PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको निधन

    कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको निधन

    लहान : कोरोना भाइरस संक्रमणका कारण आइतवार सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ। सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो। सप्तरीको राजविराज नगरपालिका-२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करिब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव खल्तीमा बोकेर हिँड्नेलाई के गर्ने त? : विष्णु रिमाल

    प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव खल्तीमा बोकेर हिँड्नेलाई के गर्ने त? : विष्णु रिमाल

    एकताबद्ध नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका पाँच सदस्यका असन्तुष्टि र आरोपपत्र सार्वजनिक भएपछि अब हुने सचिवालयको बैठकमा अध्यक्ष अध्यक्ष ओलीले प्रस्तुत गर्ने जवाफलाई प्रतीक्षाका साथ हेरिएको छ। यसै सन्दर्भमा नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालसँग राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको…

    विस्तृतमा पढ्नुस्

  • गलौँदीमा कार र टिपर ठोक्कियो, सल्यानटारका युवकको मृत्यु

    गलौँदीमा कार र टिपर ठोक्कियो, सल्यानटारका युवकको मृत्यु

    धादिङ : पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोक्किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो। इलाका…

    विस्तृतमा पढ्नुस्

  • दसैं तिहारमा ७२ जना जुवाडे समातिए

    दसैं तिहारमा ७२ जना जुवाडे समातिए

    तनहुँः तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ। दसैंअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले सात लाख ४० हजार रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ। जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले विफल पार्‍यो हत्या योजना, कटुवा पेस्तोलसहित एक जना पक्राउ

    प्रहरीले विफल पार्‍यो हत्या योजना, कटुवा पेस्तोलसहित एक जना पक्राउ

    लहान : प्रहरीले शनिवार सिरहाको औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका-५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। स्थानीयवासी विनोद यादवलाई गोली हानी हत्या गर्ने योजना बनाएको गोप्य सूचनाका…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्र अब फस्टाउँछन् : उद्योगमन्त्री भट्ट

    कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्र अब फस्टाउँछन् : उद्योगमन्त्री भट्ट

    भजनी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन्। कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको शनिवार अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए। उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए। ‘लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग…

    विस्तृतमा पढ्नुस्

  • ‘जान्नेले नि नियम मान्या छैन...’ : गीत-संगीतमार्फत ट्राफिक सन्देश प्रवाह गर्दै महाशाखा

    ‘जान्नेले नि नियम मान्या छैन...’ : गीत-संगीतमार्फत ट्राफिक सन्देश प्रवाह गर्दै महाशाखा

    नारायण ढुङ्गाना- काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सन्देश प्रवाहमा विभिन्न उपाय अपनाउँदै आएकोे छ। सर्वसाधारणलाई सचेत बनाउन ट्राफिक आफैँ सडकमा खटिँदै आउनु त स्वभाविकै हो, तर सामाजिक सञ्जाल, प्रविधिको प्रयोगमात्रै होइन प्रहरीले डमी प्रहरी र गीत-संगीतलाई पनि ट्राफिक सन्देश प्रवाहको नयाँ उपायका रूपमा प्रस्तुत गर्न थालेको छ। यसलाई अभियानकै रूपमा अघि बढाएको महाशाखाले जनाएको छ। मानिसले गीत-संगीतका शब्द…

    विस्तृतमा पढ्नुस्

  • आठ महिनादेखि बन्द कञ्चनरुप नगरपालिकाका विद्यालय आइतवारदेखि सञ्चालन हुने

    आठ महिनादेखि बन्द कञ्चनरुप नगरपालिकाका विद्यालय आइतवारदेखि सञ्चालन हुने

    सप्तरी : आठ महिनादेखि बन्द रहेको सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतवारदेखि अध्ययन, अध्यापन शुरु हुने भएको छ। कञ्चनरुप नगरपालिकाअन्तर्गत रहेको माध्यमिक तह, उच्च मावि र क्याम्पस तहको कक्षा आइतवारदेखि सञ्चालन गर्न लागेको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ। शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले कोभिड-१९ महामारीको अवस्था विश्लेषण गरेर भौतिक रूपमै विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ कक्षा सञ्चालन गर्न…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

    मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

    दमौली : तनहुँको भानु नगरपालिका-५ पञ्चनगरमा शनिवार मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ। डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा ७० प ६९०१ नम्बरको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। बालकको टाउकामा चोट लागेको…

