काठमाडौं : सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना शुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ। राजस्व सचिव कृष्णहरि…
काठमाडौं : सर्वोच्च अदालतमा १० वर्षे सशस्त्र द्वन्द्वपीडितको पहिचान खुल्ने गरी परिचयपत्र वितरण गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई आज पीडित परिवारका आफन्त ज्ञानेन्द्रराज आरणसहित १७ जनाले उक्त माग राखी रिट निवेदन दायर गरेका हुन्। रिट निवेदनमा पीडितको परिचय नखुल्ने गरी परिचयपत्र वितरण गर्ने…
गोदावरी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। बिहीवार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरिने बताए। मुक्त कमलरीलाई प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार…
काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्। आजदेखि शुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले शुभारम्भ गरे। कार्यक्रममा इञ्जिनियर कुँवरले नयाँ बसपार्कसँगै देशको सबै…
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति न्यूयोर्क प्रस्थान गरेका छन्। गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलवारदेखि शुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरे। ‘आशाका…
काठमाडौँ : चितवनका चिकित्सक (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन्। प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो। अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको विसं २०७० माघ २१ को फैसलाले…
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मंगलवार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ। टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका-८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन्। १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका-७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब…
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। घाइते जवानको अवस्था सामान्य रहेको छ। घाइते जवानको हात र पाखुरामा चोट लागेको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट…
काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधवार सात जिल्लामा अधिवेशन हुँदैछ। यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी १३ जिल्लाको…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गरेकी हुन्। त्यस्तै, हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन्। राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गरे। सभामुख सापकोटाले भने, ‘समुद्र मन्थन गरेझैँ धेरै…
सुर्खेत : सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका-८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका-६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका-१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिए। प्रहरीले वीरेन्द्रनगर नगरपालिका-७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा…
म्याग्दी : धवलागिरी गाउँपालिका-५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ। एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो। दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिइन्। ‘टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ’, उनले भनिन्, ‘थप अध्ययनका लागि उपकरणसहित टोली फेरी आउने छ।’…
नवीन लामिछाने- मनाङ : हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ। त्यसैमा यस वर्ष आएको बाढीपहिरोका कारण अझ जोखिम र विकट बनेको छ। देश सङ्घीयतामा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिरोले ध्वस्त बनाइदिएको छ। मर्स्याङ्दी नदीमा आएको बाढी र पहिरोले मनाङको मेरुदण्ड मानिने डुम्रे-बेँसीशहर-चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ। बाढीपहिरोले क्षति पुर्याएको तीन महिना…
काठमाडौं : काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले चार लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ। जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार…
ध्रुवसागर शर्मा- गलेश्वर : विगत पाँच महिनादेखि बन्द रहेका म्याग्दीका शिक्षण संस्था, पर्यटकीय र धार्मिक क्षेत्र खुलेपछि थलिएका व्यापार व्यावसाय, शिक्षण र पर्यटकीय क्षेत्र पुरानै लयमा फर्किन थालेका छन्। यही असोज १ गते शुक्रवारदेखि जिल्लाका शिक्षण संस्था, धार्मिक, पर्यटकीय क्षेत्र र प्राकृतिक चिकित्सालय अर्थात् तातोपानी कुण्ड खुला गरिएको छ। कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड पनि…
युवराज विष्ट- भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ। सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन्। दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष…
काठमाडौं : प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी…
ललितपुर : पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको बताएका छन्। नेपाल सम्पदा पुनर्जागरण अभियानले आज आयोजना गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन्।’ यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए। चोरी भएर अन्य मुलुकमा पुगेका मूर्ति सरकारले त्यहाँकै खर्चमा नेपाल ल्याउने नियम बनाउन जरुरी रहेको पनि…
काठमाडौं : सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए। नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो। सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो। खोप लिनका लागि हिजो…