PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

वुहानमा रहेका नेपालीलाई उद्धार गर्न कांग्रेसको माग



पहिलोपोस्ट

वुहानमा रहेका नेपालीलाई उद्धार गर्न कांग्रेसको माग

काठमाडौं : कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानमा रहेका नेपालीलाई उद्धार गर्न नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस सभापति शेरवहादुर देउवाले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्।

चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८ देशमा फैलिसकेको छ भने चीनका सबै क्षेत्रमा पुगेको छ। संक्रमणका कारण चीनमा २१३ जनाको मृत्यु भइसकेको छ। जसमध्ये  चीनमा मात्र ९ हजार ६९२ संक्रमण देखिएको छ।

यो पनि: 

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा

चीनबाहिर संक्रमण भए पनि मृत्यु भएका घटना सार्वजनिक भएका छैनन्।

बिहीबारसम्म प्रान्तमा मात्र ५ हजार ८०६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। जसमध्ये ८०४ जना निको भइसकेका छन् भने २९० जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ। कोरोना भाइरसको संक्रमणको लक्ष्यण देखिएसँगै ३२ हजार ३४० जनालाई आइशोलेशनमा राखिएको छ।

कांग्रेस सभापति देउवाले कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको भन्दै नेपालीलाई पनि स्वेदश फर्काउन माग गरेका हुन्। 'त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दु:खद र आपत्तिजनक छ,' वक्तव्यमा भनिएको छ, 'कोरोना भाईरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु।'

यो पनि: 

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

देउवाले वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने सुझाव समेत दिएका छन्।

उनले संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने भन्दै अगाडि भनेका छन्, 'यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु।'

यो पनि: 

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव

देउवाले नेपाल प्रवेश गर्ने सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्नसमेत माग गरेका छन्।

उनले कोरोनाका कारण जीवन गुमाएका सवै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति नेपाली काँग्रेस का तर्फवाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागी चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गरेका छन्।

सम्बन्धित समाचार: 

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell