डडेल्धुरा : अमरगढी-३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बलेको छ। अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो। गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलीमिली बनेका छन्। साँझ पर्नासाथ वरपरका गाउँ झिलीमिली भए पनि यहाँका स्थानीय सौर्य, टुकी र ‘झरो’ (सल्लाको दाउरा) बालेर रात…
काठमाडौं : चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा-कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सीसीटीभी क्यामरा जडान गरेको छ। काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सीसीटीभी क्यामरा जडान गरेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको एक करोड रुपैयाँको लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरिएको जानकारी दिए। ‘सीसी क्यामरा जडानसँगै…
काठमाडौं: पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायुको प्रभावले बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘आइसीसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलवार सार्वजनिक गरेको सूचीमा पूर्व कप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा परेका हुन्। मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी परेका छन्। स्कटल्यान्डका रिची बेरिनटन, केल…
खलङ्गा : तिला गाउँपालिका-१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुगे। कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ पनि हो। रावतलाई जुम्ला घर भन्दा कसैले पत्याएनन्। जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो। स्याउ र सिमी किन्न अनुरोध गर्दा ‘तपाईँ जस्तो ठगले झुक्याएर अब कोही झुक्किदैन, जुम्लाको…
खलङ्गा : जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन्। नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन्। कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए। उनले भने, ‘गाउँपालिकामा कोरोना संक्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन…
महेन्द्रनगर : कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ। निर्माण कम्पनीहरुको लापरबाहीका कारण सो सडकको निर्माण कार्य सुस्त गतिमा अघि बढेको हो। २०७३ साल फागुनमा ३० महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक तीनवटा प्याकेजमा ठेक्का दिइएको भए पनि दुई पटक म्याद थप गर्दा पनि निर्माण पूरा हुन सकेको छैन। हुलाकी राजमार्ग योजना…
गलकोट : बागलुङको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन्। नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान…
स्याङ्जा : व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ। नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो। पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर नगरपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियानअन्तर्गत घाँसको बीउ वितरण गरिएको नगर प्रमुख भूपराज अधिकारीले बताए। नगर प्रमुख अधिकारीले भने, ‘दूध…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन बन कार्यालय मुर्गिया, रुपन्देहीका बन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए। आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग बन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ। आयोगले आरोपी…
धनगढी : नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ। निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताए। यसका लागि कैलालीको गोदावरी नगरपालिका, स्याउले बजार नजीक रहेको शिवशक्ति महिला सामुदायिक बन क्षेत्रको जग्गाको पहिचान गरिएको जनाइएको छ। उद्योग,…
काठमाडौं : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौं आइपुगेका छन्। बुधवारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। क्यानले बन्द प्रशिक्षण अघि सबै खेलाडी तथा प्रशिक्षकको मंगलवार पीसीआर परीक्षण गर्ने भएको छ। नेपाली राष्ट्रिय टोलीका फिजियो विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पीसीआर…
पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमित थपिएका छन् भने १६७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढेको देखाएको छ। प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा…
तनहुँ : ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेका छन्। शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा…
ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन्। वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे। फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै…
रोल्पा : मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नम्बर ५ छाप बस्ने भीमराज घर्तीको आइतवार ज्यान गएको हो। कुटाकुट हुँदा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आइतवार बाटोमै मृत्यु भएको जिल्ला…
कास्की : आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ। नवौँ राष्ट्रिय कर सप्ताह समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङ्जाको सूर्योदय लघुवित्त सहकारी संस्थाका सञ्चालक गुणाखर सापकोटालाई सम्मान गरिएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिए। गण्डकी प्रदेश सरकारका प्रमुख…
दमक : झापाको दमक-१ का चूडामणि भण्डारीलाई आफ्नी श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। कमल-६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतवार साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको अभियोग लागेको छ। भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब…
सिमकोट : एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। आइतवार बिहान २८ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ। स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका…
सिमकोट : नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका-६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ। सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आइतवार बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम…