PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

  • जनमत पार्टीले मधेशका छ जिल्लामा तोक्यो इञ्चार्ज

    जनमत पार्टीले मधेशका छ जिल्लामा तोक्यो इञ्चार्ज

    काठमाडौं : जनमत पार्टीले मधेशका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ। जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ। पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिए। उनका अनुसार पर्सामा माधवप्रसाद सिंह इञ्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश…

    विस्तृतमा पढ्नुस्

  • खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि ...

    खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि ...

    दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आइतवा बिहान शव भेटिएको हो। घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए। 'दुई÷तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो,…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

    कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

    वीरेन्द्रनगर : कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेश नामकरण आन्दोलनः पदम लिम्बुको मृत्युबारे छानिबन गर्न गृहले गठन गर्‍यो समिति

    कोशी प्रदेश नामकरण आन्दोलनः पदम लिम्बुको मृत्युबारे छानिबन गर्न गृहले गठन गर्‍यो समिति

    काठमाडौंः कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको विराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ। शनिबार छानबिन समिति गठन भएको हो। चैत १० मा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु) को घरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। सो विषयमा छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • फागुन मसान्तसम्ममा चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

    फागुन मसान्तसम्ममा चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

    चितवन : चितवनका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन्। चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ। कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

    धनुषामा सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

    धनुषाः धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा दुई ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

    धनुषामा दुई ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

    धनुषा : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • यो पटक आफू मन्त्री नबन्ने गगनको दाबी, भने : कांग्रेसलाई बलियो बनाउन लागेको छु

    यो पटक आफू मन्त्री नबन्ने गगनको दाबी, भने : कांग्रेसलाई बलियो बनाउन लागेको छु

    रुपन्देही : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको दाबी गरे। 'मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • गृहले गर्‍यो २५ जना अधिकारीको सरुवा, को कता पुगे?

    गृहले गर्‍यो २५ जना अधिकारीको सरुवा, को कता पुगे?

    काठमाडौं : गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो। सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन्। गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीका तीन युवा जसले मौलिकता संरक्षणसँगै गरिरहेका छन् स्वरोजगार बन्ने प्रयास

    म्याग्दीका तीन युवा जसले मौलिकता संरक्षणसँगै गरिरहेका छन् स्वरोजगार बन्ने प्रयास

    म्याग्दी : आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्। सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन्। बेनी नगरपालिका-६ जामुनाखर्कका…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीका विपन्न परिवारलाई पिउने पानीको व्यवस्था गर्न चापाकल निर्माण

    सर्लाहीका विपन्न परिवारलाई पिउने पानीको व्यवस्था गर्न चापाकल निर्माण

    सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ। इस्लामिक रिलिफ नेपालको सहयोगमा वाग्मती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो। वडा नम्बर १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, वडा नम्बर ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र वडा नम्बर ९ को खुसीपुर, कुरैनियाँ,…

    विस्तृतमा पढ्नुस्

  • बाँझो जग्गाको सदुपयोग गर्न गलकोटमा थालियो नयाँ प्रविधिमा आधारित ओखर खेती

    बाँझो जग्गाको सदुपयोग गर्न गलकोटमा थालियो नयाँ प्रविधिमा आधारित ओखर खेती

    गलकोट : बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवर्द्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ। नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ। गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ। जनताको आर्थिक विकासमा टेवा पुर्‍याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ सङ्घीय…

    विस्तृतमा पढ्नुस्

  • मिथिलामा वासन्ती छठ पर्व सुरु

    मिथिलामा वासन्ती छठ पर्व सुरु

    महोत्तरी : मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ। शरद र वसन्त ऋतुमा…

    विस्तृतमा पढ्नुस्

  • आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत वाग्मती र कोसी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

    वाग्मती प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

    हेटौंडा : वाग्मती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे। एमालेबाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशव प्रसाद पोखरेल छन्। प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी…

    विस्तृतमा पढ्नुस्

  • विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

    विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

    काठमाडौं : नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदैछ। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको हो। नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन्। हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए। नियमित औषधि खाए रोग निको हुने…

    विस्तृतमा पढ्नुस्

  • घाटगद्दीमा राखेको काठ हिनामिना गरेको अभियोगमा सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

    घाटगद्दीमा राखेको काठ हिनामिना गरेको अभियोगमा सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

    नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका-५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ। घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँ बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

    काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

    धुलिखेल : काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो। दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना

    आज दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। यसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली छ। देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी…

    विस्तृतमा पढ्नुस्

  • आगामी बैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने पोखरा शिक्षण अस्पतालको तयारी

    आगामी बैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने पोखरा शिक्षण अस्पतालको तयारी

    पोखरा : पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी बैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ। विसं २०७९ भदौ २२ गतेदेखि ओपीडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सुरु गर्न लागिएको हो। पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए। गण्डकी प्रदेशको सामाजिक विकास तथा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell