PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • पाथीभरा क्षेत्रमा समयमै हिउँ पर्न नसक्दा पर्यटन व्यवसायी चिन्तित, होटलमा लाग्यो ताल्चा

    पाथीभरा क्षेत्रमा समयमै हिउँ पर्न नसक्दा पर्यटन व्यवसायी चिन्तित, होटलमा लाग्यो ताल्चा

    फुङ्लिङ : पाथीभरा क्षेत्रमा समयमै हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ। पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ। त्यस्तै, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो। कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले पाथीभरा क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • चिया निर्यातबाट हुन्छ बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

    चिया निर्यातबाट हुन्छ बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

    झापा : चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ। सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए। उनले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशसभाको बैठक बस्दै, ‘विनियोजन ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने

    गण्डकी प्रदेशसभाको बैठक बस्दै, ‘विनियोजन ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने

    पोखरा : गण्डकी प्रदेशसभाको बैठक मंगलवार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए। गत शुक्रवारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन्। मंगलवारकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ। प्रदेश सरकारले चालु आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • टर्कीएमा गएको भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    टर्कीएमा गएको भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीएमा गएको भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थानीय समयअनुसार आज बिहान ४:१७ बजे टर्कीएको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • दोदा नदीबाट अवैध बालुवाको तस्करी रोक्न वडा कार्यालयले थाल्यो निगरानी

    दोदा नदीबाट अवैध बालुवाको तस्करी रोक्न वडा कार्यालयले थाल्यो निगरानी

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-१२ स्थित दोदा नदीबाट बालुवा अवैध रुपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ। नदीबाट रातको समयमा बालुवा अवैध रुपमा उत्खनन् हुन थालेपछि निगरानी बढाइएको हो। बालुवाको जथाभावी उत्खनन् हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति दुई बजेदेखि चार बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले बताए। ‘धेरै पटक अबैध रुपमा बालुवा उत्खनन् गरेको पाइएपछि प्रहरीलाई…

    विस्तृतमा पढ्नुस्

  • तोरीको उत्पादन बढ्ने भएपछि खुसी छन् पूर्वी नवलपरासीका किसान

    तोरीको उत्पादन बढ्ने भएपछि खुसी छन् पूर्वी नवलपरासीका किसान

    कावासोती : पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ। यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए। विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाको माग

    शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाको माग

    काठमाडौं : नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारीसाधन दर्ताका लागि माग गरेको छ। विश्व शान्ति कार्यका लागि द्वन्द्वग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहारस्वरुप सहयोग प्राप्त सवारीसाधन दर्तामा सहयोग पुर्‍याउन सेनाले माग गरेको हो। शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवारीसाधनको दर्ताका अध्ययन गर्न रक्षा…

    विस्तृतमा पढ्नुस्

  • बाघको मूर्तिसँग टिकटक बनाउन कालीगण्डकी नदी किनारमा लाग्ने गर्छ मानिसहरु भिड

    बाघको मूर्तिसँग टिकटक बनाउन कालीगण्डकी नदी किनारमा लाग्ने गर्छ मानिसहरु भिड

    रामपुर (पाल्पा) : कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बिच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। रामपुर नगरपालिका-६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ। यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ।…

    विस्तृतमा पढ्नुस्

  • घोराही-तुलसीपुर चारलेन सडक निर्माण अलपत्र हुँदा स्थानीयलाई हैरानी,‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

    घोराही-तुलसीपुर चारलेन सडक निर्माण अलपत्र हुँदा स्थानीयलाई हैरानी,‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

    तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै। खानेकुरामा पनि धुलो पस्दा थप समस्या हुने गर्छ। ‘घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ’, उनले भनिन्, ‘धुलोले नानीबाबुहरूका आँखा रसाउँछनु, छाती दुख्ने समस्या हुन्छ।’ घोराही-तुलसीपुर चारलेन सडक निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ। सोही ठाउँकै मुना…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएको छ। भण्डारीले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र स्थानीय तहले स्वामित्व ग्रहणमा उदासिनता देखाउँदा प्रयोगविहीन बने दुई अर्बका होल्डिङ सेन्टर

    प्रदेश र स्थानीय तहले स्वामित्व ग्रहणमा उदासिनता देखाउँदा प्रयोगविहीन बने दुई अर्बका होल्डिङ सेन्टर

    नारायण न्यौपाने- काठमाडौं : देशमा कोभिड-१९ संक्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताका साथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ। सरकारको निर्देशन र नेपाली सेनाको व्यवस्थापनमा मुलुकका प्रमुख सीमानाका नजिक सात स्थानमा निर्माण भएका होल्डिङ सेन्टर प्रदेश र स्थानीय तहबाट स्वामित्व ग्रहण र सञ्चालन व्यवस्थापनमा उदासिनता देखिएको रक्षा मन्त्रालयले जनाएको छ। झापाको चारआली,…

    विस्तृतमा पढ्नुस्

  • नेपालका प्रथम गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति पुग्यो : अर्थमन्त्री

    नेपालका प्रथम गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति पुग्यो : अर्थमन्त्री

    काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन्। उनले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए। ‘नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट…

    विस्तृतमा पढ्नुस्

  • हिजोदेखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    हिजोदेखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिवारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो। विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिवार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो। पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई…

    विस्तृतमा पढ्नुस्

  • हवाई सेवालाई थप सुरक्षित बनाउन प्राधिकरणको छ बुँदे निर्णय : घटायो विमानस्थलको उडान सीमा

    हवाई सेवालाई थप सुरक्षित बनाउन प्राधिकरणको छ बुँदे निर्णय : घटायो विमानस्थलको उडान सीमा

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ। उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम लागू गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनले हवाई सेवा प्रदायक निकायको सेवा…

    विस्तृतमा पढ्नुस्

  • कृषिमन्त्री साहले भनिन् : चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गर्नु राम्रो भएन

    कृषिमन्त्री साहले भनिन् : चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गर्नु राम्रो भएन

    चितवन : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताएकी छन्। उनले लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उनको भनाइ छ। राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो आज यहाँ आयोजित साधारणसभा तथा अधिवेशनमा बोल्दै उनले कृषिजन्य वस्तुको आयात रोक्न नाकामा…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीलाई जिस्काएपछि छबिलालले गरे हथौडा प्रहार गरी भारतीय नागरिकको हत्या!

    श्रीमतीलाई जिस्काएपछि छबिलालले गरे हथौडा प्रहार गरी भारतीय नागरिकको हत्या!

    रेसुङ्गा : गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ। हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ। सत्यवती गाउँपालिका-१ का छबिलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे। बयानका क्रममा अभियुक्तहरुले…

    विस्तृतमा पढ्नुस्

  • ‘बाआमाको भत्ता बाआमाकै हातमा’ : पथरी शनिश्चरेको एक वडाले घर-घरमै पुर्‍याउँछ वृद्ध भत्ता

    ‘बाआमाको भत्ता बाआमाकै हातमा’ : पथरी शनिश्चरेको एक वडाले घर-घरमै पुर्‍याउँछ वृद्ध भत्ता

    पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिका-४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर-घरमै पुर्‍याउने गरेको छ। ‘बाआमाको भत्ता बाआमाकै हातमा’ नारा अघि सारेको सो वडाले ३० असक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर-घरमै उपलब्ध गराउँदै आएको छ। अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु अर्थिक वर्ष २०७९/८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताए। ५० प्रतिशत काम सम्पन्न भएको, ३० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सकस

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सकस

    कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित प्रदेशसभाका बहुमत…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री दाहाललाई भेट

    अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री दाहाललाई भेट

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • मौरीका घारले भरियो फुलेर पहेँलै भएका रत्नेचौरका तोरीबारी

    मौरीका घारले भरियो फुलेर पहेँलै भएका रत्नेचौरका तोरीबारी

    गलेश्वर : रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ। खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार। म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ। यही भाइरल तोरी फाँटमा बेनी-४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त छन्। उनी रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउँछन्। एक दशकदेखि व्यावसायिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell