PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • मर्स्याङ्दी ट्रक दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो, दुई जनाको अवस्था गम्भीर

    मर्स्याङ्दी ट्रक दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो, दुई जनाको अवस्था गम्भीर

    लमजुङ : लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको छ। लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा मनाङस्थित…

    विस्तृतमा पढ्नुस्

  • मेचीपारि नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

    मेचीपारि नेपाली बस्तीमा पहिलोपल्ट बल्यो बिजुली

    झापा : नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन्। तीमध्ये मेचीनगर नगरपालिका-१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ। शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँका अधिकांश बासिन्दा टुकी र लालटिन बत्तीमा निर्भर थिए। केही घरमा दुई बल्भसम्म बल्ने सौर्य उपकरण थिए। वर्षौंदेखि लगभग अन्धकार रहेको मेचीपारिको ग्वालबस्तीमा मेचीनगर नगरपालिका र नेपाल…

    विस्तृतमा पढ्नुस्

  • आउँदो शैक्षिक सत्रदेखि दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने

    आउँदो शैक्षिक सत्रदेखि दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने

    देउखुरी : दाङका दश स्थानीय तह आउँदो शैक्षिक सत्र २०७८ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी आआफ्ना पालिकामा लागू गर्ने तयारीमा जुटेका छन्। जिल्लामा थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागू गर्न थालिएको छ। अहिले कक्षा १ देखि ३ कक्षासम्मको थारु भाषाको पाठ्यक्रम तयार पारिएको छ। अब पाठ्यक्रम बनाउने काम चलिरहेको छ। घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू…

    विस्तृतमा पढ्नुस्

  • हिमपातका कारण बाटो बन्द हुँदा हुम्लाको लिमी नाका खुल्न पाँच महिना लाग्ने

    हिमपातका कारण बाटो बन्द हुँदा हुम्लाको लिमी नाका खुल्न पाँच महिना लाग्ने

    सिमकोट : हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ। हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ। लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताए। केही दिनअगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक…

    विस्तृतमा पढ्नुस्

  • इन्धनको मूल्य बढेसँगै हवाई सेवाप्रदायक कम्पनीले बढाए भाडा

    इन्धनको मूल्य बढेसँगै हवाई सेवाप्रदायक कम्पनीले बढाए भाडा

    काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ। संघले आज विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिवारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ। निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई…

    विस्तृतमा पढ्नुस्

  • महिलासँग होटलमा भेटिएका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा, श्रीमतीले नै खबर गरेकी थिइन्

    महिलासँग होटलमा भेटिएका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा, श्रीमतीले नै खबर गरेकी थिइन्

    बैतडी : दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन्। शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु दुवैलाई बिहान ३ बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो। उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी…

    विस्तृतमा पढ्नुस्

  • मालपोतका शाखा अधिकृत २४ हजार रुपैयाँ घुससहित पक्राउ

    मालपोतका शाखा अधिकृत २४ हजार रुपैयाँ घुससहित पक्राउ

    महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ। कार्यालय समयमा सेवाग्राहीबाट २४ हजार रुपैयाँसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए। ‘अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ’, उनले भने, ‘विस्तृत विवरण संकलन हुँदैछ।’

    विस्तृतमा पढ्नुस्

  • तीन सातादेखि बेपत्ता झा दम्पती घटनाः कुनै 'क्लु' नभेटिएपछि केन्द्रबाट सिआइबीको टोली खटाइयो

    तीन सातादेखि बेपत्ता झा दम्पती घटनाः कुनै 'क्लु' नभेटिएपछि केन्द्रबाट सिआइबीको टोली खटाइयो

    महोत्तरीः महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली पुगेको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनी ६० वर्षीय श्रीमती गीतादेवीको खोजी सिआइबीको टोलीले गरिरहेको छ। यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति मृतावस्थामा फेला

    तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति मृतावस्थामा फेला

    बैतडी : तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन्। मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन्। विष्ट सुर्नया गाउँपालिका-६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। चैत २ गते हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • गाउँमा पसेको हात्ती धपाउने क्रममा आक्रमण गर्दा दुई जना घाइते

    गाउँमा पसेको हात्ती धपाउने क्रममा आक्रमण गर्दा दुई जना घाइते

    झापा : जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन्। घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ। प्रहरीका अनुसार खाती गम्भीर घाइते…

    विस्तृतमा पढ्नुस्

  • दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

    दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

    कास्की : पोखरामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। पोखरा-सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका-७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दिउँसो करीब १ बजेको समयमा…

    विस्तृतमा पढ्नुस्

  • दोहोरो नागरिकता लिएको कसुरमा एक जना पक्राउ

    दोहोरो नागरिकता लिएको कसुरमा एक जना पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाग्लुङ गलकोट नगरपालिका-२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

    उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन्। स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन्। अहिले…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो चरणको पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली नेपाल आउने

    तेस्रो चरणको पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली नेपाल आउने

    दैलेख : पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ। कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ। विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो चरणको काम सकिएको छ। तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रि मेला हेर्न गएको दुई दिनपछि मृत भेटिएका पुरुषको हत्या भएको आशंका, चार जना पक्राउ

    शिवरात्रि मेला हेर्न गएको दुई दिनपछि मृत भेटिएका पुरुषको हत्या भएको आशंका, चार जना पक्राउ

    बैतडी : युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए। उनले भने, ‘चार जनालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा बलात्कारको जाहेरी दिएकी महिलाले अदालतमा बयान फेरेपछि…

    प्रहरीमा बलात्कारको जाहेरी दिएकी महिलाले अदालतमा बयान फेरेपछि…

    वीरेन्द्रनगर: बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ। सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो। वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं: आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा, अन्यमा कहिले पुग्ने टुङ्गो छैन

    कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा, अन्यमा कहिले पुग्ने टुङ्गो छैन

    खलङ्गा : कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ। जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुङ्गो छैन। राष्ट्रिय लाइन आउने आशा नै मारिसकिएको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए। विद्युत् उत्पादनका स्रोत पर्याप्त…

    विस्तृतमा पढ्नुस्

  • ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एकको मृत्यु

    ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एकको मृत्यु

    चितवन : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान

    कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान

    ताप्लेजुङ : कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ। विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो। रेडियोले सदरमुकाम फुङ्लिङमा कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको हो। शेर्पा गत फागुन १८ गते मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell