पशुपतिनगर : नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ। सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो। २३ करोड रुपैयाँ लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्दै देशभर उत्पादन हुने…
सउल : कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ। त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ। कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया…
सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुख लगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल…
उदयपुर : जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ। बुधवार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए। यस्तै, सोही किशोरसँगै…
काठमाडौं : राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। तीन कम्पनी र व्यक्तिविरुद्ध कूल ४१ करोड तीन लाख रुपैयाँ बिगो असुलउपर गरी जरिबाना र कैद सजायको माग दावी लिई मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। विभागले बुधवार एक सूचना…
काठमाडौं : गैरकानुनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ। गत सोमवार र मंगलवार कतार पुलिसका लागि मागको पूर्व स्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीन वटा म्यानपावर कम्पनीमा छापा मारेको थियो। विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन…
हेटौँडा : अमलेखगञ्ज-हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ। उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो। रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेका…
पोखरा : गण्डकी प्रदेशमा ११७ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१४ का ४८ वर्षीया महिला र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण…
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन्। ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन्। दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ। विक्रमप्रसाद बामपुड्के रहेको थियो। उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिए। उनले भने, ‘बामपुड्के…
बागलुङ : सार्वजनिक भएको २४ घण्टामा लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नम्बर २ मा उक्लेको छ। सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे ५ लाख नाघिसकेको छ। गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ। गीतमा गायक सपुतकै शब्द…
बैतडी : कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ। मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए। उनले भने, ‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ।’ मङ्सिर २६ गतेसम्म हुने लकडाउनको…
काठमाडौं : रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमवारदेखि चार्ज भएको छ। सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा नगरपालिका-३ लाँकुरीमा निर्माण भएको सवस्टेशनको उद्घाटन गरेका थिए। सवस्टेशनको निर्माणपछि विद्युतीकरण भएका…
काठमाडौं : अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योग कानुनी कारबाहीमा परेका छन्। पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन-२०२३ अनुसार कानुनी कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्ड अनुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा…
भक्तपुर : मध्यपुरथिमि नगरपालिका-४ सानोठिमी एसओएस चोकमा सोमवार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ। सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ।
लहान : सिरहाको गोलबजार नगरपालिका-४ का दुई कपडा पसलमा मंगलवार बिहान आगलागी हुँदा करिब दुई करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजार रुपैयाँसहित कपडा जलेर नष्ट भएको छ। आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक…
काठमाडौं : खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ। खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्ड अनुसार सञ्चालन नभएका व्यवसायलाई कानुनी कारबाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धी एक हजार १८९ नमूना सङ्कलन गरिएकामा ७० नमूना मापदण्ड अनुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। त्यसमध्ये…
ललितपुर : ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो। जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो…
काठमाडौं: प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका…
भोजपुर : बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका-४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको सोमवार अपराह्न उद्धार गरिएको हो। श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौंबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य…
काठमाडौं : राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड-१९ का विषम स्थितिमा स्वास्थ्य, शिक्षा र जीवनयापनलगायत विषयमा अपाङ्गता भएका व्यक्ति उपेक्षित भएको जनाएको छ। ‘अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस’का पूर्वसन्ध्यामा सोमवार आयोजित छलफल कार्यक्रममा महासंघका अध्यक्ष मित्रलाल शर्माले अन्य समयमा पनि आफूहरुका सवालमा राज्य र समाज गम्भीर नभएको आरोप लगाउँदै महामारीका समयमा यस क्षेत्रका व्यक्ति थप समस्यामा परेको बताए। उनले…