PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारको नीति 'जिरो डेथ' : तर, शनिवारसम्म सात जनाको मृत्यु, मृत्यु पछिमात्र 'कोरोना सर्टिफिकेट'



सहयोग रञ्जित

सरकारको नीति 'जिरो डेथ' : तर, शनिवारसम्म सात जनाको मृत्यु, मृत्यु पछिमात्र 'कोरोना सर्टिफिकेट'

काठमाडौं : कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनको ६८ औं दिन पुगिसकेको छ।  लकडाउन सुरु हुँदा नेपालमा कोभिड १९ को एकमात्रै पोजिटिभ केस थियो। हाल संक्रमितको संख्या १४ सय नाघिसकेको छ।

केही हप्ता अघिसम्म सरकारले कोरोना भाइरसबाट ‘जिरो डेथ’ नीति लिएको थियो। तर हाल संक्रमितको संख्यासँगै सरकारको उक्त नीतिसमेत असफल भइसकेको छ। कोरोना संक्रमितको संख्यासँग यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। शनिवारसम्म ७ जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ।

सातवटा प्रदेशमध्ये प्रदेश ५ मा कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। यहाँ संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ। यस्तै, वाग्मती प्रदेशमा २ जना संक्रमितको मृत्यु हुँदा, प्रदेश २ र कर्णाली प्रदेशमा एकएकजनाको मृत्यु भएको हो। 

शनिवारमात्रै  कर्णाली प्रदेशको दैलेखमा संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो। दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कोरोना संक्रमण देखिएको पुष्टि मृत्यपछि भएको हो।

हाल नेपालमा संक्रमणका कारण मृत्यु हुने अधिकांशमा कोभिड १९ भएको पुष्टि उनीहरुको मृत्युपछि मात्रै भएको छ।

नेपालमा जेठ १ गते कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो। तर, उनको मृत्युबारे र कोरोना संक्रमण रहेको पुष्टि मृत्युको तीन दिनपछिमात्रै भएको थियो।

वाग्मती प्रदेशको सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिलाको स्वासप्रस्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अस्पतालले महिलाको स्वाव परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो।

जेठ ४ गते प्रदेश ५ को बाँकेमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भयो। नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा रहेका व्यक्तिको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो। मृत्युपछि मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो। 

मृत्यु हुनुभन्दा अघि कोरोना संक्रमण पुष्टि हाल सम्म एकजनामा मात्रै भएको छ। प्रदेश ५ कै रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत् गुल्मीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। स्वास्थ्य अवस्था असामान्य भएपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार गरिएको थियो। सोहीक्रममा उनमा कोभिड १९  पुष्टि भएको थियो।

कोरोनाका कारण चौथो मृत्यु प्रदेश २ मा भयो। बाराको कलैया उपमहानगरपालिका वडा ७ का ७० वर्षे वृद्धको मृत्यु जेठ ४ गते भएपनि जेठ १२ गते मात्रै उनमा संक्रमण पुष्टि भएको थियो।  जेठ ४ गते मृत्यु भएता पनि उनमा कोरोना संक्रमण रहेको पुष्टि जेठ १२ गते मात्रै भएको थियो। त्यो बेलासम्म उनको दाहसंस्कार समेत भइसकेको थियो।   

जेठ १४ गते वाग्मती प्रदेशमा कोरोना संक्रमणाबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भयो। ललितपुरमा कोभिड १९ को संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत् ५७ वर्षे पुरुषको मृत्यु भएको थियो। उनलाई जेठ ११ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको थियो।  जेठ १२ गते स्वाब परीक्षणका लागि पठाइएको थियो। मृत्यु भएपछि मात्रै उनको रिपोर्ट आएको र त्यसमा कोरोना पोजिटिभ देखिएको थियो।।

जेठ १६ गते प्रदेश ५ कै अर्घाखाँचीमा कोरोना संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु भयो। भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा पारी मृत्यु भएको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। मृत्यु भएसँगै उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell