PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

    गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

    कास्कीः गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका हुन्। दुई विधेयक प्रमाणीकरण प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश सभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • आलु खनिरहेकी श्रीमतीको कोदालोले हानी हत्या, लगत्तै श्रीमानद्वारा आत्महत्याको प्रयास

    आलु खनिरहेकी श्रीमतीको कोदालोले हानी हत्या, लगत्तै श्रीमानद्वारा आत्महत्याको प्रयास

    ढोरपाटन : बागलुङमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन्। घर छेउको बारीमा आलु खन्दै गरेकी राधाको पछाडिपट्टिबाट कोदालोले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। कोदालो प्रहारबाट गम्भीर भएकी राधालाई धवलागिरि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीलाई कोदालोले…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई अत्याधिक मतले जिताउन देउवाको आह्वान

    रामचन्द्र पौडेललाई अत्याधिक मतले जिताउन देउवाको आह्वान

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई राष्ट्रपतिमा विजयी बनाउन सबैलाई आह्वान गरेका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि बिहीवार यहाँ…

    विस्तृतमा पढ्नुस्

  • साँगाबाट सुरु भयो सूर्यविनायक-धुलिखेल सडक विस्तार, तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

    साँगाबाट सुरु भयो सूर्यविनायक-धुलिखेल सडक विस्तार, तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

    काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरि भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो। सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते

    सप्तरीमा सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते

    सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलवार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कञ्चनरुप-९ विष्णु मन्दिर नजिक पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा १८ च ६६१७ नम्बरको स्कारपियो एकापसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो। सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका-३ का सञ्जय चौधरी,…

    विस्तृतमा पढ्नुस्

  • सफल भयो नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

    सफल भयो नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

    चितवन : नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ। भरतपुर महानगरपालिका-१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डी-टीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो। चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्राडा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो। डी-टीजीए शल्यक्रिया नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु

    मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु

    जलेश्वर : महोत्तरीको बलवा नगरपालिका-१० मा गएराति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको विहार राज्यको मधुबनी जिल्लास्थित साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए। बलवा-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र २–०२–००२ प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको…

    विस्तृतमा पढ्नुस्

  • छाप्रोमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

    छाप्रोमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

    लमजुङ : लमजुङको दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ। गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त भएका कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। चुलोमा…

    विस्तृतमा पढ्नुस्

  • अझै अत्यधिक छ रासायनिक मलको माग, खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी वर्षपनि अभाव हुने

    अझै अत्यधिक छ रासायनिक मलको माग, खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी वर्षपनि अभाव हुने

    वीरगंज : आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ। मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीलाई मधेश प्रदेश प्रादेशिक कार्यालय वीरगंज पर्सामा चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा एक…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घातबारे छानबिन गर्न जसपाले बनाएको समितिले प्रतिवेदन बुझाउँदै

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घातबारे छानबिन गर्न जसपाले बनाएको समितिले प्रतिवेदन बुझाउँदै

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको बताइएको छ। गत पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समयसीमा…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटना हुँदा नवलपरासीमा एक बालकको मृत्यु

    ट्र्याक्टर दुर्घटना हुँदा नवलपरासीमा एक बालकको मृत्यु

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गएराति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ। विनयी त्रिवेणी गाउँपालिका-४ देउराली-सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी-४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा तीन जना घाइते भएकामा…

    विस्तृतमा पढ्नुस्

  • सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै, पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य

    सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै, पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य

    नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ। १२औँ नगरसभाले सुनवलको वडा नम्बर ८ र वडा नम्बर ५ मा अस्पताल निर्माण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। नगरप्रमुख विमला अर्यालले दुवै स्थानमा अस्पताल आवश्यक रहेको बताइन्। सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेको थियो। उनले…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीका सहकारी र मन्दिरमा चोरीका घटना बढ्दै, शङ्खदेखि सिसि क्यामेरा चोरी

    गुल्मीका सहकारी र मन्दिरमा चोरीका घटना बढ्दै, शङ्खदेखि सिसि क्यामेरा चोरी

    काठमाडौं : गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ। एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको हो। चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजार रुपैयाँ साथै सिसि क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए। त्यस्तै, सोही गाउँपालिका-७ रुपाकोटको साना किसान…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि मिथिलाञ्चलमा सुरु भयो होली

    आजदेखि मिथिलाञ्चलमा सुरु भयो होली

    जलेश्वर : मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ। पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका-९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो। परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए। योसँगै मिथिलाञ्चलको गाउँगाउँ तथा…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाको केन्द्रीय कमिटी बैठक आज, चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने

    रास्वपाको केन्द्रीय कमिटी बैठक आज, चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने

    काठमाडौं : चितवन-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमवार बस्दै छ। पार्टी कार्यालय बसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए। उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने बताए।

    विस्तृतमा पढ्नुस्

  • गृहको परिपत्रपछि दर्ता भएको कागजपत्र बुझाएको आधारमा सञ्चालनमा आए अवैध क्रसर उद्योग

    गृहको परिपत्रपछि दर्ता भएको कागजपत्र बुझाएको आधारमा सञ्चालनमा आए अवैध क्रसर उद्योग

    त्रिशूली : यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन्। गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालनमा ल्याइएको हो। जिल्लामा सञ्चालित ४९ क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। उनका अनुसार गत माघ १५…

    विस्तृतमा पढ्नुस्

  • व्यावसायिक तरकारी खेतीले सुन्दरीफाँटाका किसानको फरिएको जीवनशैली, ‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

    व्यावसायिक तरकारी खेतीले सुन्दरीफाँटाका किसानको फरिएको जीवनशैली, ‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

    कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवतजावत गर्न मोटरसाइकलको प्रयोग गर्छन्। पक्की घरमा बस्छन्। खेत जोत्नका लागि उनीसँग पावर टिलर छ। सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ। यी सबै सम्पत्ति उनले व्यावसायिक तरकारी खेतीबाट जोडेका हुन्। डेढ दशकअघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले वर्षमा १० लाख रुपैयाँ बढीको तरकारी बेच्दै आएका छन्। खर्च कटाएर आधाभन्दा बढी रकम…

    विस्तृतमा पढ्नुस्

  • ‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवनमा मरे करिब तीन हजार बङ्गुर

    ‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवनमा मरे करिब तीन हजार बङ्गुर

    चितवन : ‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवनका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन्। भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका बङ्गुर मरेका हुन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर-३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    आजको मौसम : यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • आज एमालेको सचिवालय बैठक बस्दै

    आज एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell