PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबिच सिंहदरबारमा भेटवार्ता

    प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबिच सिंहदरबारमा भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार भएको भेटमा नेपाल र बङ्गलादेशबिचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा दुई देशबिच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणमा आउँदै

    भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणमा आउँदै

    काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुई दिने भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा उनीहरूबिच सम्पर्क सञ्जालको विस्तार, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिजस्ता सहकार्यलगायत द्विपक्षीय विविध विषयमा छलफल हुने कार्यक्रम तय भएको…

    विस्तृतमा पढ्नुस्

  • गैँडाको खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ

    गैँडाको खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ

    काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुना कुमारी शर्मालाई पक्राउ गरेको थियो। त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी, भारतीय कम्पनीले पायो ठेक्का

    भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी, भारतीय कम्पनीले पायो ठेक्का

    भैरहवा : लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ। आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ। आइसीपी निर्माणको लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ। यही माघ २२ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउलाई आइसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको छ। यससँगै…

    विस्तृतमा पढ्नुस्

  • बिग्रिएका एम्बुलेन्स बनाउन कसैलाई छैन चासो, बिरामीलाई सास्ती

    बिग्रिएका एम्बुलेन्स बनाउन कसैलाई छैन चासो, बिरामीलाई सास्ती

    खोटाङ : ६  वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि ७ वटा एम्बुलेन्स एकसाथ उपलब्ध गरायो। खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको थियो। जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    आजको मौसम : यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं : बिहीवार देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ। बिहीवार देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ। यसैगरी, प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीवार प्रदेश १,…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त, विद्यालय सङ्ख्या धेरै र दरबन्दी कम हुँदा समस्या

    कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त, विद्यालय सङ्ख्या धेरै र दरबन्दी कम हुँदा समस्या

    सुर्खेत : कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ। शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन्। शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन्। एकाइ प्रमुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक अपुग हुँदा राहत र निजी स्रोतको भरमा विद्यालय सञ्चालन गर्नुपरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्ने काम, १० वर्षदेखि पुल नबनाउनेलाई जरिबाना

    मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्ने काम, १० वर्षदेखि पुल नबनाउनेलाई जरिबाना

    जाजरकोट : जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ। जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ। अझै पूरा हुनसकेको छैन। भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • वन्यजन्तुबाट भीमदत्तका किसान हैरान, तरकारी जोगाउन खेतबारीमै बास

    वन्यजन्तुबाट भीमदत्तका किसान हैरान, तरकारी जोगाउन खेतबारीमै बास

    दोधारा चाँदनी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ। निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन्। निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पुर्‍याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका नाथुराम रानाले बताए।…

    विस्तृतमा पढ्नुस्

  • अग्नि सापकोटा र पम्फा भुसाल माओवादी केन्द्रको उपाध्यक्षमा बढुवा

    अग्नि सापकोटा र पम्फा भुसाल माओवादी केन्द्रको उपाध्यक्षमा बढुवा

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ। साथै, उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ। माओवादी केन्द्रले बुधवार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ। यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए। पूर्व सभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन्। उपमहासचिवमा यसअघि भुसालसँगै हरिबोल…

    विस्तृतमा पढ्नुस्

  • बर्सेनि मर्मत गरिँदै आएको बागलुङ-बेनी सडक जीर्ण, गुणस्तरीय काम नभएको स्थानीयको गुनासो

    बर्सेनि मर्मत गरिँदै आएको बागलुङ-बेनी सडक जीर्ण, गुणस्तरीय काम नभएको स्थानीयको गुनासो

    गलकोट : बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ। बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ। तर, बाढी र पहिराले कालोपत्र बगाएको छ। रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ। सडक डिभिजन कार्यालयले बर्सेनि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

    राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

    भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छन्। साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर आएकी हुन्। साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नम्बर १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नेछिन्। साथै, पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चना गर्ने गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सरकारले टर्कीएमा ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने

    नेपाल सरकारले टर्कीएमा ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने

    काठमाडौं : टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीए नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्म सहयोग गर्नुपर्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-बुटवल सडक विस्तार : चार वर्षमा २५ प्रतिशत मात्रै काम पूरा

    नारायणगढ-बुटवल सडक विस्तार : चार वर्षमा २५ प्रतिशत मात्रै काम पूरा

    टेकराज पोखरेल- नवलपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ। विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ। नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेश कुमार दिष्टीका…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुर नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच, केही महिनामा काम सक्ने लक्ष्य

    कोहलपुर नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच, केही महिनामा काम सक्ने लक्ष्य

    नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए। कोहलपुर नगरपालिकाको वडा नम्बर १२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने वडाध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए। वडा नम्बर १२ मा भूमिहीन दलित,…

    विस्तृतमा पढ्नुस्

  • चैते धान लगाउनेको सङ्ख्या घट्दै, सरकारले खेती विस्तारमा थुप्रै लगानी गरेपनि बढेन आकर्षण

    चैते धान लगाउनेको सङ्ख्या घट्दै, सरकारले खेती विस्तारमा थुप्रै लगानी गरेपनि बढेन आकर्षण

    दोधारा चाँदनी : कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहेपनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भएपनि किसान यसतर्फ आकर्षित नभएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाका सांसद मनिष झा भन्छन् : पछिल्लो पत्रकार सम्मेलन पार्टीको 'टर्निङ प्वाइन्ट'

    रास्वपाका सांसद मनिष झा भन्छन् : पछिल्लो पत्रकार सम्मेलन पार्टीको 'टर्निङ प्वाइन्ट'

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन्। झाले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेकोसमेत बताए। 'पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौ। हामी सबै ठीक ठाउँमै…

    विस्तृतमा पढ्नुस्

  • तराई मधेशमा माघ सकिन लाग्दा पनि हुस्सु र स्याँठ, दैनिक जनजीवन प्रभावित

    तराई मधेशमा माघ सकिन लाग्दा पनि हुस्सु र स्याँठ, दैनिक जनजीवन प्रभावित

    महोत्तरी : तराई मधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन्। मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपालि मौसम फरक परेकामा छक्क परेका छन्। ‘बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन’, गुहाली (गोठ)को एक छेउमा आगो…

    विस्तृतमा पढ्नुस्

  • आगलागीबाट जुम्लामा १४ वर्षीया बालिकाको जलेर मृत्यु

    आगलागीबाट जुम्लामा १४ वर्षीया बालिकाको जलेर मृत्यु

    जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका-१ मा गएराति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ-१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षीय छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। आगलागी नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो। आगलागीबाट  लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • ‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

    ‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

    विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन्। व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारे। महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ। महानगरले शनिमन्दिर-अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक-ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell