PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

    हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

    काठमाडौं : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल-भारतबिचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन। निर्माणाधीन सो प्रसारण हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब छ वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • फिकलमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु , १९ जना घाइते

    फिकलमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु , १९ जना घाइते

    कमलामाई (सिन्धुली) : मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका-४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा १९ जना घाइते भएको र उनीहरुलाई खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • रामवरण यादवलाई हाम्रै समर्थन र प्रस्तावमा राष्ट्रपति बनाएको हो : अध्यक्ष ओली

    रामवरण यादवलाई हाम्रै समर्थन र प्रस्तावमा राष्ट्रपति बनाएको हो : अध्यक्ष ओली

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्। एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताए। उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए। यस्तै, सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

    उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

    काठमाडौं : नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले उपराष्ट्रपति पदमा शनिवार उम्मेदवारी दर्ता गराएकी हुन्। शाक्यका प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको रामपुर नगरपालिकाले सुरु गर्‍यो डिजिटल परिचयपत्र वितरण

    पाल्पाको रामपुर नगरपालिकाले सुरु गर्‍यो डिजिटल परिचयपत्र वितरण

    रामपुर (पाल्पा) : डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ। पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो। रामपुर-३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिं ठकुरीबाट परिचयपत्र वितरण कार्य सुरु भएको छ। डिजिटल प्रविधिको परिचयपत्र पाउँदा ज्यादै खुसी लागेको ठकुरीले बताए। नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा…

    विस्तृतमा पढ्नुस्

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ कञ्चनपुरका होमस्टे

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ कञ्चनपुरका होमस्टे

    दोधारा चाँदनी : पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे)मा पाहुनाको भीड बढ्दैछ। कोरोना महामारीका बेला सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन्। यहाँको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए। ‘कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन : आङ्गिक क्याम्पसका बढी मतदाता, धेरै पृथ्वीनारायण क्याम्पसमा

    स्ववियु निर्वाचन : आङ्गिक क्याम्पसका बढी मतदाता, धेरै पृथ्वीनारायण क्याम्पसमा

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताए। उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

    ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

    काठमाडौंः जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ। केन्द्रीय कार्यकारिणी समितिको शुक्रबार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन।” जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी हुन्। उनी स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु

    सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु

    ढोरपाटन : बागलुङको बरेङमा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बरेङ गाउँपालिका-२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका-६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो। पेरिबाङ-बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रवार दिउँसो १२:४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने गरी बारेकोट गाउँपालिकाले थाल्यो काम

    पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने गरी बारेकोट गाउँपालिकाले थाल्यो काम

    जाजरकोट : बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने उद्देश्यका साथ काम सुरु गरेको छ। सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उनको भनाइ छ। यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री दाहालसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता

    प्रधानमन्त्री दाहालसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको भेटमा उनीहरुबिच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधवार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन्। उनले बिहीवार अरुण…

    विस्तृतमा पढ्नुस्

  • सुनाखरीलगायतका बहुमूल्य जडीबुटीसहित दुई जना पक्राउ

    सुनाखरीलगायतका बहुमूल्य जडीबुटीसहित दुई जना पक्राउ

    गलकोट : बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका-५ कारीगाउँका मिलन भण्डारी र निसीखोला-४ कानाबगरका रेशम बहादुर मल्ललाई पक्राउ गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • गाउँ उराठ बन्दा बजार भरियो

    गाउँ उराठ बन्दा बजार भरियो

    काठमाडौं : एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। भएका बजार पनि साना थिए त्यतिबेला। अहिलेका जस्ता ठूला-ठूला पक्की घर पनि थिएनन्। बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। स्थानीय तह बनेसँगै गाउँ-गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला शहरमा परिणत हुँदै गए।…

    विस्तृतमा पढ्नुस्

  • जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई

    जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई

    गण्डकी : पञ्चायतविरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो। धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए। पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो। पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका गाउँगाउँ पुगेका थिए। विसं २०४६ को आन्दोलन उत्कर्षमा पुग्नुअघि पौडेल त्यही क्षेत्रमा खटिएका थिए। पौडेलसँगै अभियानमा सारथी थिए बागलुङका गोविन्द्रप्रसाद शर्मा कँडेल, पर्वतका अर्जुनप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटना हुँदा रोल्पामा एक मजदुरको मृत्यु, सात जना घाइते

    ट्र्याक्टर दुर्घटना हुँदा रोल्पामा एक मजदुरको मृत्यु, सात जना घाइते

    रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा सात घाइते भएका छन्। मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका-६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए। उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो। सडकमा काम गर्ने मजदुर सवार रा १…

    विस्तृतमा पढ्नुस्

  • गुणस्तरहीन भएको भन्दै भन्सार कार्यालयले रोक्यो विश्व खाद्य कार्यक्रमले पठाएको चामल

    गुणस्तरहीन भएको भन्दै भन्सार कार्यालयले रोक्यो विश्व खाद्य कार्यक्रमले पठाएको चामल

    खजुरा : विश्व खाद्य कार्यक्रमले नेपाल-भारत नेपालगञ्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ। समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव, ‘शल्यक्रियापछि बिरामी राख्ने भवन र शय्या छैन’

    टीकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव, ‘शल्यक्रियापछि बिरामी राख्ने भवन र शय्या छैन’

    टीकापुर : विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रुपमा सेवा दिन थालेको छ। एक महिनाअघिदेखि उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको हो। केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक पूर्वाधार अभाव भएको छ। ‘केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि  संरचनाको आवश्यक्ता छ’, नेत्र सहायक कमल साउँदले भने,…

    विस्तृतमा पढ्नुस्

  • आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

    आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। प्राधिकरणले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो। विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ। ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन…

    विस्तृतमा पढ्नुस्

  • पानीको भरपर्दो स्रोत खोज्दै टौदह

    पानीको भरपर्दो स्रोत खोज्दै टौदह

    काठमाडौं : साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन्। यी चराहरु वैशाखसम्ममा फर्किसक्छन्। त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ। बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन्। पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ। 'पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो', टौदह संरक्षणमा लागि परेका रामप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • डा सन्दुक रुइत जब जन्मगाउँ ओलाङ्चुङगोला पुगे

    डा सन्दुक रुइत जब जन्मगाउँ ओलाङ्चुङगोला पुगे

    ताप्लेजुङ : आफू जन्मेहुर्केको गाउँको माया कसलाई हुँदैन र? त्यहाँको भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। 'आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ', गृहजिल्ला ताप्लेजुङ आइपुगेका डा सन्दुक रुइतले भने।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell