PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • आयल निगमलाई एक लिटर पेट्रोल बेच्दा १३ रुपैयाँ नाफा, मासिक नाफा १ अर्ब १२ करोड

    आयल निगमलाई एक लिटर पेट्रोल बेच्दा १३ रुपैयाँ नाफा, मासिक नाफा १ अर्ब १२ करोड

    काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई पेट्रोल एक लिटरमै १३ रुपैयाँ नाफा हुने भएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमको नाफा लिटरमै १३ रुपैयाँ पुगेको हो। लिटरमै १३ रुपैयाँ नाफा भए पनि निगमले मूल्य घटबढका बारेमा कुनै निर्णय गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ। तर त्यस अनुसार…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-बुटवल सडक विस्तारको प्रगति २० प्रतिशत मात्रै, थपेको म्यादमा पनि छैन काम सन्तोषजनक

    नारायणगढ-बुटवल सडक विस्तारको प्रगति २० प्रतिशत मात्रै, थपेको म्यादमा पनि छैन काम सन्तोषजनक

    काठमाडौं : पूर्व-पश्चिम राजमार्गको यात्रामा यतिबेला धेरै सास्ती कतै छ भने त्यो नारायणगढ-बुटवल खण्डमा छ। यो खण्ड विस्तारको काम थालेको ठेकेदार कम्पनीले धेरै ठाउँ खनेर छाड्दा खाल्डाखुल्डी र धुलोले सवारी आवागमनलाई निकै गाह्रो छ। ठेक्का सम्झौताअनुसार यो खण्ड निर्माण पूरा भइसक्नुपर्ने हो, तर हालसम्मको प्रगति २० प्रतिशत पनि छैन। उक्त खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीको कामको प्रगति २० प्रतिशत मात्रै…

    विस्तृतमा पढ्नुस्

  • तमोर करिडोरमा अरु सडकभन्दा ‘चिल्लो’ कालोपत्रे हुने, साढे २ अर्ब लागत

    तमोर करिडोरमा अरु सडकभन्दा ‘चिल्लो’ कालोपत्रे हुने, साढे २ अर्ब लागत

    काठमाडौं : तमोर करिडोर आयोजना अन्तर्गत पर्ने चतरा-मुलघाट-सुभाङखोलासम्मको पहिलो खण्डको कालोपत्रे गर्न साढे २ अर्बमा ठेक्का लागेको छ। आयोजनाले साउन १८ गते ठेक्का आह्वान गरेको थियो। ठेक्कामा १३ वटा निर्माण कम्पनीको आवेदन परेको थियो। तर, प्राविधिक मूल्यांकन गर्दा जम्मा ४ वटा निर्माण कम्पनीहरु मात्र आर्थिक प्रस्तावका लागि छनोट भएका थिए। आर्थिक प्रस्तावमा लामा कन्स्ट्रक्सन कम्पनी, आशिष निर्माण सेवा, रौतह-क्षमादेवी जेभी…

    विस्तृतमा पढ्नुस्

  • चुनावका लागि सरकारले किन्दै छ सवा अर्बको गाडी : टाटा, महिन्द्रा र फुटोनले पाए ठेक्का

    चुनावका लागि सरकारले किन्दै छ सवा अर्बको गाडी : टाटा, महिन्द्रा र फुटोनले पाए ठेक्का

    काठमाडौं : चुनावका लागि सरकारले १ अर्ब १२ करोड रुपैयाँको गाडी खरिद गर्ने भएको छ। सरकारले उक्त मूल्य बराबरका २६५ वटा गाडी खरिद गर्ने भएको हो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तीन कम्पनीलाई गाडी भित्र्याउने जिम्मा दिएका छन्। सबैभन्दा धेरै सिप्रदी ट्रेडिङले ठेक्का पाएको छ। सिप्रदीले टाटाको गाडी बिक्री गर्छ। टाटाले १३५ युनिट, महिन्द्राले ८० र फुटोनले २५ युनिट…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घटेर आयो, के आयल निगमले पनि मूल्य घटाउँला ?

    भारतबाट पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घटेर आयो, के आयल निगमले पनि मूल्य घटाउँला ?

    काठमाडौंः भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य अनुसार यसपटक पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा र डिजेलमा ४२ पैसाले मूल्य घटेर आएको हो। यसको पुष्टि नेपाल आयल निगमले गरेको छ। तर मूल्य घटेर आए पनि निगम घटाएर बेच्ने पक्षमा देखिएको छैन। पहिल्यै धेरै नोक्सानीमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • बलम्बु-कलंकी फ्लाइओभर निर्माण कार्य कहिलेबाट सुरु होला ?

    बलम्बु-कलंकी फ्लाइओभर निर्माण कार्य कहिलेबाट सुरु होला ?

