालीगण्डकी करिडोरमा पर्ने सेती भिरबाट ट्रक खस्दा तीन जनाको मृत्यु

    नवलपुर : कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट बुधवार बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

    आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

    खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ। पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो। करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी…

    विस्तृतमा पढ्नुस्

  • संसद् विघटन संविधान सम्मत छैन : प्रकाशमान सिंह

    संसद् विघटन संविधान सम्मत छैन : प्रकाशमान सिंह

    भक्तपुर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको दावी गरेका छन्। कटुञ्जे घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत समितिद्वारा आयोजित शालिक अनावरण तथा सम्मान कार्यक्रममा उनले संविधानले व्यवस्था गरेको प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने विशेषाधिकार नभएको जिकीर गरे। नेता सिंहले बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद् विघटन हुन नसक्ने तर्क गरे। ‘प्रधानमन्त्रीको पक्षमा बहुमत…

    विस्तृतमा पढ्नुस्

  • हनुमानढोकाका २७ सम्पदाको पुनर्निर्माण सकियो, ११ वटाको जारी

    हनुमानढोकाका २७ सम्पदाको पुनर्निर्माण सकियो, ११ वटाको जारी

    काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १२ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। ‘हाल बनिरहेका सम्पदाको काम नसकी काम गर्नु नहुने…

    विस्तृतमा पढ्नुस्

  • ओलीको पक्षमा बिजुक्छे, 'प्रधानमन्त्रीले ‘कु’ गरेका होइनन्, बरु असफल चाहिँ पारेका हुन्'

    ओलीको पक्षमा बिजुक्छे, 'प्रधानमन्त्रीले ‘कु’ गरेका होइनन्, बरु असफल चाहिँ पारेका हुन्'

    भक्तपुर: नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिए। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै उनले भने: 'प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को…

    विस्तृतमा पढ्नुस्

  • मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी

    मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी

    सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ। विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ। हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ। यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला) छुट्याएको छैन भने रासनसमेत बढाएको छैन। जिल्लामा आएकै रासन…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मविरुद्ध अदालतमा मुद्दा दायर

    उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मविरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौं: नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ। नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो। अदालतमा मुद्दा दायर हुनेमा गोरखकाली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell