गलकोट : निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्। नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो। निसीखोला-१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे। गाउँपालिकाले…
भरतपुर : चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो। चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन्। हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको हो। भरतपुर महानगरपालिका-२३ को कार्यालय, निकुञ्ज…
बलेवा : दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ। सोही वर्ष जैमिनी-९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो।…
रामेछाप : रामेछापको गोकुलगङ्गा गाउँपालिका-४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेर बहादुर थापामगरको गए राति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी…
फुङ्लिङ : सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ। बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। उनका अनुसार सोमवार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए।…
कलैया : बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर-गोठ जलेर नष्ट भएका छन्। सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए। रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर-गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले…
त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ। नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्करूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ। देवचुली नगरपालिकाभित्र रहेका १७ वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए। चालु आर्थिक वर्षमा २५ घर…
भरतपुर : स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’का अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन्। कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्द प्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको…
ढोरपाटन : अक्षते पहिलेको गाउँ, अहिलेको बजार। वरपर खेतीयोग्य जमिन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो। खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ। त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको छ। विसं…
गलेश्वर : पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो। एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ। लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे…
तुलसीपुर : यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपको रुख नै ढाकेको छ। यसले किसानमा खुसी ल्याएको छ। ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ’, तुलसीपुर-७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुसी बनाएको छ। हेर्दा पनि मनमोहक देखिन्छ।’ आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको किसान तुलसीपुर-९ निवासी दिवेश केसीले बताए। ‘हावाहुरी,…
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। धवलागिरि गाउँपालिका-६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतवार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। मराङको राम्चेदेखि बुल जाने क्रममा…
पर्वत : पर्वतमा किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन। गत वर्षदेखि जिल्लाका १३ स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो। विभिन्न समस्यामा परेका किशोर-किशोरीलाई स्वास्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिएको थियो। यद्यपि, दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो।…
महोत्तरी : मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन्। यसअघि गत शनिवार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतवार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न…
पोखरा : गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा यही चैत १५ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ। सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ। प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी…
गलकोट : निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो। गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन। डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो। समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र…
अर्घाखाँची : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।’ ‘समृद्ध नेपाल, सुखी…
चितवन : चितवनमा आठ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन्। स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्क्रमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक/एक र इच्छाकामना गाउँपालिकामा एक जना छन्। चौध वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए। दुवाडीले…
काठमाडौं : कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन। नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ। विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ। हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई…
काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आइतवार आयोजित कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताए। ‘अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न सक्छ,’ उनले भने। उनले समाजमा प्राविधिक गतिविधिमार्फत…