    काठमाडौं : बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने भएको छ। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकी हुने भएकाले फ्लाइओभर निर्माण गर्न लागिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई सम्भाव्यता अध्ययनका लागि जापानलाई नै दिनु उपयुक्त हुने ‘ब्रिफिङ’ गरेको थियो। फ्लाइओभरको अध्ययन गर्न अहिले सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनीलाई प्रस्ताव गरिने…

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्सको अनलाइन फाराम भर्न अझै उस्तै सास्तीः लाखौं खर्चिँदा पनि सुध्रेन प्रणाली, हप्तामा ४ दिन मात्र चल्छ

    लाइसेन्सको अनलाइन फाराम भर्न अझै उस्तै सास्तीः लाखौं खर्चिँदा पनि सुध्रेन प्रणाली, हप्तामा ४ दिन मात्र चल्छ

    काठमाडौंः सरकारले २० लाख रुपैयाँ खर्च गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन प्रणाली बनाए पनि समस्या भने सल्टिएको छैन। बरु झन्झट झन् बढेको छ। लाइसेन्स आवेदन सहज बनाउन भनेर तयार पारिएको नयाँ प्रणाली आएपछि पनि सेवाग्राहीको सास्ती उस्तै छ। सेवाग्राहीले अनलाइन फाराम भर्न बिचौलिया खोज्नुपर्ने भएपछि बिचौलियाको उपस्थिति निरुत्साहित गर्न यातायात व्यवस्था विभागले ठूलो खर्च गरेर नयाँ प्रणाली…

    विस्तृतमा पढ्नुस्

  • कान्छो छोराको सल्लाहपछि लिलादेवीले संचालनमा ल्याइन् आफ्नै डेरी

    कान्छो छोराको सल्लाहपछि लिलादेवीले संचालनमा ल्याइन् आफ्नै डेरी

    काठमाडौं : विराटनगर-४ स्थित ईकराहीमा गाईपालन गरिरहेकी छिन् लिलादेवी यादव। किसानले मल नपाउँदा देशभर खेती प्रणाली प्रभावित बन्दा उनी भने दिनहुँ गाईको स्याहारमा लाग्छिन्। दैनिक १०० लिटर दुध बिक्री गर्दै आइरहेकी छिन् उनी। सुरुमा खेतीपातीका लागि आवश्यक पर्ने मलका लागि भैँसी पाल्दै आएकी थिइन् उनले। त्यसबाट राम्रो आम्दानी गर्न सकिरहेकी थिइनन्। घरपरिवार जसोतसो चलिरहेको थियो। तर, पछि उनलाई कान्छो छोराले गाईपालन व्यवसायबाट…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलको मूल्य आकासिएपछि विद्युतीय स्कुटर र बाइकको व्यापार ह्वात्तै बढ्यो

    पेट्रोलको मूल्य आकासिएपछि विद्युतीय स्कुटर र बाइकको व्यापार ह्वात्तै बढ्यो

    काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार आकासिँदा यसको असर नेपालसम्म परेको छ। तीन महिनादेखि जारी युक्रेन-रसिया युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति संकुचित हुँदा संसारका सबै बेन्चमार्कका कच्चा तेलको मूल्यमा चाप परेको छ। नेपालले खरिद गर्ने पेट्रोलियमका लागि मूल्य निर्धारणको आधार मानिँदै आएको ब्रेन्ट क्रुडको मूल्य पनि लगातार उकालो लागेको छ। यसकै असरस्वरुप नेपालमा केही महिनायता एकपछि…

    विस्तृतमा पढ्नुस्

  • बुटवल - गोरुसिङ्गे - चनौटा सडक विस्तारका लागि विश्व बैंकको निर्णय कुर्दै विभाग, ३८ अर्ब सहयोगको तयारी

    बुटवल - गोरुसिङ्गे - चनौटा सडक विस्तारका लागि विश्व बैंकको निर्णय कुर्दै विभाग, ३८ अर्ब सहयोगको तयारी

    काठमाडौं : बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारका लागि विश्व बैंकले ३८ अर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। पूर्व-पश्चिम राजमार्गमा उक्त आयोजना आगामी बजेटमा समावेश गरिएको थियो। त्यसलगतै सडक विभागले समिति गठन गरेर विश्व बैंकसँग वार्ता गरेर आयोजनाका लागि सहुलियतपूर्ण ऋणका रुपमा वित्तीय सहायताका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार सस्तो ऋण स्वीकृति भए पनि विश्व बैंक बोर्डले निर्णय गरेपछि मात्र…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियमको कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन, लिटरमा ३० देखि ३५ रुपैयाँसम्म घट्न सक्ने

    पेट्रोलियमको कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन, लिटरमा ३० देखि ३५ रुपैयाँसम्म घट्न सक्ने

    काठमाडौंः संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको छ। पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सम्पूर्ण वस्तु तथा सेवाको महंगीले जनतालाई मार परेकाले यसको असर न्यून गरेर नागरिकलाई राहत दिन पेट्रोलियम पदार्थको कर आधा घटाउन समितिले सरकारलाई निर्देशन दिएको हो। विद्यमान अन्तराष्ट्रिय परिवेशबाट सिर्जित पेट्रोलियम पदार्थको मूल्यवृद्धि सामान्य नभएसम्मका लागि पेट्रोलियम पदार्थ बिक्रीमा सरकारले विभिन्न शीर्षकमा उठाउँदै…

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्स फाराम आज साँझदेखि पुनः खुल्दै, राजस्व अनलाइन प्रणालीबाट, ट्रायलको दिन रोज्न पाइने

    लाइसेन्स फाराम आज साँझदेखि पुनः खुल्दै, राजस्व अनलाइन प्रणालीबाट, ट्रायलको दिन रोज्न पाइने

    काठमाडौं: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम आज (सोमबार) साँझ बजेदेखि पुनः खुला हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार अनलाइन फारम प्रणाली अब सेवाग्राहीमैत्री अप्सनसहितको छ।  अनलाइनबाट फाराम भर्नेले आवश्यक दस्तुर बुझाउन र सम्पर्क मिति लिन सक्नेछन्। धेरै चाप र सीमित सेवा दिने प्रणालीका कारण लाइसेन्सको व्यवस्थापनमा समस्या आएपछि विभागले अर्को सफ्टवेयर तयार पार्न काम गरिरहेको थियो। पहिलेको सफ्टवेयर भारतीय कम्पनीले बनाएको थियो, जसमा अप्सन र…

    विस्तृतमा पढ्नुस्

  • देश गरिब तर काठमाडौंमा गुड्छन् विश्वकै महँगा गाडी : नेपाली धनाढ्यका ग्यारेजमा टेस्लादेखि डीसी अवान्तीसम्म

    देश गरिब तर काठमाडौंमा गुड्छन् विश्वकै महँगा गाडी : नेपाली धनाढ्यका ग्यारेजमा टेस्लादेखि डीसी अवान्तीसम्म

    काठमाडौं : औपचारिक अर्थतन्त्रको तस्वीरले नेपाललाई गरिब देखाए पनि नेपालीको सवारी सोख भने विश्वका धनी देशका उपभोक्ताभन्दा कम देखिँदैन। मूल्य र सुविधाका हिसाबले विश्वमा नै अत्यन्त महँगा मानिने ब्रान्डका गाडी नेपाली सडकमा गुड्न थाल्नुले पनि यसलाई पुष्टि गर्छ। पछिल्लो समय विश्व बजारमा प्रख्यात विलासी गाडीहरु नेपालमा पनि देखिन थालेका छन्। यस्ता गाडीहरु नेपाल ल्याउनका लागि व्यवसायिक घरानाहरु राम्रै जोडबल गरेर लागेका…

    विस्तृतमा पढ्नुस्

  • व्‍यवस्थित शहर बनाउन तगारो बनेको अव्यवस्थित सार्वजनिक यातायात : विकल्पबारे अध्ययन मात्रै, कार्यान्वयन कहिले?

    व्‍यवस्थित शहर बनाउन तगारो बनेको अव्यवस्थित सार्वजनिक यातायात : विकल्पबारे अध्ययन मात्रै, कार्यान्वयन कहिले?

    काठमाडौं : मध्यम र निम्न वर्गले यात्राका लागि सार्वजनिक यातायात प्रयोग गर्नु बाध्यता हो। तर, त्यस्तो शहरलाई राम्रो मानिन्छ, जहाँ सम्भ्रान्त वर्ग पनि सार्वजनिक यातायात प्रयोग गर्छन्। त्यहाँ निजी सवारीको संख्याका तुलनामा सार्वजनिक यातायात सुलभ र सेवा सुदृढ हुन्छ। युरोपेली मुलुकमा त्यस्तो अभ्यास छ। काठमाडौं उपत्यकासँगै तीव्रत्तर शहरीकरण भइरहेका नेपालका अन्य शहरका सडकमा भने निजी सवारीकै संख्या धेरै छ। सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • कुर्थाबाट जयनगरसम्म चल्न थाल्यो रेल, सर्वसाधरणले यात्रा भने गर्न नपाउने

    कुर्थाबाट जयनगरसम्म चल्न थाल्यो रेल, सर्वसाधरणले यात्रा भने गर्न नपाउने

    काठमाडौं : आइतवारबाट नेपाल र भारत हुँदै चल्ने रेल नियमित परीक्षणका लागि संचालन भएको छ। १६ महिनादेखि थन्किएर बसेको रेल चलाउन कम्पनीले ३५ करोड रुपैयाँ माग गरेको थियो। अर्थ मन्त्रालयले तत्कालका लागि २१ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएपछि परीक्षणका लागि रेल संचालन गरिएको रेल कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए। धनुषा कुर्थाबाट भारतको जयनगरसम्म पुग्ने रेल परीक्षणका लागि अबदेखि दैनिक संचालन हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell