मुग्लिन : चितवन प्रहरीले ९७ लाख रुपैयाँ चोरी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन्। उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए। थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए। प्रहरीले सेक्युरिटी…
रसुवा : निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ। विद्युतगृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो। एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ, विद्युतगृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत्…
देउखुरी : दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही-भालुवाङ सडकखण्डको लमही नगरपालिका-१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतवार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो। विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिएर भागेको ट्रकलाई…
काठमाडौं : कोरोना भाइरसको कारणले विदेशमा थप आठ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठ जना नेपाली मृत्यु भएको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २९३ जना पुगेको छ। संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९…
बागलुङ : प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका-६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई शनिवार पक्राउ गरेको छ। आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि)मा वैकल्पिक माध्यमबाट पठनपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौंले शनिवार ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ। सो क्लबले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब १२ लाख रुपैयाँ बराबरको २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सो क्लबका…
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलको काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत मूलपानी चोकबाट शनिवार उनीहरुलाई पक्राउ गरेको हो। कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ किलो) मासु बरामद गरेको…
विराटनगर : प्रदेश १ मा शनिवार २३१ जना कोरोना संक्रमित थपिएका छन्। शनिवार गरिएको ७२५ जनाको पीसीआर परीक्षणमा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। संक्रमित भएकामा झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन्। प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या २३ हजार ६६५ पुगेको छ। प्रदेश…
इनरुवा : सुनसरीका प्रहरी उपरीक्षक कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकास भनिने विक्रम गुप्ता रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। प्रहरी उपरीक्षक कमल थापाको मुख्य मान्छे रहेको र ठूला मुद्दा मात्रै हेर्ने भन्दै अवैध रकम असुली गरेको अभियोगमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।…
धरान : यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक १९ वर्षीया संक्रमित किशोरीको मृत्यु भएको छ। सनुसरीको बराहक्षेत्र नगरपालिका-५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रवार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो। शुक्रवार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या…
बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीवार दुर्घटनामा परी मृत्यु भएका नौ जनाको शव आफन्तलाई बुझाइएको छ। दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जनाको ज्यान गएको थियो। शुक्रवार साँझ शव परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटनामा बैतडीको…
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ। हिमा गाउँपालिका-१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितले शनिवार अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए। प्रशासनमाथि तोडफोड गर्ने नौ जनालाई सार्वजनिक मुद्दा लगाइएको हो। मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष,…
झापा: धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका…
काठमाडौं: काठमाडौंमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ। स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ। काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले उक्त निर्णय गरेको र आगामी दुई गतेबाट भने बन्द संरचनाभित्र…
काठमाडौं : यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ। सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो। अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी…
नेपालगन्ज : नेपालगन्जको थ्री स्टार मासु पसललाई ५० हजार रुपैयाँ जरिबानासहित कारबाही गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले शुक्रवार बजार अनुगमनका क्रममा सो मासु पसलले बाख्राको मासु बिक्रि गरिरहेको भेटाएको थियो। सो मासु पसल बिनाअनुमति सञ्चालन गरिएकाले बन्दसमेत गराइएको छ। पसलबाट खान अयोग्य ४४ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ। पसलमा राखिएका चार वटा बाख्रा समेत अनुगमन…
पाँचथर : तीन स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएसँगै पाँचथरबाट भारतसँगको सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएको छ। भारतसँग ४४.८ किलोमिटर सीमा जोडिएको पाँचथरमा याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा सुर्केथाममा बीओपी स्थापना भएपछि सीमासम्म सुरक्षा निकायको उपस्थिति पुगेको हो। पाँचथरको याङवरक-१ लामपोखरी सुकेढापमा बीओपी, तोरीफूलेको उद्घाटन गरिएको छ। उक्त बीओपीको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा सशस्त्र…
काठमाडौं: कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान…
डोटी : लकडाउनका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर-फलेडी, झिग्राना सडक, राजपुर-बुहार तथा सहजपुर-बोगटान सडकमा पुनः काम शुरु भएको हो। सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले राजपुर-बुहार सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको र अन्य क्षेत्रका सडकमा डबल कटिङसहितका काम शुरु भएको जानकारी दिए। सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ कुइयागडा चुरे भावर बन क्षेत्रबाट सशस्त्र प्रहरीले बिहीवार एक थान भरुवा बन्दुक बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो। बन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दुक फेला पारेको गस्तीमा…