काठमाडौँ : नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको छ। बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटपिट गरी जघन्य हत्या गरिएको…
चितवन : चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत साउनदेखि हालसम्म भएका १५८ दुर्घटनामा ४० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३३ पुरुष, तीन महिला, एक बालक र तीन बालिका रहेका छन्। एक सय २३ गम्भीर घाइते र १४० जना सामान्य घाइते भएका छन्। दुर्घटनामा १८३…
रत्ननगर : नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको बन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले शुक्रवार शुभारम्भ गरे। विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्नेछ। बर्दिया राष्ट्रिय निकुञ्जलगायत देशका अन्य भागमा…
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले शनिवार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो। सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ। प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा…
बझाङ : गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ। साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन्। धार्मिक रुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्ने अन्धविश्वास छ। स्थानीय उजली बोहोराले भनिन्, ‘छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र…
काठमाडौं: एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ। पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ। कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए। विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा…
रसुवा : लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ। हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो। समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु गाउँबस्ती आसपासका जङ्गलमा बासस्थान लिन थालेको र यही समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा विशेष गस्ती गर्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ। रसुवा, नुवाकोट…
हुम्ला : गुणस्तरीय सेवा नदिएको जनाउँदै हुम्लास्थित नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी गरिएको छ। महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरबाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन्। जिल्लाका युवा संघ र नागरिक समाज मिलेर तालाबन्दी गरेको संघका अध्यक्ष सुवास रोकायाले जानकारी दिए। जिल्लामा महिनौँ दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए। टेलिकमले…
लमजुङ : हत्यामा संलग्नता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। लमजुङको दोर्दी गाउँपालिका-६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट बुधवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए। उनका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस…
राजविराज : प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई बुधवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडा नम्बर ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका-५ जाँजरबाट दुवै जना युवकलाई पक्राउ गरेको हो। स ३ प ३६६१ नम्बरको मोटरसाइकलमा…
लहान : अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका-३ भगवानपुर गाउँ नजिकबाट बुधवार एक जनाको चार लाख रुपैयाँ लुटेर लगेको छ। लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका-२३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेका हुन्। ‘रकम झिकेर साइकलमा घर फर्किदै थिएँ’, उनले भने, ‘लहान-ठाडी सडकअन्तर्गत…
काठमाडौं : विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीवारदेखि खुल्ने भएको छ। नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीवारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ। चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद…
हेटौँडा : वाग्मती प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन (विद्युत् पुनःभरण केन्द्र) निर्माण गर्न यहाँका आठ स्थानीय तहले जग्गा उपलब्ध गराउन इच्छा देखाएका छन्। सरकारले स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी आशयपत्र प्रस्तुत गर्न प्रदेशका ११९ वटै स्थानीय तहलाई आह्वान गरेर सूचना प्रकाशित गरेको थियो। सरकारको आह्वानपछि चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, धादिङको गल्छी…
काठमाडौं : भारतले बासमती धानको भौगोलिक संकेत अधिकार स्थापित गर्न युरोपेली संघमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ। कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी…
उदयपुर: नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको बताएका छन्। बुधवार बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा नेता वैद्यले जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले निराशा…
पोखरा : सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले बुधवारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ। कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मंसिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। जनकपुर, पर्सा, वीरगंज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा…
काठमाडौं : सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो। मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो। मन्त्रालयले सरकारी शिक्षण संस्थामा…
त्रिशूली : स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्। बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे…
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति लिएर राखिएका हतियारमध्ये १४९ थानको नवीकरण नभएको जनाएको छ। यहाँ व्यक्ति र संस्था गरेर १७३ जनाले १९९ वटा हतियार अनुमति लिएर राखेका थिए। तीमध्ये ३१ संस्था वा व्यक्तिले ४६ थानको मात्र नवीकरण गरेको कार्यालयका खरिदार रुपेश ज्ञावलीले जानकारी दिए। उनका अनुसार जिल्लामा अनुमति लिएर राखिएका हतियारमध्ये एउटाको ठाउँसारी र तीन वटाको लागत कट्टा…
तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि मंगलवार पक्राउ गरेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका-११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात् ठकुरी फरार रहेका थिए। तनहुँ जिल्ला अदालतले ठकुरीलाई २०७२ साउन २८ गते सर्वश्वसहित…