काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री प्राडा मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको सोमवार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए। वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए। विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली…
गलकोट : सरसर्ती निर्माण भएको भए बागलुङको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो। आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिकाबिचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन। जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहँदा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबिचको असमझदारीका कारण ताराखोला गाउँपालिकाको पाँच शय्याको अस्पताल निर्माण ठेक्का…
विराटनगर : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे। एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने, ‘अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ।’ अध्यक्ष ओलीले…
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ। यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आइतवार आह्वान गरिएको जसपाका प्रवक्ता…
काठमाडौं : नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिवार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात-निर्यात भइरहेको विद्युत् क्षमतालाई…
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन्। ७३औँ प्रजातन्त्र दिवसका अवसरमा आइतवार शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र शहीदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्नसक्ने बताएका छन्। उनले सन्देशमा विकास र समृद्धिका…
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्। उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ। थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उनी बताउँछन्। उनी भन्छन्, ‘थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ। बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान…
ढोरपाटन : बागलुङको काठेखोला गाउँपालिका-३ ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लको शिरमा छ बेलढुङ्गा। दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भिड उस्तै हुन्छ। आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो। जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन्। प्रजातन्त्र दिवसमा अवसरमा आज जारी शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रुपमा स्थापित गरेको बताएका छन्। शुभकामना…
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन्। उनले फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विसं २००७ कात्तिक २६…
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस-२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले लोकतन्त्र प्राप्तिका लागि लामो चरण सकिएको सन्दर्भ उल्लेख गर्दै विकास अगाडि बढाउने चुनौती रहेको बताए। ‘विसं २००७ मा नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्रको आगमन भए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन,…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ। त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिने महान वीर वीरगङ्नाहरूलाई स्मरण गर्दै उपराष्ट्रपति पुनले उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्। ‘विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन्। उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाइमा शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको शहीदको सपना एवं जनताको आकाङ्क्षालाई…
तनहुँ : तनहुँको दमौलीबाट चितवनको नारायणगढ निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो। तर, अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ। ३४ किलोमिटर दूरी रहेको उक्त मार्गमा खाल्डाखुल्डी र खोलानालाका कारण यात्रुले सास्ती खेप्दै आएका छन्। यस मार्गबाट नारायणगढ हुँदै दमौली पुग्न पृथ्वीराजमार्गको यात्राभन्दा २२ किलोमिटर दूरी छोटो पर्छ। तर, आँबुखैरेनी-५ र…
काठमाडौं : यही फागुन १ गते नयाँ बसपार्कस्थित ल्होत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ। यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, ल्होत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रवार साँझ पक्राउ गरेको थियो। आन्दोलनकारीले ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि,…
खजुरा : बाँकेमा दुई वटा खाना पकाउने ग्यास बिक्री वितरण गर्ने उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री गर्न रोक लगाएको छ। पछिल्लो समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँकेमा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी…
भक्तपुर : सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ। महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले बताए। मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको उनले जानकारी दिए। अरु दिन मन्दिरभित्र प्रवेश…
काठमाडौं : वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ। अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने जनाएको छ। वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए। विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो। ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसीयू), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले…
काठमाडौं : महाशिवरात्रिका दिन शनिवार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पाशुपत क्षेत्रमा गएरातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ। पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन्। मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई, जयबागेश्वरी-इट्टापाखा-भुवनेश्वरी अघिको…