PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    धनुषा : धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पूर्व-पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिका सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो। गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजार सडकखण्डमा बसको ठक्करबाट धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ३७ वर्षीय विवेक बस्नेतको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी मोटरेवल पुल निर्माण गरी फक्तताङलुङका गाउँ-गाउँमा यातायात सेवा पुर्‍याइँदै

    अस्थायी मोटरेवल पुल निर्माण गरी फक्तताङलुङका गाउँ-गाउँमा यातायात सेवा पुर्‍याइँदै

    फुङ्लिङ : ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुर्‍याएको छ। गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निर्माण गरी गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुर्‍याएको हो। फक्तताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ। गाउँपालिकाको वडा नम्बर १ सावादिन, वडा नम्बर २ खेजेनिम, वडा नम्बर ४ ईखाबु र वडा नम्बर ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ। त्यस्तै वडा…

    विस्तृतमा पढ्नुस्

  • रुखबाट लडेर प्युठानमा एक जनाको मृत्यु

    रुखबाट लडेर प्युठानमा एक जनाको मृत्यु

    झिमरुक : प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका-१० बडहराका ३७ वर्षीय राजु केएमको सोमवार मृत्यु भएको हो। घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल-भारत सहमत

    पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल-भारत सहमत

    काठमाडौं : नेपाल-भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन्। नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। नेपाल-भारतबीच पारवहन र अनाधिकृृत व्यापार नियन्त्रणका लागि बनेको नेपाल र भारतका सचिवस्तरीय अन्तर…

    विस्तृतमा पढ्नुस्

  • हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने आठबीसकोट नगरपालिकाको निर्णय

    हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने आठबीसकोट नगरपालिकाको निर्णय

    जाजरकोट : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले यहाँका सबै विद्यालय हप्ताका सातै दिन सञ्चालन गर्ने निर्णय गरेको हो। यहाँका विद्यालयमा शुक्रवार पूरै दिन पढाइ र शनिवार अतिरिक्त क्रियाकलाप शुरु गरिने नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए। नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • घरबाट सुन्तला बेच्न सुपा देउराली गएका युवक मृतावस्थामा फेला

    घरबाट सुन्तला बेच्न सुपा देउराली गएका युवक मृतावस्थामा फेला

    अर्घाखाँची : अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा सोमवार एक युवक मृतावस्थामा फेला परेका छन्। पाणिनी गाउँपालिका-७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ। घरबाट सुन्तला बेच्न आइतवार सुपा देउरालीमा गएका उनी सोमवार दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा, आफ्नै भवन बनाउन अपुग

    बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा, आफ्नै भवन बनाउन अपुग

    चितवन : नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे। बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो। भरतपुर अस्पतालको जग्गा थोरै भने होइन। अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ। बाँड्दाबाँड्दै जग्गा अभाव…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षपछि नेपाल वायुसेवा निगमको हुम्ला उडान पुनः सञ्चालनमा

    एक वर्षपछि नेपाल वायुसेवा निगमको हुम्ला उडान पुनः सञ्चालनमा

    सिमकोट : नेपाल वायुसेवा निगमको हुम्ला उडान सोमवारदेखि पुनः सञ्चालनमा आएको छ। कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि सोमवारदेखि उडान शुरु गरेको हो। नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए। दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा विद्युतीय बस सञ्चालनका लागि मार्ग तयार

    वाग्मती प्रदेशमा विद्युतीय बस सञ्चालनका लागि मार्ग तयार

    मकवानपुर : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ। मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौं उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ। यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ७ वर्षपछि इयूको कालोसूचीबाट हट्दै

    नेपाल ७ वर्षपछि इयूको कालोसूचीबाट हट्दै

    काठमाडौं : हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ। उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो। अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसका नाममा थप शुल्क लिने अस्पताललाई कारवाही गरिने

    कोरोना भाइरसका नाममा थप शुल्क लिने अस्पताललाई कारवाही गरिने

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएको जनाए। उनले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत बताए। 'कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप गर्ने सरकारको निर्णय

    पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप गर्ने सरकारको निर्णय

    काठमाडौं : नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ। मन्त्रिपरिषद्को यही मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ। थपिएको एक वर्षमध्ये २०७८ असार…

    विस्तृतमा पढ्नुस्

  • विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

    विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

    निरा गौतम- रुपन्देही : लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन्। पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स-रे) गराइन्। भ्रुणमा छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन्। गर्भको शिशु छोरी रहेको थाहा पाएपछि उनी अर्कोपटक पनि गर्भपतन गराउन विवश भइन्। किनकी उनका श्रीमान् र परिवारलाई छोरी चाहिएको थिएन। जसरी…

    विस्तृतमा पढ्नुस्

  • सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै खेतीयोग्य जमिन

    सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै खेतीयोग्य जमिन

    पाल्पा : खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ। बगनासकाली गाउँपालिका-६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको हो। कालीगण्डकी कोरिडोरको गौँडाकोट, मुक्तिनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन्। सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको गुनासो छ। पहिलो बीस धाराबाट जमिन सिँचाइ…

    विस्तृतमा पढ्नुस्

  • तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

    तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

    तारकेश्वर : तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए। कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ। विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा कोरोना संक्रमितको मृत्यु, कर्णालीमा मृत्यु हुनेको संख्या २० पुग्यो

    सुर्खेतमा कोरोना संक्रमितको मृत्यु, कर्णालीमा मृत्यु हुनेको संख्या २० पुग्यो

    कर्णाली: सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए। एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो। अस्पताल भर्ना हुँदा उनमा…

    विस्तृतमा पढ्नुस्

  • ९२ प्रतिशत निर्माण भएको गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्काउन पर्यटनमन्त्रीको निर्देशन

    ९२ प्रतिशत निर्माण भएको गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्काउन पर्यटनमन्त्रीको निर्देशन

    सिद्धार्थनगर : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्। शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, ‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु। आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ।” उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहणको थालियो पूर्व तयारी

    सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहणको थालियो पूर्व तयारी

    सुर्खेत : सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्व तयारी थालिएको छ। विमानस्थल विस्तारमा जग्गा अधिग्रहणको समस्या जटिल रहेकाले सरोकारवालाले सर्वपक्षीय छलफल शुरु गरेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने बताए। यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ। प्रदेश सरकार र…

    विस्तृतमा पढ्नुस्

  • २० प्रतिशत नेपालीलाई पहिलो चरणमा कोभिड १९ विरुद्धको खोप, को को पर्छन् प्राथमिकतामा?

    २० प्रतिशत नेपालीलाई पहिलो चरणमा कोभिड १९ विरुद्धको खोप, को को पर्छन् प्राथमिकतामा?

    काठमाडौं : सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्र अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • सवारीसाधनमा भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसे कारबाही

    सवारीसाधनमा भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसे कारबाही

    बागलुङ : सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ। तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारबाही गरिने समितिले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ। समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell