बेनी : म्याग्दीको धौलागिरि गाउँपालिका-२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन्। लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन्। एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताए। उनका अनुसार, समूहमा आबद्ध १८…
ढोरपाटन : बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ। गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो। पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ। पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको आठ लाख रुपैयाँले पार्क निर्माण गरेको बरेङ…
रामपुर : सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो। वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताउँछन्। दिनरात…
काठमाडौं : बाजुरामा बुधवार दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ। गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि बुधवार भूकम्प गएको हो। जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ। माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक…
काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ। ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा…
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेट्स (युएई) र कतारमा मोटरसाइकल तथा ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ। विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो। पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने…
ढोरपाटन : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार बिहान बागलुङ आइपुगेकी छन्। बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्। नेपाली सेनाको हेलिकप्टरबाट बिहान १०:३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले स्वागत गरे। बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ।
चितवन : चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन्। जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उनले बताए। निकुञ्ज…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीजरल्याण्ड प्रस्थान गरेका छन्। स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गएराति त्यसतर्फ गएका हुन्। सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ। मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका हुन्। मन्त्री गिरी सम्मेलनमा…
गलकोट : धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ। ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ। धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो। मन्दिरका अन्य…
सिन्धुली : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन्। प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन्। पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो। नेता कोइरालाले भने, ‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई मंगलवार बिहान बालुवाटारमा भेट्दै उनले उक्त प्रतिबद्धता गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्। ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने। वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको…
चितवन : पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन्। चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलवार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर-९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो। बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी…
दीपक बोहरा- तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो। जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन्। त्यहाँ भ्यूटावर निर्माण गरिएको छ। यसको उद्देश्य हो- पर्यटन प्रवर्द्धन गर्ने। तुलसीपुर-१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट देख्न सकिन्छ। त्यहाँबाट दाङका फाँट देख्न सकिन्छ। रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम…
डम्मर बुढामगर- ढोरपाटन : करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो। अहिले बजार बनेको छ। अग्लो डाँडैभरि ठूला-ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन्। यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन्। यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन्। खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन्। भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पर्थ्यो। खाद्य…
मध्यविन्दु : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ। गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो। उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो। अनुदान रकम साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले…
म्याग्दी : बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। बेनी-५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन्। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए। ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’,…
काठमाडौं : ग्यास लिकपछि आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ। गत बिहीवारदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार सोमवार बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ।…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा आइतवारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो। पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो। उक्त…