    विस्तृतमा पढ्नुस्

  • फोहोर गर्ने क्रम नरोकिँदा ४०० हप्तापछि पनि सफा हुन सकेन वाग्मती

    फोहोर गर्ने क्रम नरोकिँदा ४०० हप्तापछि पनि सफा हुन सकेन वाग्मती

    काठमाडौं : वाग्मती सफाइ महाभियान शुरु भएको ४०० हप्ता हुन लागे पनि नदीमा फोहोर गर्ने क्रम भने रोकिएको छैन। पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिकस्थलमा फोहोर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ। अभियानकर्मीले सफा गरिरहने र फोहोर फाल्नेले फालिरहने हो भने वाग्मती सधैँ प्रदूषित नै हुने अभियानकर्मीको चिन्ता छ। अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहोर…

    विस्तृतमा पढ्नुस्

  • पार्टी फुट्दैन : वामदेव गौतम

    पार्टी फुट्दैन : वामदेव गौतम

    तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टी भित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए। 'म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,' उनले भने, 'मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन।' पार्टी एकताका क्रममा देखिएका केही विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु

    कर्णालीका कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु

    सुर्खेत : प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा शुक्रवार अपराह्न कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१२ का ३३ वर्षीय युवक रहेका छन्। उच्च ज्वरो आएपछि ती युवकलाई बुधवार प्रदेश अस्पताल भर्ना गरिएको थियो। पाँच दिनदेखि ज्वरो आएको र स्थानीय क्लिनिकबाट अस्पताल पठाइएको बताइएको छ। ‘क्रोनिक अल्कोहोलिज्मका साथै विगतमा काँप्ने,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कालको छठ : आँगनमै जलकुण्ड, घर परिसरमै पूजा

    कोरोना कालको छठ : आँगनमै जलकुण्ड, घर परिसरमै पूजा

    झापा : मेचीनगर-१० धुलावारीका अशोक पोद्दारले आफ्नै आँगनमा कृत्रिम जलकुण्ड बनाएर यसपालीको छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिए। घरमै छठी मैयाको पूजा गर्ने यो नौलो विधिमा उनका परिवारका सदस्य मात्र सामेल भए। ‘पहिले पहिले निन्दा नदीमा गएर सूर्यलाई दूध र जल अर्पण गर्थ्यौँ’, पोद्दारले कोरोना संक्रमणको डरले यसपाली घरमै चाड मनाइएको बताउँदै भने, ‘यसपाली कोरोनाले यस्तै भयो, अर्को साल फेरि…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँ : उद्योगमन्त्री भट्ट

    कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँ : उद्योगमन्त्री भट्ट

    काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन्। नेपाल सितोरियो कराते सतुङ्गल डोजोद्वारा शुक्रवार चन्द्रागिरिमा आयोजित ‘विशिष्ट व्यक्ति सम्मान कार्यक्रम’मा उनले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताएका हुन्। ‘देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्छ,’ उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु

    कोरोना संक्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु

    रुपन्देही : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रवार मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका-१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। संक्रमित दुवै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ। तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा थपिए १३९ संक्रमित, आठ जनाको मृत्यु

    गण्डकी प्रदेशमा थपिए १३९ संक्रमित, आठ जनाको मृत्यु

    पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नम्बर ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुष छन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय, वडा नम्बर ९ का ६८ वर्षीय, वडा नम्बर १३…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण सप्तरीका एक जनाको मृत्यु

    कोरोना संक्रमणका कारण सप्तरीका एक जनाको मृत्यु

    सप्तरी : बोदे बर्साइन नगरपालिका-३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। निमोनियासम्बन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी ज्येष्ठ नागरिक महिलाको बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो। यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका…

    विस्तृतमा पढ्नुस्

  • यसकारण म्याग्दीमा पहिलो पटक मनाइयो छठ...

    यसकारण म्याग्दीमा पहिलो पटक मनाइयो छठ...

    म्याग्दी : वीरगंज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। विगत वर्षमा पूर्वी तराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जान्थे। यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै छन्। ‘कोरोनाको जोखिमले गर्दा छठ मनाउन घर जान पाइएन’, उनले भने, ‘आफ्नो संस्कार र संस्कृति छोड्नु…

    विस्तृतमा पढ्नुस्

  • झापामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको मृत्यु

    झापामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको मृत्यु

    बनियानी : झापामा शुक्रवार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। गौरादह-८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह-७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए। योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ। त्यस्तै, झापामा शुक्रवार २९ जना कोरोना संक्रमित थपिएका छन्। एघार…

    विस्तृतमा पढ्नुस्

  • प्रविधिमार्फत सार्वजनिक यातायातमा नियमन गर्ने प्रणाली शुरु

    प्रविधिमार्फत सार्वजनिक यातायातमा नियमन गर्ने प्रणाली शुरु

    काठमाडौं : नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली शुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम)को उद्घाटन गरे। सार्वजनिक यातायातमा टिकट खरिद बिक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले सहयोग गर्न विश्वास लिइएको छ। प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत नियामक निकायले कार्यालयबाट नै सवारीसाधनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell