चितवन : चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिएपनि सडकमा…
भैरहवा : नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ। जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेको र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ। पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ। तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला…
महोत्तरी : मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ। मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो। होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह…
नेपालगञ्ज : तराईमा खेलिने फागु पूर्णिमा (होली) अन्तर्गत आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ। कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे। उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे। स्पेनमा ‘ला टोमाटिना फेस्टिभल’ प्रख्यात…
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्। देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन्। होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए। ‘होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने…
गलकोट : गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ। बागलुङमा यसअघि बागलुङ नगरपालिका-४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजना अघि सारिएको भएपनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन। अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियन्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो। केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्नका…
रेसुङ्गा : सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन्। गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन्। तम्घास-रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए। तर, स्थानीयले भने सम्झौता अनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए। ‘मापदण्डअनुसार काम भएको छैन’, उनले…
काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ। दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ। समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व…
मनाङ : हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ। बेंसीसहर-चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन। सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ। डुम्रे-बेँसीसहर-चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको थियो।…
काठमाडौं : प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन्। अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ। चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ। दश वर्ष पुरानो अनुमतिपत्रमा विभिन्न समस्या रहेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताए। ‘खासगरी…
काठमाडौं : संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ। कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो। अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन्। ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ। ट्रेकिङ…
नेपालगञ्ज : पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ। स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ। ‘सुरु-सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि सेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा सेयर कारोबार गर्ने छन्,’ इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालि…
उदयपुर : यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन। वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुरको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्। माघको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ। तर, अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ। मकैखेतीको मौसम सुरु…
कैलाश जोशी- अत्तरिया : कैलालीको चुरे गाउँपालिका-५ निङ्लाडी सुन्दर क्षेत्र हो। यहाँको हरियाली जङ्गलबिचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर-चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन्। तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन्। परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै…
सर्लाही : मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन्। गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ। बिहीवार सर्पको डसाइपछि उपचारको खोजीमा सर्पदंश उपचार केन्द्रमा आएका ईश्वरपुर नगरपालिका-९ का सजन शर्मालाई आज उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका-१ नेत्रगञ्जस्थित केन्द्रले जनाएको छ। फागुन-१५ गते हरिवन नगरपालिका-१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो। ‘मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको…
सप्तरी : गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए। हत्याको आरोप लागेका मृतकका देवर राजविराज नगरपालिका-१५ मुसहर्नियाका मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमती प्रमिलादेवीलाई विसं २०७८ भदौ २७ मा जन्मकैद…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन्। नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै उनले मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाएका हुन्। अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आयुर्वेद चिकित्सालाई…
तनहुँ : चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो। यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-५ की सुप्रीति थापा, बन्दीपुर-१ का सुप्रिम थापा, बन्दीपुर-३ की डिना चेपाङ, व्यास नगरपालिका-१२ छिर्कनका अभिनव…
काठमाडौं : जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तर्क्रिया गरिने भएको छ। साथसाथै संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (यूएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यूएनडीपी, इसिमोड, एनटीएनसी,…
काठमाडौं : सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीशहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो। अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो। माथिबाट झरेको ढुङ्गा माटा डुम्रे…