विराटनगर : मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ। औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ। मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए। मोरङमा यसअघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो। ‘सफलता प्राप्त…
पोखरीया : वीरगंज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ। अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ। यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ। महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक…
काठमाडौं : अन्तरदेशीय अवैध लागूऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ। जाँच गर्दा उनीहरूबाट झण्डै २४ किलो चरेश फेला परेको ब्युरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल…
जनकपुरधाम : मधेश प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिएका छन्। सोमवार मधेश प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई ज्ञापन गर्ने कार्यसूचीमा आ-आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्यले शत्प्रतिशत विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री यादवले त्यसको भावनाअनुसार उदाहरणीय काम गर्नसक्नुपर्ने बताएका हुन्। ‘मुख्यमन्त्रीले उपस्थित एकसय दुई जनामध्ये शत्प्रतिशत मत पाउनुभयो,…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबिच शिष्टाचार भेटवार्ता भएको छ। विदेश सचिव क्वात्राले कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा पुगेर मंगलवार भेटवार्ता गरेका हुन्। भेटमा दुवै मुलुकबिचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उनीहरुबिच कुराकानी भएको थियो। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।…
काठमाडौं : आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब रुपैयाँ आन्तरिक र २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ। यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान रू आठ अर्ब १२ करोड बराबर छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक तथा बाह्य ऋण र वैदेशिक अनुदान लिने गरेको…
रामपुर (पाल्पा) : आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। प्रेमीप्रेमीकाको आज विशेष दिन। युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन्। प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन्। नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ। आजका दिन पाल्पाको पर्यटकीय…
चितवन : चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन्। मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन्। उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो। लामिछाने ४९ हजार…
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्क नजिकै बसको ठक्करबाट आइतवार एक महिलाको मृत्यु भएपछि सोमवार बिहानैदेखि आफन्तजनहरु आन्दोलनमा उत्रिएका छन्। आफन्तजन तथा सर्वसाधारणहरु एरीचौक, मङ्गलगढी, जुम्लारोडलगायत स्थानमा आन्दोलनमा उत्रिएका हुन्। आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन ठप्प छन्। मंगलगढीचौकमा प्रशासनले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छ। क्षतिपूर्ति र गाडी चालकलाई हदैसम्मको कारबाहीको माग मृतकका आफन्तहरुले राखेका छन्।
खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब तीन करोड रुपैयाँ लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ। कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो। नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश सरकार, १ नम्बर प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत…
काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल भ्रमणमा आउँदै छन्। उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव क्वात्रा आज बिहान काठमाडौं आइपुग्नुहुने यहाँस्थित भारतीय दूतावासले जनाएको छ। भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध…
तुलसीपुर : तुलसीपुर-१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपर्थ्यो। डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उनको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो। छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा फोरजी चल्न थालेको हो। ‘पहिले फोन गर्न नै डाँडोमा पुग्नुपर्थ्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पर्थ्यो’, उनले भने, ‘डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर,…
चितवन : भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ। महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो। महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबिच आइतवार यहाँ छलफल गरेको छ। छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन्। पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा…
अत्तरिया : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्। पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका नेपालले आइतवार आयोजित पत्रकार सम्मेलनमा उक्त भनाइ राखेका हुन्। 'सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ', नेपालले भने, 'हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो। मुलुकलाई निकास दिनका लागि…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्। महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन्। आज ‘स्वच्छ पशुपति, सफा पशुपति’ भन्ने नाराका साथ सुरु भएको सरसफाई अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र…
हेटौंडा : मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेला भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए। लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका-३ मा बसको ठक्करबाट शनिवार एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नम्बरको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको…
पर्वत : पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई बिस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन्। फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको छ। जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम गरिरहेको छ। केही स्थानीय तहले पाठ्यक्रम निर्माणको प्रगतिबारेमा जानकारी दिँदै आएका छन् भने कोहीले आन्तरिकरूपमा नै तयारी गरिरहेका छन्। पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय…
वालिङ : स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाइँ सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन्। गत बैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाइँ सरेर गएका हुन्। उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाइँ सरेको नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए। विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाइँ सरेर अन्यत्र गएकामा…
रेसुंगा : गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए। नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो। मृतक…