काठमाडौं: संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस गरेको छ। परिषद्को गत मङ्सिर ३० र आजको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी…
कैलाली : कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीबाट संयुक्त रुपमा खटीएको टोलीले टीकापुर नगरपालिका-८ खक्रौलाबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका जसपाल सिंहलाई २० ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। सिंहका साथबाट लागुऔषध नापतौल गर्ने डिजिटल तराजु एक थानसमेत बरामद गरी लागुऔषध…
बैतडी : ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका-९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो। मेलौली नगरपालिका-९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर आज दुर्घटनामा परेको…
दोलखा : नियमितिरूपमा जाँच गरी स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले आठ हजार ८०० रुपैयाँ दिने गरेको छ। आर्थिक वर्ष २०७७/०७८ को शुरुदेखि नै गाउँँपालिकाले संघीय सरकारले प्रदान गर्ने तीन हजार ८०० मा पाँच हजार रुपैयाँ थप गरेर सो रकम दिने गरेको हो। सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै…
विमलबहादुर विष्ट- डोटी : भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन्। भारतबाट फर्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका हुन्। यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ। दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा…
मार्तडी : बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ। विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए। आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको नाथको भनाइ छ।
वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ गीत सार्वजनिक भएको छ। प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो। उक्त म्युजिक भिडियोमा स्वयं महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ। नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको…
बलेवा : कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ। शवको पहिचान र परीक्षणको काम भइरहेको…
लहान: केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा ४ जनाको मृत्यु भएको छ। चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गत मङ्सिर २२ देखि…
गाईघाट: उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन्। गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि…
गाईघाट: उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद…
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ। प्राधिकरणका अनुसार शुक्रवार बिहान तीन घण्टा र शनिवार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ। बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ। त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार,…
काठमाडौं : लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई बिहीवार जेल चलान गरिएको छ। उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौं महानगरपालिका-१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई बिहीवार कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। ब्यूरोको टोलीले बुधवार पक्राउ गरी फैसला कार्यान्वयनका लागि…
बैतडी : बैतडी बिहीवार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए। सु-प-प्र ०१-००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो। सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको…
कनकाई : झापाको कनकाईमा रहेको बिपी बन बाटिकाका विषयमा जनप्रतिनिधिलाई जोडेर स्थानीय एक बन हेरालुले ज्यान मार्ने धम्की दिएका छन्। कनकाई-५ मा रहेको बन बाटिकाका विषयमा आएको समस्या स्थानीय राजनीतिक दलसहित सरोकारवालासँगको सर्वपक्षीय भेलाबाट तीन वर्षअघि नै समाधान भएको थियो। पछिल्लो समयका बन हेरालु स्थानीय ज्ञानेन्द्र भट्टराईले बाटिका समिति र वडाका जनप्रतिनिधिले आफूलाई विस्थापित गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत ज्यान…
रसुवा : लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ। गत साउनदेखि मंसिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबालीमा नोक्सान पुर्याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो। लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको…
काठमाडौं : नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले टोखा नगरपालिका-२ चण्डेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको आखेटोपहार र सुनगोहोरो अवैधरुपमा…
खोटाङ : ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा बुधवार सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ। सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी जाँदै गरेको सु-प-प्र-०१-००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताए। सिम्पानी-रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत…
काठमाडौं : काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधवार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मङ्गलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ। यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव…
चितवन : चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ। निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, सन्तकुमार दरै, ६० वर्षीय बुद्धिबहादुर दरै, २८…