चितवन : चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ। बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो। सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए। चुरेमा हिँड्दै गर्दा…
काठमाडौं : सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ। पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ। विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि शुरु भएको हो। निजी क्षेत्रको…
चितवन : कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था थप कडा बनाएको हो। कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो। उनी बिहीवार साँझ ५ः३० बजे कारागारको पर्खाल…
काठमाडौं : काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन्। घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर…
परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको बुटवल-११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा-१५ का १८ वर्षीय रितेश सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। सुनवल-१ स्थित पैदलयात्रामा रहेका मगरलाई शङ्का लागि जाँच…
बलेवा : जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो। गत कात्तिक २८ गते बडिगाड गाउँपालिका-३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला गाउँपालिका-४ का विभिन्न ठाउँबाट १२ थान, मंसिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक बनबाट चार…
ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका-६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ। केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ। आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन्। ‘सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो,…
मकवानपुर : इन्द्रसरोवर गाउँपालिका-३ पापीखोल्सामा शुक्रवार बिहान एक शव फेला परेको छ। उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ। यसैबीच, गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। इन्द्रसरोवर-१ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नम्बर ५ की २८ वर्षीया राधिका लामाको शव…
मस्को : कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ। भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ। रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो। खोपको उत्पादन सन् २०२१ को…
चितवनः कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन्। उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी…
रमेश लम्साल- काठमाडौं : तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनु नपर्ने भएको छ। प्राधिरकणले पाइलट प्रोजेक्टका रुपमा काठमाडौं उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ। प्राधिकरणका अनुसार कोरोना…
लहान : सिरहा-चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका-१० पदमपुरमा बिहीवार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नम्बरको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१००१-प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका-११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको…
काठमाडौं : परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ। परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ। परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन्। पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर-टी (आइयूसीडी) अस्थायी र स्थायी मिनील्याप…
मकवानपुर : वाग्मती प्रदेश सरकारले संघीय राजधानी काठमाडौंलगायत विभिन्न सहरलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ। भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौंलगायत विभिन्न सहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए। उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश-२०७७ लाई बुधवार स्वीकृत गरेपछि…
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्। विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासङ्ग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने…
काठमाडौं: पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी वायुको…
चितवन : पूर्व युवराज पारस शाहको छातीमा समस्या देखिएको छ। नारायणगढस्थित एक होटलमा मंगलवार साँझ आएर बसेका शाहलाई बुधवार साँझबाट छातीमा समस्या देखिएको हो। शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ। रेग्मीका अनुसार उनलाई होटलमै इसीजी गरिँदै छ। यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए। रेग्मीले भने, ‘उहाँको स्वास्थ्य…
भक्तपुर : जिउँदो सालकसहित प्रहरीले बुधवार एक सशस्त्र प्रहरीका जवानसहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ शितली गाउँपालिका-३ झार्लाङ्दी घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घर भई काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। सालक बोकेर…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको एक लाख रुपैयाँ निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन्। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गरेका उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए। साथै, पर्यटनमन्त्री…
विराटनगर : भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ। विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन्। नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो। हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ। नेपाली बजारमा अहिले…